सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ५१

तपाईँ कसरी आफ्नो बोलीद्वारा यहोवालाई खुसी बनाउन सक्नुहुन्छ?

तपाईँ कसरी आफ्नो बोलीद्वारा यहोवालाई खुसी बनाउन सक्नुहुन्छ?

यहोवाले हामीलाई सृष्टि गर्नुहुँदा एउटा विशेष उपहार दिनुभयो। त्यो हो, बोल्ने क्षमता। के हामीले त्यो उपहार प्रयोग गर्ने तरिकाले यहोवालाई कुनै फरक पार्छ? पक्कै पार्छ! (याकुब १:२६ पढ्‌नुहोस्‌।) त्यसोभए हामी कसरी यहोवालाई खुसी बनाउने तरिकामा बोल्ने क्षमताको प्रयोग गर्न सक्छौँ?

१. हामीले उपहारस्वरूप पाएको बोली कसरी प्रयोग गर्नुपर्छ?

बाइबलले हामीलाई यसो भन्छ: “एकअर्कालाई प्रोत्साहन दिइरहो अनि एकअर्काको उत्थान गरिरहो।” (१ थिस्सलोनिकी ५:११) तपाईँले चिनेको कसैलाई प्रोत्साहन चाहिएको छ कि? तपाईँ तिनीहरूको मनलाई हलुका महसुस गराउन के गर्न सक्नुहुन्छ? तपाईँ तिनीहरूको चासो राख्नुहुन्छ भनेर ढुक्क बनाउनुहोस्‌। तपाईँलाई तिनीहरूको कुन कुरा मन पर्छ, बताउन सक्नुहुन्छ। के तपाईँ तिनलाई देखाउन कुनै बाइबल पद सम्झन सक्नुहुन्छ? त्यस्ता बाइबल पदहरू धेरै छन्‌ र तीमध्ये कुनै एउटा रोज्न सक्नुहुन्छ। तपाईँ के भन्‍नुहुन्छ, त्यसले मात्र होइन तर कसरी भन्‍नुहुन्छ, त्यसले पनि अरूमा गहिरो प्रभाव पार्न सक्छ भनेर नबिर्सनुहोस्‌। त्यसैले सधैँ दयालु र मीठो बोली बोल्ने प्रयास गर्नुहोस्‌।—हितोपदेश १५:१.

२. हामीले कस्तो बोली बोल्नु हुँदैन?

बाइबलले भन्छ: “तिमीहरूको मुखबाट सडेको वचन ननिस्कोस्‌।” (एफिसी ४:२९ पढ्‌नुहोस्‌।) यसको अर्थ हामी फोहोर बोली बोल्दैनौँ। साथै अरूको भावनालाई चोट पुऱ्‍याउने कठोर र अपमानजनक बोली बोल्दैनौँ। हामी हानिकारक गफ र निन्दा गर्नदेखि पनि टाढै बस्नुपर्छ।—हितोपदेश १६:२८ पढ्‌नुहोस्‌।

३. अरूको उत्थान गर्ने तरिकामा बोल्न कुन कुराले मदत गर्छ?

हामीले बोल्ने कुराबाट हाम्रो हृदयमा के छ वा दिमागमा के खेलिरहेको छ भनेर अक्सर प्रकट हुन्छ। (लुका ६:४५) त्यसैले हामीले सकारात्मक कुराहरूमा मन लगाउन आफूलाई तालिम दिनुपर्छ। जस्तै: असल, चोखा, प्रेम गर्न योग्य अनि प्रशंसायोग्य कुराहरू। (फिलिप्पी ४:८) यी कुराहरूमा मन लगाउन हामीले बुद्धिमानीपूर्वक मनोरञ्जन र साथीसङ्‌गत रोज्नुपर्छ। (हितोपदेश १३:२०) साथै हामी राम्ररी सोचविचार गरेर मात्र बोल्नुपर्छ। तपाईँको बोलीले अरूमा कस्तो असर पुऱ्‍याउँछ, विचार गर्नुहोस्‌। बाइबलले भन्छ: “सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ तर बुद्धिमान्‌ मानिसको बोलीले निको पार्छ।”हितोपदेश १२:१८.

अझ खोतल्नुहोस्‌

हामी यहोवालाई खुसी बनाउने र अरूलाई प्रोत्साहन दिने तरिकामा कसरी बोल्न सक्छौँ, सिक्नुहोस्‌।

४. आफ्नो बोलीलाई काबूमा राख्नुहोस्‌

कहिलेकाहीँ हामी सोचविचार नगरी बोल्छौँ अनि पछि पछुताउँछौँ। (याकुब ३:२) गलाती ५:२२, २३ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • तपाईँ आफ्नो बोलीलाई काबूमा राख्न यीमध्ये कुन-कुन गुणको लागि प्रार्थना गर्न सक्नुहुन्छ? ती गुणहरूले तपाईँलाई कसरी मदत गर्न सक्छ?

पहिलो कोरिन्थी १५:३३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तपाईँले रोज्ने साथीसङ्‌गत र मनोरञ्जनले तपाईँको बोलीवचनमा कस्तो प्रभाव पार्न सक्छ?

उपदेशक ३:१, पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • हामी कस्तो अवस्थामा चुप लाग्नु वा बोल्नको लागि उचित समय पर्खनु बुद्धिमानी हुन सक्छ?

५. अरूबारे सकारात्मक कुरा गर्नुहोस्‌

हामी कसरी अरूको अपमान गर्नदेखि वा अरूबारे नकारात्मक कुरा गर्नदेखि अलग रहन सक्छौँ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • भिडियोमा देखाइएका भाइ किन अरूबारे नकारात्मक कुरा गर्ने बानी हटाउन चाहन्थे?

  • तिनले त्यो बानी हटाउन के गरे?

उपदेशक ७:१६ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • अरूबारे नकारात्मक कुरा गरूँ जस्तो लाग्दा हामीले कुन कुरा सम्झनुपर्छ?

उपदेशक ७:२१, २२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • अरूले तपाईँबारे नकारात्मक कुरा गर्दा यी पदहरूले तपाईँलाई रिस काबूमा राख्न कसरी मदत गर्छ?

६. परिवारसित दयालु तरिकामा कुराकानी गर्नुहोस्‌

हामीले आफ्नो परिवारसित दयालु र मायालु तरिकामा कुराकानी गरेको यहोवा चाहनुहुन्छ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तपाईँलाई आफ्नो परिवारसित दयालु तरिकामा बोल्न कुन कुराले मदत गर्छ?

एफिसी ४:३१, ३२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • कस्तो बोलीवचनले परिवारको उत्थान गर्छ?

यहोवाले आफ्नो छोरा येसुप्रतिको भावना व्यक्‍त गर्नुभयो। मत्ति १७:५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तपाईँ आफ्नो परिवारसित कुराकानी गर्दा कसरी यहोवाको अनुकरण गर्न सक्नुहुन्छ?

अरूको प्रशंसा गर्ने मौकाहरू खोज्नुहोस्‌

कोही-कोही भन्छन्‌: “म त मनमा जे छ, त्यही बोल्छु। मेरो कुरा अरूलाई मन नपरे पनि मलाई केही फरक पर्दैन।”

  • के तपाईँलाई यो भनाइ ठीक हो जस्तो लाग्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?

सारांश

बोलीमा शक्‍ति हुन्छ। त्यसैले हामी के बोल्छौँ, कहिले बोल्छौँ अनि कसरी बोल्छौँ भन्‍ने कुरामा विचार पुऱ्‍याउनुपर्छ।

तपाईँले के सिक्नुभयो?

  • तपाईँ आफ्नो बोलीद्वारा कुन-कुन तरिकामा अरूलाई मदत गर्न सक्नुहुन्छ?

  • तपाईँ कस्तो बोली बोल्न चाहनुहुन्‍न?

  • हामीलाई सधैँ दयालु र अरूको उत्थान गर्ने तरिकामा बोल्न कुन कुराले मदत गर्न सक्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

अरूलाई प्रोत्साहन दिने तरिकामा बोल्न कुन कुराले मदत गर्छ?

बुद्धिमान्‌ मानिसले जस्तो बोल्नुहोस्‌ (८:०४)

फोहोर बोली नबोल्न तपाईँलाई कुन कुराले मदत गर्न सक्छ, थाह पाउनुहोस्‌।

“के फोहोर बोली बोल्नु साँच्चै नराम्रो हो?” (jw.org को लेख)

अरूको कुरा काट्‌ने पासोमा नपर्न तपाईँ के गर्न सक्नुहुन्छ, हेर्नुहोस्‌।

अरूको कुरा किन काट्‌नु हुँदैन? (२:३६)

यहोवाले एक जना पुरुषलाई छाडा बोली त्याग्न कसरी मदत गर्नुभयो, बुझ्नुहोस्‌।

“मेरो जिन्दगी के हुने होला भनेर गहिरिएर सोच्न थालें” (प्रहरीधरहरा, अक्टोबर १, २०१३)