सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ३२

परमेश्‍वरको राज्यले अहिले शासन गर्दै छ!

परमेश्‍वरको राज्यले अहिले शासन गर्दै छ!

परमेश्‍वरको राज्यले इस्वी संवत्‌ १९१४ देखि स्वर्गमा शासन गर्न थालिसक्यो। त्यही वर्षदेखि मानव शासनको अन्तको दिन सुरु भयो। हामी किन यसो भन्‍न सक्छौँ? यो कुरा बुझ्न बाइबलमा कस्तो भविष्यवाणी गरिएको छ अनि इस्वी संवत्‌ १९१४ देखि संसारको अवस्था र मानिसहरूको मनोवृत्तिमा कस्तो परिवर्तन आएको छ, विचार गर्नेछौँ।

१. बाइबलमा कस्तो भविष्यवाणी गरिएको छ?

बाइबलको किताब दानिएलमा गरिएको भविष्यवाणीअनुसार “सात काल” भनिने एउटा समयावधि सकिएपछि परमेश्‍वरको राज्यले शासन गर्न थाल्ने थियो। (दानिएल ४:१६, १७) शताब्दियौँपछि येसुले त्यही समयावधिलाई “राष्ट्रहरूलाई दिइएको समय” भन्‍नुभयो अनि त्यस समयावधिको अन्त भइसकेको थिएन भनेर बताउनुभयो। (लुका २१:२४) यस पाठमा हामी त्यो सात काल इस्वी संवत्‌ १९१४ मा अन्त भयो भनेर बुझ्नेछौँ।

२. इस्वी संवत्‌ १९१४ देखि संसारको अवस्था र मानिसहरूको मनोवृत्तिमा कस्तो परिवर्तन आएको छ?

येसुका चेलाहरूले उहाँलाई सोधे: “तपाईँको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?” (मत्ति २४:३) त्यसको जवाफमा येसुले परमेश्‍वरको राज्यको राजाको रूपमा स्वर्गमा शासन गर्न थाल्नुभएपछि हुने थुप्रै घटनाबारे भविष्यवाणी गर्नुभयो। ती घटनाहरूमध्ये केही हुन्‌: युद्ध, अनिकाल र भूकम्प। (मत्ति २४:७ पढ्‌नुहोस्‌।) बाइबलमा “अन्तको दिन”-का मानिसहरूको मनोवृत्तिबारे पनि भविष्यवाणी गरिएको थियो र त्यस्ता मानिसहरूले गर्दा जीवन “कठिन” हुने थियो। (२ तिमोथि ३:१-५) संसारको अवस्था र मानिसहरूको मनोवृत्तिमा आएको परिवर्तन इस्वी संवत्‌ १९१४ देखि प्रस्टै देखिएको छ।

३. परमेश्‍वरको राज्यले शासन गर्न थालेपछि संसारको अवस्था किन झन्‌झनै खस्कँदै गइरहेको छ?

येसु परमेश्‍वरको राज्यको राजा हुनुभएको केही समयपछि नै उहाँले सैतान र प्रेतहरूविरुद्ध युद्ध गर्नुभयो। त्यस युद्धमा सैतानको हार भयो। त्यसलाई “तल पृथ्वीमा हुर्ऱ्याइयो अनि त्योसँगसँगै त्यसका स्वर्गदूतहरू पनि हुर्ऱ्याइए” भनेर बाइबलमा बताइएको छ। (प्रकाश १२:९, १०, १२) सैतान असाध्यै रिसाएको छ किनभने आफू चाँडै नाश हुने कुरा त्यसलाई थाह छ। त्यसकारण सैतानले गर्दा नै संसारमा यत्ति धेरै पीडा र दुःखकष्ट भइरहेको हो। यसबाट हामी संसारको अवस्था खस्किनुको कारण बुझ्न सक्छौँ। परमेश्‍वरको राज्यले यी सबै समस्याको समाधान गर्नेछ।

अझ खोतल्नुहोस्‌

परमेश्‍वरको राज्यले इस्वी संवत्‌ १९१४ देखि शासन गर्न थाल्यो भनेर हामी कसरी थाह पाउन सक्छौँ, केलाउनुहोस्‌। साथै परमेश्‍वरको राज्यले अहिले शासन गर्दै छ भन्‍ने कुरामा विश्‍वास गरेको हामी कसरी देखाउन सक्छौँ, बुझ्नुहोस्‌।

४. बाइबलमा दिइएको कालक्रमले इस्वी संवत्‌ १९१४ लाई सङ्‌केत गर्छ

परमेश्‍वरले प्राचीन बेबिलोनको राजा नबुकद्‌नेजरलाई भविष्यसूचक सपना देखाउनुभयो। दानिएलले त्यस सपनाबारे बताए अनि त्यसको अर्थ खोलिदिए। यसबाट त्यो सपना नबुकद्‌नेजरको शासन र परमेश्‍वरको राज्य दुवैसित सम्बन्धित छ भनेर स्पष्ट हुन्छ।दानिएल ४:१७ पढ्‌नुहोस्‌। a

दानिएल ४:२०-२६ पढ्‌नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरूको जवाफ दिन चार्ट हेर्नुहोस्‌:

  • (क) नबुकद्‌नेजरले सपनामा के देखे?—पद २० र २१ हेर्नुहोस्‌।

  • (ख) रूखलाई के हुने थियो?—पद २३ हेर्नुहोस्‌।

  • (ग) “सात काल”-को अन्तमा के हुने थियो?—पद २६ हेर्नुहोस्‌।

नबुकद्‌नेजरले देखेको रूखको सपना परमेश्‍वरको राज्यसित कसरी सम्बन्धित छ?

भविष्यवाणी (दानिएल ४:२०-३६)

शासन

(क) एउटा अत्यन्तै अग्लो रूख

शासन केही समयको लागि रोकियो

(ख) ‘त्यस रूखलाई काटिदेओ’ र ‘सात काल बितोस्‌’

शासन फेरि सुरु भयो

(ग) “हजुरलाई राज्य फिर्ता गरिनेछ”

यस भविष्यवाणीको पहिलो पूर्तिमा . . .

  • (घ) रूखले कसलाई चित्रण गऱ्‍यो?—पद २२ हेर्नुहोस्‌।

  • (ङ) तिनको शासन कसरी केही समयको लागि रोकियो?दानिएल ४:२९-३३ पढ्‌नुहोस्‌।

  • (च) “सात काल” अन्त भएपछि नबुकद्‌नेजरलाई के भयो?दानिएल ४:३४-३६ पढ्‌नुहोस्‌।

पहिलो पूर्ति

शासन

(घ) बेबिलोनको राजा नबुकद्‌नेजर

शासन केही समयको लागि रोकियो

(ङ) ईसापूर्व ६०६ पछि नबुकद्‌नेजरको सुद्धी हराउँछ र तिनले सात वर्ष शासन गर्न सक्दैनन्‌

शासन फेरि सुरु भयो

(च) नबुकद्‌नेजरको सुद्धी फर्किन्छ र तिनले फेरि शासन गर्न थाल्छन्‌

भविष्यवाणीको दोस्रो पूर्तिमा . . .

  • (छ) रूखले कसलाई चित्रण गऱ्‍यो?पहिलो इतिहास २९:२३ पढ्‌नुहोस्‌।

  • (ज) तिनीहरूको शासन कसरी केही समयको लागि रोकियो? येसु पृथ्वीमा हुनुहुँदा पनि त्यो शासन रोकिएकै अवस्थामा थियो भनेर हामी किन भन्‍न सक्छौँ?लुका २१:२४ पढ्‌नुहोस्‌।

  • (झ) त्यो शासन कहिलेदेखि र कहाँबाट फेरि सुरु भयो?

दोस्रो पूर्ति

शासन

(छ) परमेश्‍वरको शासनको प्रतिनिधित्व गर्ने इस्राएली राजाहरू

शासन केही समयको लागि रोकियो

(ज) यरुसलेमको विनाश हुन्छ। यसरी इस्राएली राजाहरूको शासन २,५२० वर्षको लागि रोकिन्छ

शासन फेरि सुरु भयो

(झ) येसुले परमेश्‍वरको राज्यको राजाको रूपमा स्वर्गमा शासन गर्न थाल्नुहुन्छ

सात काल भनेको कति लामो समय हो?

बाइबलको कुनै एउटा भागमा लेखिएको कुरा बुझ्न अर्को भागमा लेखिएको कुराले मदत गर्छ। उदाहरणको लागि, बाइबलमा भएको प्रकाशको किताबमा साढे तीन काल भनेको १,२६० दिन हो भनेर बताइएको छ। (प्रकाश १२:६, १४) सात काल भनेको त्यसको दुई गुणा अर्थात्‌ २,५२० दिन हो। बाइबलमा कहिलेकाहीँ एक दिनले एक वर्षलाई बुझाउँछ। (इजकिएल ४:६) त्यसैले दानिएलको किताबमा उल्लेख गरिएको सात कालको भविष्यवाणीले २,५२० वर्षलाई जनाउँछ।

५. इस्वी संवत्‌ १९१४ देखि संसार परिवर्तन भएको छ

येसुले आफू राजा भएपछि संसारको अवस्थामा आउने परिवर्तनबारे भविष्यवाणी गर्नुभयो। लुका २१:९-११ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तपाईँले यीमध्ये कुन-कुन कुरा देख्नुभएको वा सुन्‍नुभएको छ?

प्रेषित पावलले मानव शासनको अन्तको दिनका मानिसहरूको स्वभावबारे बताए। दोस्रो तिमोथि ३:१-५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यहाँ उल्लेख गरिएकामध्ये कुन-कुन दुर्गुण तपाईँले अहिलेका मानिसहरूमा याद गर्नुभएको छ?

६. परमेश्‍वरको राज्यले अहिले शासन गर्दै छ भन्‍ने कुरामा विश्‍वास गरेको देखाउनुहोस्‌

मत्ति २४:३, १४ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • परमेश्‍वरको राज्यले अहिले शासन गर्दै छ भनेर कुन महत्त्वपूर्ण कामले देखाउँछ?

  • तपाईँ यस काममा कसरी भाग लिन सक्नुहुन्छ?

परमेश्‍वरको राज्यले अहिले शासन गर्दै छ र यसले पूरै पृथ्वीमाथि शासन गर्ने दिन नजिकै छ। हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • हामीले त्यो “दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन्‌ बढी” के गर्नुपर्छ?

यदि तपाईँले सिकेको कुराले अरूलाई मदत गर्न र तिनीहरूको ज्यान जोगाउन सक्छ भने तपाईँ के गर्नुहुन्छ?

कसै-कसैले सोध्लान्‌: “यहोवाका साक्षीहरू किन इस्वी संवत्‌ १९१४ लाई यत्ति धेरै महत्त्वपूर्ण ठान्छन्‌?”

  • तपाईँ के भन्‍नुहुन्छ?

सारांश

बाइबलको भविष्यवाणी, कालक्रम र संसारको अवस्थाले परमेश्‍वरको राज्यले अहिले शासन गर्दै छ भनेर देखाउँछ। हामीले परमेश्‍वरको राज्यबारे अरूलाई बताउँदा र मण्डलीका सभाहरूमा उपस्थित हुँदा यस राज्यले अहिले शासन गर्दै छ भनेर विश्‍वास गरेको देखाइरहेका हुन्छौँ।

तपाईँले के सिक्नुभयो?

  • बाइबलको किताब दानिएलमा भविष्यवाणी गरिएको सात कालको अन्त भएपछि के भयो?

  • परमेश्‍वरको राज्यले इस्वी संवत्‌ १९१४ देखि शासन गर्न थाल्यो भनेर तपाईँ किन विश्‍वस्त हुनुहुन्छ?

  • परमेश्‍वरको राज्यले अहिले शासन गर्दै छ भन्‍ने कुरामा विश्‍वास गरेको तपाईँ कसरी देखाउन सक्नुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

इस्वी संवत्‌ १९१४ देखि संसारमा आएको परिवर्तनबारे इतिहासकारहरू र अरू मानिस के भन्छन्‌, पढ्‌नुहोस्‌।

“एक्कासी नैतिक पतन हुँदा” (ब्यूँझनुहोस्‌!, जुलाई २००७)

मत्ति २४:१४ मा उल्लेख गरिएको भविष्यवाणीले एक जना मानिसको जीवनलाई कसरी नयाँ मोड दियो, पढ्‌नुहोस्‌।

“म बेसबलविना बाँच्नै सक्दिनथें!” (प्रहरीधरहरा सङ्‌ख्या ३ २०१७)

 दानिएल अध्याय ४ मा भएको भविष्यवाणी परमेश्‍वरको राज्यसित सम्बन्धित छ भनेर हामी किन भन्‍न सक्छौँ?

“परमेश्‍वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो? (भाग १)” (प्रहरीधरहरा, अक्टोबर १, २०१४)

दानिएल अध्याय ४ मा उल्लेख गरिएको “सात काल” इस्वी संवत्‌ १९१४ मा अन्त भयो भनेर कुन कुराले देखाउँछ?

“परमेश्‍वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो? (भाग २)” (प्रहरीधरहरा, नोभेम्बर १, २०१४)

a यस पाठको “अझ धेरै जान्‍नुहोस्‌” भागको  अन्तिम दुई वटा लेख पढ्‌नुहोस्‌।