सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ २५

हाम्रो लागि परमेश्‍वरको उद्देश्‍य के हो?

हाम्रो लागि परमेश्‍वरको उद्देश्‍य के हो?

बाइबलले मानिसको “जीवन छोटो र दुःखैदुःखले भरिएको हुन्छ” भनेर बताउँछ। (अय्युब १४:१) के हामीले यस्तै जीवन बिताएको परमेश्‍वर चाहनुहुन्छ? चाहनुहुन्‍न भने हाम्रो लागि उहाँको उद्देश्‍य के हो? के उहाँको उद्देश्‍य कहिल्यै पूरा होला? बाइबलले यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिन्छ।

१. यहोवा हाम्रो लागि कस्तो जीवन चाहनुहुन्छ?

यहोवा हाम्रो लागि सबैभन्दा उत्तम जीवन चाहनुहुन्छ। उहाँले पहिलो मानव दम्पती आदम र हव्वालाई सृष्टि गर्नुभएपछि तिनीहरूलाई अदनको बगैँचामा राख्नुभयो, जुन सुन्दर प्रमोदवन थियो। “त्यसपछि परमेश्‍वरले तिनीहरूलाई यस्तो आशिष्‌ दिनुभयो: ‘फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ अनि पृथ्वीमाथि अधिकार गर।’” (उत्पत्ति १:२८) यहोवा तिनीहरूले छोराछोरी जन्माएको, पूरै पृथ्वीलाई प्रमोदवन बनाएको अनि जनावरहरूको हेरचाह गरेको चाहनुहुन्थ्यो। उहाँ सबै मानिस स्वस्थ भएर सधैँभरि बाँचेको चाहनुहुन्थ्यो।

हुनत अहिले मानिसहरूको जीवन परमेश्‍वरले चाहनुभएको जस्तो छैन a तैपनि परमेश्‍वरको उद्देश्‍य परिवर्तन भएको छैन। (यसैया ४६:१०, ११) उहाँ आज्ञाकारी मानिसहरू कुनै दुःखकष्टविना सधैँभरि बाँचेको अझै पनि चाहनुहुन्छ।—प्रकाश २१:३, ४ पढ्‌नुहोस्‌।

२. हामी अहिले पनि कसरी अर्थपूर्ण जीवन बिताउन सक्छौँ?

यहोवाले हामीलाई आध्यात्मिक आवश्‍यकतासहित सृष्टि गर्नुभयो अर्थात्‌ उहाँलाई चिन्‍ने र उहाँको उपासना गर्ने इच्छा हामीमा हालिदिनुभयो। (मत्ति ५:३-६ पढ्‌नुहोस्‌।) परमेश्‍वर हामीले उहाँसित घनिष्ठ मित्रता गाँसेको, ‘उहाँले देखाउनुभएको बाटोमा हिँडेको, उहाँलाई प्रेम गरेको’ अनि “आफ्नो सारा हृदयले” उहाँको सेवा गरेको चाहनुहुन्छ। (व्यवस्था १०:१२; भजन २५:१४) यसो गऱ्‍यौँ भने हामीले समस्याहरू झेल्नुपरे तापनि साँच्चै खुसी हुन सक्छौँ। यहोवाको उपासना गर्दा हाम्रो जीवन अर्थपूर्ण हुन्छ किनभने हामी उहाँले चाहनुभएको तरिकामा जीवन बिताइरहेका हुन्छौँ।

अझ खोतल्नुहोस्‌

यहोवाले हाम्रो लागि पृथ्वी तयार पार्नुहुँदा देखाउनुभएको अपार प्रेमबारे बुझ्नुहोस्‌। साथै जीवनको उद्देश्‍यबारे परमेश्‍वरको वचनले के भन्छ, थाह पाउनुहोस्‌।

३. यहोवाले मानिसहरूको लागि राम्रो उद्देश्‍य राख्नुभएको छ

भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • परमेश्‍वरले यो सुन्दर ग्रह किन सृष्टि गर्नुभयो?

उपदेशक ३:११ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यस पदबाट यहोवाले हाम्रो लागि राख्नुभएको उद्देश्‍यबारे तपाईँ के सिक्न सक्नुहुन्छ?

४. यहोवाको उद्देश्‍य परिवर्तन भएको छैन

भजन ३७:११, २९ यसैया ५५:११ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • हाम्रो लागि यहोवाको उद्देश्‍य परिवर्तन भएको छैन भनेर हामी कसरी थाह पाउन सक्छौँ?

५. यहोवाको उपासना गर्दा हाम्रो जीवन अर्थपूर्ण हुन्छ

जीवनको उद्देश्‍य थाह पाउँदा हामी आनन्दित हुन सक्छौँ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तेरुमीले जीवनको उद्देश्‍य बुझेपछि तिनको जीवनमा कस्तो परिवर्तन आयो?

उपदेशक १२:१३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यहोवाले हाम्रो लागि थुप्रै कुरा गर्नुभएकोले हामीले पूरा गर्नुपर्ने कर्तव्य के हो?

कसै-कसैले सोध्लान्‌: “जीवनको उद्देश्‍य के हो?”

  • तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

सारांश

हामी यसै पृथ्वीमा कुनै दुःखकष्टविना सधैँभरि बाँचेको यहोवा चाहनुहुन्छ। आफ्नो सारा हृदयले उहाँको उपासना गर्दा हाम्रो जीवन अहिले पनि अर्थपूर्ण हुन्छ।

तपाईँले के सिक्नुभयो?

  • यहोवाले आदम र हव्वाको लागि सुरुमा राख्नुभएको उद्देश्‍य के थियो?

  • मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍य परिवर्तन भएको छैन भनेर हामी कसरी थाह पाउन सक्छौँ?

  • तपाईँ आफ्नो जीवन कसरी अर्थपूर्ण बनाउन सक्नुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

अदनको बगैँचा साँच्चै अस्तित्वमा थियो भन्‍ने कुराको प्रमाण केलाउनुहोस्‌।

“अदनको बगैँचा —मिथ्या कि तथ्य?” (प्रहरीधरहरा, जनवरी १, २०११)

पृथ्वी सधैँभरि रहनेछ भनेर हामी किन पक्का हुन सक्छौँ, बुझ्नुहोस्‌।

“के यो पृथ्वी विनाश हुनेछ?” (jw.org को लेख)

तपाईँको जीवनको उद्देश्‍य के हो भन्‍ने विषयमा बाइबलले बताउने कुरा केलाउनुहोस्‌।

“जीवनको उद्देश्‍य के हो?” (jw.org को लेख)

एक जना मानिसलाई जीवनमा कुनै कुराको कमी छैन जस्तो लाग्थ्यो। तर आफ्नो जीवनमा कुन कुराको कमी थियो भनेर तिनले कसरी थाह पाए, हेर्नुहोस्‌।

अहिले मेरो जीवन अर्थपूर्ण भएको छ (३:५५)

a अहिले परमेश्‍वरको उद्देश्‍य किन पूरा भएको छैन भनेर यसपछिको पाठमा छलफल गरिनेछ।