सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ३०

तपाईँले माया गरेका व्यक्‍तिहरू फेरि जीवित हुन सम्भव छ!

तपाईँले माया गरेका व्यक्‍तिहरू फेरि जीवित हुन सम्भव छ!

मृत्युले गर्दा असाध्यै दुःख र पीडा हुन्छ। त्यसैले बाइबलमा त्यसलाई शत्रु भनिएको छ। (१ कोरिन्थी १५:२६) यहोवाले त्यस शत्रुलाई नामेट पार्नुहुनेछ भनेर तपाईँले पाठ २७ मा सिक्नुभयो। तर मरिसकेका मानिसहरूलाई चाहिँ के हुनेछ? यस पाठमा तपाईँले यहोवाको अर्को एउटा विशेष प्रतिज्ञाबारे सिक्नुहुनेछ। उहाँले मरिसकेका अरबौँ मानिसलाई सधैँभरि जीवनको आनन्द उठाउन ब्युँताउने प्रतिज्ञा गर्नुभएको छ। हो, उहाँले तिनीहरूलाई फेरि जीवित पार्नुहुनेछ। के यो साँच्चै सम्भव छ? तिनीहरू फेरि जीवित भएपछि स्वर्ग जानेछन्‌ कि पृथ्वीमै बस्नेछन्‌?

१. हामीले माया गरेका मानिसहरू जो मरिसके, तिनीहरूलाई के गर्ने यहोवाको इच्छा छ?

यहोवा मरिसकेकाहरूलाई फेरि जीवित पार्ने तीव्र इच्छा गर्नुहुन्छ। यहोवामाथि बलियो विश्‍वास राखेका अय्युब तिनको मृत्युपछि यहोवाले तिनलाई बिर्सनुहुनेछैन भन्‍ने कुरामा ढुक्क थिए। तिनले उहाँलाई भने: “तपाईँले मलाई बोलाउनुहुनेछ र म [चिहानबाट] जवाफ दिनेछु।”अय्युब १४:१३-१५ पढ्‌नुहोस्‌।

२. मरिसकेका मानिसहरू फेरि जीवित हुन सक्छन्‌ भनेर हामी कसरी थाह पाउन सक्छौँ?

येसु पृथ्वीमा हुनुहुँदा परमेश्‍वरले उहाँलाई मरिसकेकाहरूलाई जीवित पार्ने शक्‍ति दिनुभयो। येसुले एउटी १२ वर्षकी केटीलाई र एउटी विधवाको छोरालाई फेरि जीवित पार्नुभयो। (मर्कुस ५:४१, ४२; लुका ७:१२-१५) केही समयपछि येसुका साथी लाजरसको पनि मृत्यु भयो। लाजरसलाई चिहानमा राखिएको चार दिन भइसके तापनि उहाँले तिनलाई जीवित पार्नुभयो। उहाँले परमेश्‍वरलाई प्रार्थना गर्नुभएपछि चिहानतर्फ हेर्दै ठूलो स्वरमा भन्‍नुभयो: “ए लाजरस, बाहिर आऊ!” त्यसपछि “त्यो मरेको मानिस . . . उठेर आयो।” (युहन्‍ना ११:४३, ४४) लाजरस फेरि जीवित भए। कल्पना गर्नुहोस्‌ त, यो देखेर लाजरसका परिवार र साथीभाइ कत्ति खुसी भए होलान्‌!

३. तपाईँले माया गरेका मानिसहरू जो मरिसके, तिनीहरूको लागि कस्तो आशा छ?

मरिसकेका मानिसहरू “फेरि जीवित हुनेछन्‌” भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ। (प्रेषित २४:१५) येसुले विगतमा जीवित पार्नुभएका मानिसहरू स्वर्ग गएका थिएनन्‌। (युहन्‍ना ३:१३) तिनीहरू यसै पृथ्वीमा फेरि जीवित हुन पाएकोमा खुसी थिए। त्यसरी नै येसुले भविष्यमा अरबौँ मानिसलाई फेरि जीवित पार्नुभएपछि तिनीहरूले सुन्दर बगैँचा बनाइएको यसै पृथ्वीमा सधैँभरि जीवनको आनन्द उठाउनेछन्‌। येसुले “सम्झनाको चिहानमा हुनेहरू सबै”-लाई फेरि जीवित पारिनेछ भनेर बताउनुभयो। यसरी जीवित पारिनेहरूमा मानिसहरूले यादै नगरेका ती व्यक्‍तिहरू पनि हुनेछन्‌, जो परमेश्‍वरको सम्झनामा छन्‌।—युहन्‍ना ५:२८, २९, फुटनोट।

अझ खोतल्नुहोस्‌

मरिसकेका मानिसहरूलाई फेरि जीवित पार्ने शक्‍ति येसुसित छ र उहाँले त्यसो गर्नुहुनेछ भनेर कसरी पक्का हुन सक्छौँ, बाइबलबाट बुझ्नुहोस्‌। मरिसकेकाहरूलाई फेरि जीवित पारिने प्रतिज्ञाबाट तपाईँले कस्तो सान्त्वना र आशा पाउन सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

४. येसुले मरिसकेका मानिसहरूलाई फेरि जीवित पार्न सक्नुहुन्छ भनेर प्रमाणित गर्नुभयो

येसुले उहाँका साथी लाजरसको लागि के गर्नुभयो भन्‍ने विषयमा अझ थाह पाउनुहोस्‌। युहन्‍ना ११:१४, ३८-४४ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • लाजरस साँच्चै मरेका थिए भनेर हामी किन भन्‍न सक्छौँ?—पद ३९ हेर्नुहोस्‌।

  • यदि लाजरस स्वर्ग गएका भए के येसुले तिनलाई फेरि यसै पृथ्वीमा जीवित पार्नुहुन्थ्यो जस्तो तपाईँलाई लाग्छ?

भिडियो हेर्नुहोस्‌।

५. मरिसकेका धेरै मानिस फेरि जीवित हुनेछन्‌!

भजन ३७:२९ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • फेरि जीवित भएका अरबौँ मानिस कहाँ बस्नेछन्‌?

येसुले यहोवाका उपासकहरूलाई मात्र होइन, अरू धेरैलाई पनि जीवित पार्नुहुनेछ। प्रेषित २४:१५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तपाईँ कसलाई फेरि जीवित पारिएको हेर्न चाहनुहुन्छ?

यो कुरा विचार गर्नुहोस्‌: जसरी बुबाले निदाएको छोरालाई सजिलै ब्युँझाउन सक्छन्‌, त्यसरी नै येसुले मरिसकेका मानिसहरूलाई फेरि जीवित पार्न सक्नुहुन्छ

६. मरिसकेका मानिसहरूलाई फेरि जीवित पारिने प्रतिज्ञाबाट तपाईँ सान्त्वना र आशा पाउन सक्नुहुन्छ

बाइबलमा पाइने याइरसकी छोरीको विवरणबाट शोकमा परेका धेरैले सान्त्वना र प्रोत्साहन पाएका छन्‌। त्यस सत्य घटनाबारे लुका ८:४०-४२, ४९-५६ मा पढ्‌नुहोस्‌।

याइरसकी छोरीलाई फेरि जीवित पार्नुअघि येसुले याइरसलाई भन्‍नुभयो: “चिन्ता नगर, केवल विश्‍वास गर।” (पद ५० हेर्नुहोस्‌।) फेरि जीवित हुने आशाले तपाईँलाई यी अवस्थाहरूमा कसरी मदत गर्न सक्छ?

  • आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा।

  • तपाईँको जीवन खतरामा पर्दा।

भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • फेरि जीवित हुने आशाबाट फेलिसिटीका आमाबुबाले कस्तो सान्त्वना र आशा पाए?

कोही-कोही भन्छन्‌: “मरिसकेका मानिसहरू फेरि जीवित हुने कुरा त ‘आकाशको फल आँखा तरी मर्‌’ भनेझैँ हो।”

  • तपाईँलाई कस्तो लाग्छ?

  • मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌ भनेर बुझाउन तपाईँ कुन बाइबल पद चलाउन सक्नुहुन्छ?

सारांश

मरिसकेका अरबौँ मानिस फेरि जीवित हुनेछन्‌ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ। यहोवा तिनीहरू फेरि बाँचेको चाहनुहुन्छ। उहाँले येसुलाई मरिसकेका मानिसहरूलाई फेरि जीवित पार्ने शक्‍ति दिनुभएको छ।

तपाईँले के सिक्नुभयो?

  • यहोवा र येसु मरिसकेका मानिसहरूलाई फेरि जीवित पार्न चाहनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ?

  • फेरि जीवित हुने अरबौँ मानिस स्वर्गमा बस्नेछन्‌ कि पृथ्वीमा? तपाईँ किन त्यसो भन्‍नुहुन्छ?

  • आफूले माया गरेका व्यक्‍तिहरू फेरि जीवित हुनेछन्‌ भन्‍ने कुरामा तपाईँ किन विश्‍वस्त हुनुहुन्छ?

:
लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

आफूले माया गरेको व्यक्‍तिलाई गुमाउँदा हुने पीडा कम गर्न तपाईँ के-कस्ता व्यावहारिक कदम चाल्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

“शोकमा परेकाहरूका लागि मदत” (ब्यूँझनुहोस्‌! सङ्‌ख्या ३ २०१८)

के शोकमा परेकाहरूले बाइबल सिद्धान्तहरूबाट मदत पाउन सक्छन्‌?

आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा (५:०६)

केटाकेटीलाई आफूले माया गरेको व्यक्‍ति गुमाउँदा हुने पीडा सहन कुन कुराले मदत गर्छ?

फिरौतीको बलिदान (२:०७)

के फेरि जीवित हुने कोही-कोही स्वर्ग जानेछन्‌? कस्ता मानिसहरू फेरि जीवित हुनेछैनन्‌?

“फेरि जीवित हुनु भनेको के हो?” (jw.org को लेख)