सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ५४

“विश्‍वासी र बुद्धिमान्‌ दास”-को भूमिका

“विश्‍वासी र बुद्धिमान्‌ दास”-को भूमिका

येसु ख्रिष्टियन मण्डलीको शिर हुनुहुन्छ। (एफिसी ५:२३) आज स्वर्गबाट येसुले पृथ्वीका आफ्ना अनुयायीहरूलाई “विश्‍वासी र बुद्धिमान्‌ दास”-मार्फत डोऱ्‍याउनुहुन्छ। (मत्ति २४:४५ पढ्‌नुहोस्‌।) येसु आफैले यस “दास”-लाई नियुक्‍त गर्नुभएको छ र केही अख्तियार दिनुभएको छ। तैपनि यस दासले ख्रिष्टको आज्ञा पालन गर्नुपर्छ र उहाँका भाइहरूको सेवा गर्नुपर्छ। यो दास को हो? यस दासले कसरी हाम्रो ख्याल राख्छ?

१. “विश्‍वासी र बुद्धिमान्‌ दास” को हो?

यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन सधैँ कुनै पुरुष वा पुरुषहरूको सानो समूहलाई चलाउँदै आउनुभएको छ। (मलाकि २:७; हिब्रू १:१) येसुको मृत्युपछि यरुसलेममा भएका प्रेषित र एल्डरहरूले ख्रिष्टियनहरूमाझ नेतृत्व लिए। (प्रेषित १५:२) त्यसरी नै आज पनि एल्डरहरूको एउटा सानो समूहले अर्थात्‌ यहोवाका साक्षीहरूको परिचालक निकायले आध्यात्मिक भोजनको प्रबन्ध गर्छ र सुसमाचार सुनाउने काममा नेतृत्व लिन्छ। यो समूह नै “विश्‍वासी र बुद्धिमान्‌ दास . . . हो,” जसलाई येसुले नियुक्‍त गर्नुभयो। (मत्ति २४:४५क) परिचालक निकायका सबै सदस्य अभिषिक्‍त ख्रिष्टियन हुन्‌। तिनीहरू पृथ्वीमा आफ्नो जीवन अन्त भएपछि स्वर्ग गएर येसुसितै शासन गर्ने समय पर्खिरहेका छन्‌।

२. विश्‍वासी दासले कस्तो आध्यात्मिक भोजनको प्रबन्ध गर्छ?

विश्‍वासी दासले सङ्‌गी ख्रिष्टियनहरूलाई ‘ठीक समयमा भोजन दिनेछ’ भनेर येसुले बताउनुभयो। (मत्ति २४:४५ख) खानेकुराले हामीलाई शारीरिक तवरमा बलियो र स्वस्थ रहन मदत गर्छ। त्यसैगरि आध्यात्मिक भोजन अर्थात्‌ यहोवाको वचनबाट दिइने निर्देशनले हामीलाई यहोवाप्रति वफादार रहन र येसुले सुम्पनुभएको काम पूरा गर्न चाहिने बल दिन्छ। (१ तिमोथि ४:६) हामीले यस्तो आध्यात्मिक भोजन सभा, सम्मेलन र अधिवेशनका साथै बाइबलआधारित प्रकाशन र भिडियोहरूद्वारा पाउँछौ। यसले हामीलाई यहोवाको इच्छा बुझ्न र उहाँसितको मित्रता बलियो बनाउन मदत गर्छ।

अझ खोतल्नुहोस्‌

हामीलाई किन “विश्‍वासी र बुद्धिमान्‌ दास” अर्थात्‌ परिचालक निकाय चाहिन्छ, बुझ्नुहोस्‌।

परिचालक निकायले संसारभरिका यहोवाका साक्षीहरूलाई आध्यात्मिक भोजन, निर्देशन र व्यावहारिक मदत दिन्छ

३. यहोवाका जनहरू व्यवस्थित हुनै पर्छ

परिचालक निकायले येसुको निर्देशनअनुसारै यहोवाका साक्षीहरूको गतिविधिलाई व्यवस्थित पार्छ। येसुले सुरुसुरुका ख्रिष्टियनहरूलाई यसरी नै डोऱ्‍याउनुभयो। भिडियो हेर्नुहोस्‌

पहिलो कोरिन्थी १४:३३, ४० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यी पदहरूले यहोवा आफ्ना साक्षीहरू व्यवस्थित भएको चाहनुहुन्छ भनेर कसरी देखाउँछन्‌?

४. विश्‍वासी दासले सुसमाचार सुनाउने कामलाई व्यवस्थित बनाउँछ

सुसमाचार सुनाउने काम सुरुसुरुका ख्रिष्टियनहरूले गरेको सबैभन्दा महत्त्वपूर्ण काम थियो। प्रेषित ८:१४, २५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • सुसमाचार सुनाउने काम गर्न सुरुसुरुका ख्रिष्टियनहरूलाई कसले निर्देशन दिन्थे?

  • पत्रुस र युहन्‍नाले सङ्‌गी प्रेषितहरूको निर्देशन पालन गरेको कसरी देखाए?

सुसमाचार सुनाउने काम परिचालक निकायले व्यवस्थित बनाउँदै आएको सबैभन्दा महत्त्वपूर्ण काम हो। भिडियो हेर्नुहोस्‌

येसुले सुसमाचार सुनाउने काम असाध्यै महत्त्वपूर्ण छ भनेर बताउनुभयो। मर्कुस १३:१० पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • परिचालक निकायले सुसमाचार सुनाउने कामलाई किन असाध्यै महत्त्वपूर्ण ठान्छ?

  • यो विश्‍वव्यापी कार्य पूरा गर्न हामीलाई किन “विश्‍वासी र बुद्धिमान्‌” दास चाहिन्छ?

५. विश्‍वासी दासले निर्देशन दिन्छ

परिचालक निकायले संसारभरिका ख्रिष्टियनहरूलाई निर्देशन दिन्छ। निर्देशन दिने सन्दर्भमा यसले कसरी निर्णय गर्छ? सुरुसुरुका ख्रिष्टियनहरूको परिचालक निकायले कसरी यसो गऱ्‍यो, विचार गर्नुहोस्‌। प्रेषित १५:१, २ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • सुरुसुरुका ख्रिष्टियनहरूमाझ कुन विषयमा विवाद भयो?

  • यो विवाद सुल्झाउन पावल, बर्णाबास र अरू ख्रिष्टियन कसकहाँ गए?

प्रेषित १५:१२-१८, २३-२९ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • त्यतिबेलाको परिचालक निकायले कुनै निर्णय गर्नुअघि त्यस विषयमा परमेश्‍वरको डोऱ्‍याइ खोज्न के गऱ्‍यो?—पद १२१५२८ हेर्नुहोस्‌।

प्रेषित १५:३०, ३१ १६:४, ५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • सुरुसुरुका ख्रिष्टियनहरूले परिचालक निकायबाट निर्देशन पाउँदा कस्तो प्रतिक्रिया देखाए?

  • तिनीहरू आज्ञाकारी हुँदा यहोवाले कस्तो आशिष्‌ दिनुभयो?

दोस्रो तिमोथि ३:१६ याकुब १:५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • अहिले परिचालक निकायले निर्णय गर्न कहाँ डोऱ्‍याइ खोज्छ?

कोही-कोही भन्छन्‌: “परिचालक निकायको कुरा सुन्‍नु भनेको मान्छेकै कुरा सुन्‍नु त हो नि।”

  • परिचालक निकायलाई येसुले डोऱ्‍याउँदै हुनुहुन्छ भनेर तपाईँ किन विश्‍वस्त हुनुहुन्छ?

सारांश

परिचालक निकाय येसुले नियुक्‍त गर्नुभएको “विश्‍वासी र बुद्धिमान्‌ दास” हो। यसले संसारभरिका ख्रिष्टियनहरूलाई निर्देशन र आध्यात्मिक भोजन दिन्छ।

तपाईँले के सिक्नुभयो?

  • “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई कसले नियुक्‍त गर्नुभयो?

  • परिचालक निकायले कसरी हाम्रो ख्याल राख्छ?

  • के तपाईँ अहिलेको परिचालक निकाय नै “विश्‍वासी र बुद्धिमान्‌ दास” हो भन्‍ने कुरामा विश्‍वास गर्नुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

परिचालक निकायले कसरी व्यवस्थित ढङ्‌गमा काम गर्छ, पढ्‌नुहोस्‌।

“यहोवाका साक्षीहरूको परिचालक निकाय भनेको के हो?” (jw.org को लेख)

हामीले पाउने आध्यात्मिक भोजन भरपर्दो होस्‌ भनेर परिचालक निकायले कसरी पक्का गर्छ, हेर्नुहोस्‌।

प्रकाशनमा सही जानकारी (१७:१८)

परिचालक निकायका सदस्यहरू येसुले सुम्पनुभएको काम गर्न पाउँदा कस्तो महसुस गर्छन्‌?

एउटा विशेष सुअवसर (७:०४)

यहोवाले परिचालक निकायलाई डोऱ्‍याउँदै हुनुहुन्छ भनेर हाम्रा सभा र अधिवेशनहरूबाट कसरी देखिन्छ?

यहोवा आफ्ना सेवकहरूलाई सिकाउँदै हुनुहुन्छ (९:३९)