सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ४४

के मानिसहरूले मनाउने सबै चाडपर्व र उत्सवले परमेश्‍वरलाई खुसी बनाउँछ?

के मानिसहरूले मनाउने सबै चाडपर्व र उत्सवले परमेश्‍वरलाई खुसी बनाउँछ?

यहोवा हामीले जीवनको आनन्द उठाएको र बेलाबेलामा खुसीयाली मनाएको पनि चाहनुहुन्छ। तर के मानिसहरूले मनाउने सबै चाडपर्व र उत्सव उहाँलाई मन पर्छ? यस सन्दर्भमा हामीले यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्छौँ?

१. मानिसहरूले मनाउने थुप्रै चाडपर्व र उत्सवले किन यहोवालाई अप्रसन्‍न तुल्याउँछ?

थुप्रै चाडपर्व र उत्सव बाइबलको शिक्षासित मेल खाँदैनन्‌ वा झूटो धर्मसित सम्बन्धित छन्‌ भनेर थाह पाउँदा तपाईँ छक्कै पर्नुहोला। ती प्रेतविद्यासित सम्बन्धित वा मानिस मरेपछि पनि उसको कुनै अंश जीवित रहन्छ भन्‍ने धारणामा आधारित हुन सक्छन्‌। तीमध्ये कुनै-कुनै चाडपर्व र उत्सव अन्धविश्‍वासमा अथवा भाग्यमाथिको विश्‍वासमा आधारित हुन्छन्‌। (यसैया ६५:११) यहोवा आफ्ना उपासकहरूलाई यस्तो चेतावनी दिनुहुन्छ: “आफूलाई अलग पार अनि अशुद्ध कुरा छुन छोड।”२ कोरिन्थी ६:१७. a

२. मानिसहरूको बढ्‌तै गुणगान गाउने चाडपर्व र उत्सव यहोवालाई कस्तो लाग्छ?

यहोवा हामीलाई ‘मानिसमाथि भरोसा गर्ने’ पासोमा नपर्न चेतावनी दिनुहुन्छ। (यर्मिया १७:५ पढ्‌नुहोस्‌।) कुनै-कुनै चाडपर्व र उत्सवमा शासकहरू अथवा सिपाहीहरूको गुणगान गाइन्छ। मानिसहरू राष्ट्रिय चिन्हहरूको भक्‍ति गर्न उत्सवहरू मनाउने गर्छन्‌ अनि स्वतन्त्रता दिवस मनाउँछन्‌। (१ युहन्‍ना ५:२१) अरू कतिपय उत्सवमा भने मानिसहरू राजनैतिक वा सामाजिक सङ्‌गठनको गुणगान गाउँछन्‌। हामीले कुनै मानिस वा सङ्‌गठनको बढ्‌तै गुणगान गायौँ भने यहोवालाई कस्तो लाग्छ होला? अझ विशेषगरि उहाँको उद्देश्‍यसित मेल नखाने धारणाहरू अघि सार्ने मानिसको वा सङ्‌गठनको गुणगान गाएको देख्दा उहाँलाई कस्तो लाग्छ होला?

३. मानिसहरूले गर्ने कस्तो व्यवहारले गर्दा कुनै-कुनै चाडपर्व र उत्सव परमेश्‍वरलाई अस्वीकार्य छन्‌?

बाइबलले “अचाक्ली मद्यपान, भोजको अनियन्त्रित मोजमस्ती [र] मद्यपानको होडबाजी”-लाई निषेध गर्छ। (१ पत्रुस ४:३) कुनै-कुनै चाडपर्व र उत्सव मनाउँदा मानिसहरू अनियन्त्रित हुन्छन्‌ र छाडा व्यवहार गर्छन्‌। हामी यहोवाको साथी भइरहन चाहन्छौँ भने नैतिक रूपमा अशुद्ध बनाउने त्यस्ता कुराहरूबाट टाढै बस्नुपर्छ।

अझ खोतल्नुहोस्‌

हामी चाडपर्व र उत्सवबारे कसरी सही निर्णय गरेर यहोवालाई खुसी बनाउन सक्छौँ, थाह पाउनुहोस्‌।

४. यहोवाको अनादर गर्ने चाडपर्व र उत्सवबाट अलग रहनुहोस्‌

एफिसी ५:१० पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • कुनै चाडपर्व वा उत्सव मनाउने कि नमनाउने भनेर निर्णय गर्न हामीले कुन कुरा पक्का गर्नुपर्छ?

  • तपाईँको टोलछिमेकमा कस्ता चाडपर्व र उत्सव लोकप्रिय छन्‌?

  • के तपाईँको विचारमा हामीले ती चाडपर्व र उत्सव मनाएको यहोवालाई मन पर्छ?

उदाहरणको लागि, जन्मदिन मनाएको परमेश्‍वरलाई कस्तो लाग्छ भनेर के तपाईँले कहिल्यै सोच्नुभएको छ? बाइबलमा यहोवाको कुनै पनि उपासकले जन्मदिन मनाएको विवरण पाइँदैन। तर यसमा उहाँको उपासना नगर्ने मानिसहरूले जन्मदिन मनाएको दुइटा विवरण भने पाउँछौँ। उत्पत्ति ४०:२०-२२ मत्ति १४:६-१० पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • जन्मदिन मनाइएका यी दुवै घटनामा कस्ता समानता छन्‌?

  • यी बाइबल विवरणहरू केलाउँदा तपाईँको विचारमा जन्मदिन मनाएको यहोवालाई कस्तो लाग्छ?

तैपनि तपाईँलाई लाग्ला, ‘मैले जन्मदिन मनाउँदा वा बाइबलसित मेल नखाने कुनै उत्सवमा भाग लिँदा त्यसले यहोवालाई कुनै फरक पार्छ र?’ प्रस्थान ३२:१-८ पढ्‌नुहोस्‌। त्यसपछि भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यहोवालाई कुन कुरा स्वीकार्य छ भनेर हामीले किन पक्का गर्नुपर्छ?

  • हामी कसरी यसो गर्न सक्छौँ?

कुनै चाडपर्व वा उत्सवले परमेश्‍वरलाई खुसी बनाउँछ कि बनाउँदैन भनेर हामी कसरी थाह पाउन सक्छौँ?

  • के यो बाइबलसित मेल नखाने शिक्षाहरूमा आधारित छ? यो कुरा थाह पाउन त्यो उत्सव कसरी सुरु भयो, केलाउनुहोस्‌।

  • के यसले कुनै मानिस, सङ्‌गठन वा राष्ट्रिय चिन्हको बढ्‌तै गुणगान गाउँछ? हामी सबैभन्दा धेरै यहोवाको गुणगान गाउँछौँ र संसारका समस्याहरू उहाँले नै समाधान गर्नुहुनेछ भनेर भरोसा गर्छौँ।

  • के यो उत्सवसित सम्बन्धित प्रचलनहरू बाइबलका स्तरहरूसित बाझिन्छ? हामी नैतिक रूपमा सधैँ शुद्ध रहनुपर्छ।

५. चाडपर्व र उत्सवबारे तपाईँको निर्णयको कदर गर्न अरूलाई मदत गर्नुहोस्‌

यहोवालाई अप्रसन्‍न तुल्याउने चाडपर्व र उत्सवमा भाग लिन अरूले कर गर्दा त्यसलाई इन्कार गर्न गाह्रो हुन सक्छ। यस्तो अवस्थामा धीरजी हुनुहोस्‌ अनि कौशलतापूर्वक आफ्नो निर्णयबारे बताउनुहोस्‌। यसो गर्न सकिने एउटा उदाहरण विचार गर्न भिडियो हेर्नुहोस्‌

मत्ति ७:१२ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यस बाइबल पदलाई विचार गर्दा के तपाईँले बेग्लै धर्म मान्‍ने परिवारका सदस्यहरूलाई तिनीहरूले उक्‍त चाडपर्व वा उत्सव मनाउनु हुँदैन भनेर बताउनु ठीक हो?

  • तपाईँले परिवारसितै मिलेर कुनै चाडपर्व वा उत्सव नमनाए तापनि तिनीहरूलाई प्रेम र कदर गरेको कसरी देखाउन सक्नुहुन्छ?

६. यहोवा हामी खुसी भएको चाहनुहुन्छ

यहोवा हामीले आफ्नो परिवार र साथीभाइसित रमाइलो गरेको चाहनुहुन्छ। उपदेशक ८:१५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यस पदले यहोवा हामी खुसी भएको चाहनुहुन्छ भनेर कसरी देखाउँछ?

यहोवा आफ्ना उपासकहरूले आपसमा मिलेर खुसीयाली मनाएको र रमाइलो गरेको चाहनुहुन्छ। यो कुरा हाम्रा अन्तरराष्ट्रिय अधिवेशनहरूमा कसरी प्रस्टै देखिन्छ भनेर थाह पाउन भिडियो हेर्नुहोस्‌

गलाती ६:१० पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • के हामीले अरूको ‘भलाइ गर्न’ लोकप्रिय चाडपर्व र उत्सव मनाउनुपर्छ?

  • तपाईँलाई चाडपर्व र उत्सवमा उपहार दिनै पर्ने भएकोले दिँदा खुसी लाग्छ कि आफूले चाहेको बेला दिँदा?

  • धेरै साक्षीले आफ्नो छोराछोरीको खुसीको लागि बेलाबेलामा कुनै विशेष योजना बनाउँछन्‌ र तिनीहरूलाई उपहार पनि दिन्छन्‌। तपाईँका छोराछोरी छन्‌ भने तिनीहरूका लागि कस्ता विशेष योजना बनाउन सक्नुहुन्छ?

कोही-कोही भन्छन्‌: “चाडपर्व र उत्सवको सुरुवात जसरी भए पनि कुनै फरक पर्दैन। परिवार र साथीभाइसित रमाइलो गर्ने त हो।”

  • तपाईँ के भन्‍नुहुन्छ?

सारांश

हामीले आफ्नो परिवार र साथीभाइसित रमाइलो गरेको यहोवा चाहनुहुन्छ। तर उहाँलाई अप्रसन्‍न बनाउने चाडपर्व र उत्सवबाट हामी अलग्गै बसेको पनि उहाँ चाहनुहुन्छ।

तपाईँले के सिक्नुभयो?

  • कुनै चाडपर्व वा उत्सवले यहोवालाई खुसी बनाउँछ कि बनाउँदैन भनेर निर्णय गर्न हामी आफैलाई कस्ता प्रश्‍न सोध्न सक्छौँ?

  • हामीले कुनै चाडपर्व वा उत्सवसम्बन्धी गरेको निर्णयबारे परिवार र साथीभाइलाई कसरी बुझाउन सक्छौँ?

  • यहोवा हामी खुसी भएको र रमाइलो गरेको चाहनुहुन्छ भनेर तपाईँ किन भन्‍न सक्नुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

ख्रिष्टियनहरूले नमनाउने केही चाडपर्व र उत्सवबारे थाह पाउनुहोस्‌।

“यहोवाका साक्षीहरू किन कुनै-कुनै चाडपर्व र उत्सव मनाउँदैनन्‌?” (jw.org को लेख)

जन्मदिन मनाउँदा परमेश्‍वर अप्रसन्‍न हुनुहुन्छ भनेर हामीले विश्‍वास गर्नुका चार कारणबारे बुझ्नुहोस्‌।

“यहोवाका साक्षीहरू किन जन्मदिन मनाउँदैनन्‌?” (jw.org को लेख)

यहोवालाई माया गर्ने केटाकेटीले चाडपर्वको बेला कसरी उहाँलाई खुसी बनाउन सक्छन्‌, हेर्नुहोस्‌।

तिमी यहोवाको नजरमा अनमोल छौ (११:३५)

लाखौँ ख्रिष्टियनले क्रिसमस नमनाउने निर्णय गरेका छन्‌। यस्तो निर्णय गरेकोमा तिनीहरूलाई कस्तो लाग्छ?

“तिनीहरूले अझ उत्तम कुरा भेट्टाए” (प्रहरीधरहरा, डिसेम्बर १, २०१२)

a कुनै-कुनै चाडपर्व र उत्सवको बेला आइपर्ने अवस्थाको कसरी सामना गर्न सकिन्छ भनेर बुझ्न नोट ५ हेर्नुहोस्‌।