सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग २ बाट तपाईँले के सिक्नुभयो?

भाग २ बाट तपाईँले के सिक्नुभयो?

आफ्नो बाइबल अध्ययन सञ्चालकसित यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  1. १. परमेश्‍वरले झूटो धर्मलाई के गर्नुहुनेछ?

    (पाठ १३ हेर्नुहोस्‌।)

  2. २. प्रस्थान २०:४-६ पढ्‌नुहोस्‌।

    • मानिसहरूले प्रतिमाहरू प्रयोग गरेर यहोवाको उपासना गरेको दाबी गर्दा उहाँलाई कस्तो लाग्छ?

      (पाठ १४ हेर्नुहोस्‌।)

  3. ३. येसु को हुनुहुन्छ?

    (पाठ १५ हेर्नुहोस्‌।)

  4. ४. येसुका कुन-कुन गुण तपाईँलाई मन पर्छ?

    (पाठ १७ हेर्नुहोस्‌।)

  5. ५. युहन्‍ना १३:३४, ३५ प्रेषित ५:४२ पढ्‌नुहोस्‌।

    • आज साँचो ख्रिष्टियनहरूको चिनारी कसले दिइरहेका छन्‌? तिनीहरू साँचो ख्रिष्टियन हुन्‌ भन्‍ने कुराको तपाईँले कस्तो प्रमाण देख्नुभएको छ?

      (पाठ १८ १९ हेर्नुहोस्‌।)

  6. ६. मण्डलीको शिर को हुनुहुन्छ र उहाँले मण्डलीलाई कसरी डोऱ्‍याउनुहुन्छ?

    (पाठ २० हेर्नुहोस्‌।)

  7. ७. मत्ति २४:१४ पढ्‌नुहोस्‌।

    • अहिले यो भविष्यवाणी कसरी पूरा भइरहेको छ?

    • तपाईँले क-कसलाई यो सुसमाचार सुनाउनुभयो?

      (पाठ २१ २२ हेर्नुहोस्‌।)

  8. ८. के तपाईँलाई बप्तिस्मा एउटा अर्थपूर्ण लक्ष्य हो जस्तो लाग्छ? किन?

    (पाठ २३ हेर्नुहोस्‌।)

  9. ९. तपाईँ कसरी सैतान र प्रेतहरूबाट जोगिन सक्नुहुन्छ?

    (पाठ २४ हेर्नुहोस्‌।)

  10. १०. हाम्रो लागि परमेश्‍वरको उद्देश्‍य के हो?

    (पाठ २५ हेर्नुहोस्‌।)

  11. ११. मानिसहरू किन दुःखकष्ट भोग्छन्‌ र मर्छन्‌?

    (पाठ २६ हेर्नुहोस्‌।)

  12. १२. युहन्‍ना ३:१६ पढ्‌नुहोस्‌।

    • यहोवाले हामीलाई पाप र मृत्युबाट छुटकारा दिन के गर्नुभएको छ?

      (पाठ २७ हेर्नुहोस्‌।)

  13. १३. उपदेशक ९:५ पढ्‌नुहोस्‌।

    • मरेपछि हामीलाई के हुन्छ?

    • मरिसकेका अरबौँ मानिसलाई येसुले के गर्नुहुनेछ?

      (पाठ २९ ३० हेर्नुहोस्‌।)

  14. १४. परमेश्‍वरको राज्य कसरी मानव सरकारहरूभन्दा उत्कृष्ट छ?

    (पाठ ३१ ३३ हेर्नुहोस्‌।)

  15. १५. के तपाईँ परमेश्‍वरको राज्यले अहिले शासन गर्दै छ भन्‍ने कुरामा विश्‍वास गर्नुहुन्छ? किन? यस राज्यले कहिलेदेखि शासन गर्न थाल्यो?

    (पाठ ३२ हेर्नुहोस्‌।)