सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ६०

प्रगति गरिरहनुहोस्‌

प्रगति गरिरहनुहोस्‌

तपाईँले यस बाइबल अध्ययन सामग्रीबाट यहोवाबारे धेरै कुरा सिक्नुभयो। त्यसैले तपाईँले उहाँलाई असाध्यै प्रेम गर्न थाल्नुभयो र उहाँलाई जीवन समर्पण गरेर बप्तिस्मा गर्नुभयो होला। यदि तपाईँले बप्तिस्मा गर्नुभएको छैन भने पनि छिट्टै गर्ने विचारमा हुनुहुन्छ होला। तर तपाईँले बप्तिस्मापछि पनि प्रगति गरिरहनुपर्छ। तपाईँ यहोवासित झन्‌झन्‌ नजिक हुन सक्नुहुन्छ र यो काम सधैँभरि चल्नेछ। त्यसोभए तपाईँ कसरी उहाँसित नजिक हुँदै जान सक्नुहुन्छ?

१. तपाईँले किन यहोवासितको मित्रता बलियो बनाउँदै लैजानुपर्छ?

हामीले यहोवासितको मित्रता बलियो बनाउँदै लैजान कडा मेहनत गर्नुपर्छ। किन? “ताकि हामी [उहाँबाट] कहिल्यै तर्केर नजाऔँ।” (हिब्रू २:१) हामी कसरी वफादार भई यहोवाको सेवा गरिरहन सक्छौँ? सुसमाचार सुनाउने काममा व्यस्त भएर अनि उहाँको अझ धेरै सेवा गर्न अरू विभिन्‍न तरिका खोजेर। (फिलिप्पी ३:१६ पढ्‌नुहोस्‌।) यहोवाको सेवा गर्नु नै जीवन बिताउने उत्तम तरिका हो!—भजन ८४:१०.

२. तपाईँले अरू के-के गरिरहनुपर्छ?

यस बाइबल अध्ययन सामग्रीबाट तपाईँको अध्ययन सिद्धिए पनि ख्रिष्टियनको रूपमा तपाईँले गर्नुपर्ने अरू थुप्रै कुरा छन्‌। हामीले “नयाँ व्यक्‍तित्व धारण गर्नुपर्छ” भनेर बाइबलले बताउँछ। (एफिसी ४:२३, २४) तपाईँले परमेश्‍वरको वचन अध्ययन गर्दै जाँदा र मण्डलीका सभाहरूमा उपस्थित हुँदै जाँदा यहोवा र उहाँका गुणहरूबारे थुप्रै नयाँ कुरा सिक्नुहुनेछ। आफ्नो जीवनमा यहोवाका गुणहरू अझ राम्ररी अनुकरण गर्ने तरिकाहरू खोज्नुहोस्‌। यहोवालाई खुसी बनाउन जे-जस्तो परिवर्तनहरू गर्नुपर्ने हुन्छ, त्यो गरिरहनुहोस्‌।

३. यहोवाले तपाईँलाई प्रगति गरिरहन कसरी मदत गर्नुहुनेछ?

बाइबलले भन्छ: “परमेश्‍वर . . . आफैले तिमीहरूको तालिम पूरा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई स्थिर बनाउनुहुनेछ, तिमीहरूलाई बलियो पार्नुहुनेछ र तिमीहरूलाई दह्रोगरि खडा गर्नुहुनेछ।” (१ पत्रुस ५:१०) हामी सबैले गलत काम गर्ने प्रलोभनहरूको सामना गर्छौँ। तर ती प्रलोभनहरूको प्रतिरोध गर्न यहोवाले हामीलाई चाहिने सबै कुरा दिनुहुन्छ। (भजन १३९:२३, २४) उहाँले तपाईँलाई वफादार भई उहाँको सेवा गर्न चाहिने इच्छा र शक्‍ति दुवै दिने प्रतिज्ञा गर्नुभएको छ।—फिलिप्पी २:१३ पढ्‌नुहोस्‌।

अझ खोतल्नुहोस्‌

तपाईँ कसरी प्रगति गरिरहन सक्नुहुन्छ र यहोवाले तपाईँलाई कसरी आशिष्‌ दिनुहुनेछ, बुझ्नुहोस्‌।

४. तपाईँको मिल्ने साथी यहोवासित कुराकानी गरिरहनुहोस्‌

प्रार्थना र बाइबल अध्ययनले तपाईँलाई यहोवाको साथी बन्‍न मदत गरेको छ। यी कुराहरूले तपाईँलाई उहाँसित अझ नजिक हुन कसरी मदत गर्छ?

भजन ६२:८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यहोवासितको मित्रता बलियो बनाउन तपाईँ कसरी आफ्नो प्रार्थनाको गुणस्तर बढाउन सक्नुहुन्छ?

भजन १:२ र फुटनोट पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यहोवासितको मित्रता बलियो बनाउन तपाईँ आफ्नो बाइबल पढाइलाई कसरी अझ प्रभावकारी बनाउन सक्नुहुन्छ?

तपाईँ कसरी अझ अर्थपूर्ण तरिकामा व्यक्‍तिगत अध्ययन गर्न सक्नुहुन्छ? केही तरिका थाह पाउन भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • भिडियोमा बताइएका कुन-कुन सुझाव तपाईँ लागू गर्न सक्नुहुन्छ?

  • तपाईँ कस्ता विषय अध्ययन गर्न चाहनुहुन्छ?

५. आध्यात्मिक लक्ष्यहरू राख्नुहोस्‌

यहोवाको सेवा गर्न लक्ष्यहरू राख्दा तपाईँले प्रगति गरिरहन सक्नुहुनेछ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • भिडियोमा देखाइएकी क्याम्रनले लक्ष्यहरू राख्दा कस्तो फाइदा उठाइन्‌?

सबै जना अर्कै देशमा गएर सुसमाचार सुनाउन सक्दैनन्‌। तर हामी सबैले व्यावहारिक लक्ष्यहरू राख्न सक्छौँ। हितोपदेश २१:५ पढ्‌नुहोस्‌ अनि तपाईँले यी क्षेत्रहरूमा कस्ता लक्ष्य राख्न चाहनुहुन्छ, विचार गर्नुहोस्‌:

  • मण्डलीमा।

  • सुसमाचार सुनाउने काममा।

यस पदमा दिइएको सिद्धान्तले तपाईँलाई आफ्ना लक्ष्यहरू हासिल गर्न कसरी मदत गर्छ?

तपाईँले राख्न सक्ने लक्ष्यहरू

  • आफ्नो प्रार्थनाको गुणस्तर बढाउने।

  • पूरै बाइबल पढ्‌ने।

  • आफ्नो मण्डलीका सबैलाई चिन्‍ने।

  • एक जनासित बाइबल अध्ययन सुरु गर्ने र त्यसलाई कायम राख्ने।

  • सहायक अग्रगामी वा नियमित अग्रगामीको रूपमा सेवा गर्ने।

  • यदि तपाईँ पुरुष हुनुहुन्छ भने सहायक सेवक बन्‍नको लागि अघि बढ्‌ने।

६. सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!

भजन २२:२६ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तपाईँ अहिले र सधैँभरि जीवनको आनन्द उठाउन के गर्न सक्नुहुन्छ?

सारांश

यहोवासितको मित्रता बलियो बनाइरहनुहोस्‌ र आध्यात्मिक लक्ष्यहरू राख्न नछोड्‌नुहोस्‌। यसो गर्दा तपाईँ सधैँभरि जीवनको आनन्द उठाउन सक्नुहुन्छ!

तपाईँले के सिक्नुभयो?

  • वफादार भई यहोवाको सेवा गर्न उहाँले मदत गर्नुहुनेछ भनेर तपाईँ किन विश्‍वस्त हुन सक्नुहुन्छ?

  • तपाईँ कसरी यहोवासितको मित्रता अझ बलियो बनाउन सक्नुहुन्छ?

  • आध्यात्मिक लक्ष्यहरूले तपाईँलाई प्रगति गरिरहन कसरी मदत गर्छ?

लामो समयमा हासिल गरिने लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

हामीले कुनै गाह्रो परिस्थितिमा एक चोटि देखाएको भक्‍तिको यहोवा कदर गर्नुहुन्छ कि जीवनभर उहाँप्रति देखाएको वफादारीको?

अब्राहामजस्तै विश्‍वासी हुनुहोस्‌ (९:२०)

यहोवाको वफादार सेवकको समेत आनन्द गुम्न सक्छ। त्यो आनन्द कसरी पुनःप्राप्त गर्न सकिन्छ, हेर्नुहोस्‌।

अध्ययन र मननद्वारा पुनः आनन्द प्राप्त गर्नुहोस्‌ (५:२५)

तपाईँ कसरी आध्यात्मिक लक्ष्यहरू राख्न र ती हासिल गर्न सक्नुहुन्छ?

“आध्यात्मिक लक्ष्यहरू राखेर सृष्टिकर्ताको महिमा गर्नुहोस्‌” (प्रहरीधरहरा, जुलाई १५, २००४)

ख्रिष्टियनहरू परिपक्व बन्‍नु किन महत्त्वपूर्ण छ र तपाईँ कसरी परिपक्व बन्‍न सक्नुहुन्छ?

“परिपक्वतातर्फ बढौं—‘परमप्रभुको भयानक दिन नजिकै छ’” (प्रहरीधरहरा, मे १, २००९)