सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग १ बाट तपाईँले के सिक्नुभयो?

भाग १ बाट तपाईँले के सिक्नुभयो?

आफ्नो बाइबल अध्ययन सञ्चालकसित यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  1. १. तपाईँलाई बाइबलमा भविष्यबारे गरिएको कुन प्रतिज्ञा रोचक लाग्यो?

    (पाठ ०२ हेर्नुहोस्‌।)

  2. २. तपाईँ किन बाइबल परमेश्‍वरको वचन हो भनेर विश्‍वास गर्नुहुन्छ?

    (पाठ ०३ ०५ हेर्नुहोस्‌।)

  3. ३. यहोवाको नाम प्रयोग गर्नु किन महत्त्वपूर्ण छ?

    (पाठ ०४ हेर्नुहोस्‌।)

  4. ४. बाइबलले बताएअनुसार “जीवनको मूल” परमेश्‍वरसित छ। (भजन ३६:९) के तपाईँ यो कुरामा विश्‍वास गर्नुहुन्छ?

    (पाठ ०६ हेर्नुहोस्‌।)

  5. ५. हितोपदेश ३:३२ पढ्‌नुहोस्‌।

    • यहोवा किन हाम्रो सबैभन्दा मिल्ने साथी बन्‍न सक्नुहुन्छ?

    • यहोवा आफ्ना साथीहरूले के गरेको चाहनुहुन्छ? के तपाईँलाई यहोवाले आफ्ना साथीहरूले त्यसो गरेको चाहनु व्यावहारिक हो जस्तो लाग्छ?

      (पाठ ०७ ०८ हेर्नुहोस्‌।)

  6. ६. भजन ६२:८ पढ्‌नुहोस्‌।

    • तपाईँले यहोवालाई कस्ता कुराहरूबारे प्रार्थना गर्नुभएको छ? तपाईँ अरू के-कस्ता कुराबारे प्रार्थना गर्न सक्नुहुन्छ?

    • यहोवा प्रार्थनाहरूको जवाफ कसरी दिनुहुन्छ?

      (पाठ ०९ हेर्नुहोस्‌।)

  7. ७. हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌।

    • यहोवाका साक्षीहरूको सभाबाट तपाईँले कस्तो लाभ उठाउन सक्नुहुन्छ?

    • के तपाईँलाई सभामा उपस्थित हुन गरेको प्रयास खेर जान्छ जस्तो लाग्छ?

      (पाठ १० हेर्नुहोस्‌।)

  8. ८. नियमित रूपमा बाइबल पढ्‌नु किन राम्रो हो? तपाईँले दिनहुँ बाइबल पढ्‌ने कस्तो तालिका बनाउनुभएको छ?

    (पाठ ११ हेर्नुहोस्‌।)

  9. ९. बाइबल अध्ययन गर्दा तपाईँलाई अहिलेसम्म सबैभन्दा धेरै मन परेको कुरा कुन हो?

  10. १०. बाइबल अध्ययन गर्न थालेदेखि अहिलेसम्म तपाईँले कुनै चुनौतीको सामना गर्नुपरेको थियो कि? थियो भने के-कस्ता चुनौतीको सामना गर्नुभयो? तपाईँलाई अध्ययन गरिरहन केले मदत गर्छ?

    (पाठ १२ हेर्नुहोस्‌।)