सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के म तयार छु?

के म तयार छु?

के म मण्डलीसित मिलेर सुसमाचार सुनाउन तयार छु?

तपाईँ बप्तिस्मा नगरेको प्रकाशक बन्‍न तयार हुनुहुन्छ, यदि . . .

  • तपाईँ नियमित रूपमा बाइबल अध्ययन र प्रार्थना गर्नुहुन्छ अनि मण्डलीका सभाहरूमा उपस्थित हुनुहुन्छ।

  • तपाईँ आफूले सिकिरहेको कुराको कदर गर्नुहुन्छ र त्यसमा विश्‍वास गर्नुहुन्छ अनि त्यसबारे अरूलाई बताउन चाहनुहुन्छ।

  • तपाईँ यहोवालाई प्रेम गर्नुहुन्छ अनि उहाँलाई प्रेम गर्नेहरूलाई घनिष्ठ साथी बनाउनुहुन्छ।

  • तपाईँले राजनैतिक वा झूटो धर्मसित सम्बन्धित सङ्‌गठनको सदस्यसूचीबाट आफ्नो नाम हटाइसक्नुभएको छ।

  • तपाईँ यहोवाको स्तरअनुसार जीवन बिताउनुहुन्छ अनि यहोवाको साक्षी बन्‍न चाहनुहुन्छ।

तपाईँलाई आफू मण्डलीसित मिलेर सुसमाचार सुनाउन तयार छु जस्तो लाग्छ भने आफ्नो अध्ययन सञ्चालकलाई बताउनुहोस्‌। तिनले त्यसको लागि तपाईँ कसरी योग्य हुन सक्नुहुन्छ भनेर एल्डरहरूसित छलफल गर्न प्रबन्ध मिलाइदिन सक्छन्‌।

के म बप्तिस्मा गर्न तयार छु?

तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ, यदि . . .

  • तपाईँ बप्तिस्मा नगरेको प्रकाशक हुनुहुन्छ।

  • तपाईँ नियमित रूपमा सुसमाचार सुनाउने काममा सक्दो भाग लिनुहुन्छ।

  • तपाईँ “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई समर्थन गर्नुहुन्छ र तिनीहरूको निर्देशन पालन गर्नुहुन्छ।—मत्ति २४:४५-४७.

  • तपाईँले प्रार्थना गरेर यहोवालाई आफ्नो जीवन समर्पण गरिसक्नुभएको छ अनि सधैँभरि उहाँको सेवा गर्न चाहनुहुन्छ।

तपाईँलाई आफू बप्तिस्मा गर्न तयार छु जस्तो लाग्छ भने आफ्नो अध्ययन सञ्चालकलाई बताउनुहोस्‌। तिनले तपाईँ त्यसको लागि कसरी योग्य हुन सक्नुहुन्छ भनेर एल्डरहरूसित छलफल गर्न प्रबन्ध मिलाइदिन सक्छन्‌।