सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँले यस बाइबल अध्ययन सामग्रीबाट कसरी धेरै लाभ उठाउन सक्नुहुन्छ?

तपाईँले यस बाइबल अध्ययन सामग्रीबाट कसरी धेरै लाभ उठाउन सक्नुहुन्छ?

यस किताबको विषयवस्तु विचार गर्नुहोस्‌ अनि भिडियो हेर्नुहोस्‌

सुरुको भाग

प्रत्येक पाठको तयारी गर्न सुरुको भाग पढ्‌नुहोस्‌। गाढा अक्षरमा भएका प्रश्‍नहरू (क) र बाइबल पदहरूले (ख) मुख्य बुँदालाई जोड दिन्छ। याद गर्नुहोस्‌, कुनै-कुनै बाइबल पदलाई “पढ्‌नुहोस्‌” भनेर उल्लेख गरिएको छ।

बीचको भाग

अझ खोतल्नुहोस्‌-को सुरुमा बताइएका कुराहरूले (ग) त्यसअन्तर्गत छलफल गरिने विषयवस्तुको परिचय दिन्छ। यसमा छलफल गरिने मुख्य बुँदाहरूबारे उपशीर्षकहरूमा (घ) बताइएको छ। एक जना यहोवाको साक्षीसित अध्ययन गर्नुहोस्‌। बाइबल पदहरू पढ्‌नुहोस्‌, प्रश्‍नहरूको जवाफ दिनुहोस्‌ अनि भिडियोहरू हेर्नुहोस्‌।

पाठहरूमा भएका भिडियोहरू र अडियोहरूले अध्ययन गरिने विषयवस्तुलाई राम्ररी बुझ्न मदत गर्छन्‌। कुनै-कुनै भिडियो वास्तविक अनुभवमा आधारित छन्‌। अरू कतिपय भने अभिनयको रूपमा देखाइएका छन्‌। ती अभिनयहरूले वास्तविक घटना वा मानिसहरूलाई चित्रण गर्दैनन्‌ बरु सम्भाव्य परिस्थितिलाई झल्काउँछन्‌।

चित्र तथा तस्बिरहरू र तीबारे गरिएको व्याख्यालाई (ङ) राम्ररी हेर्नुहोस्‌ अनि कोही-कोही भन्छन्‌-को (च) जवाफ कसरी दिन सकिन्छ, सोच्नुहोस्‌।

अन्तिम भाग

पाठको अन्तमा सारांश र तपाईँले के सिक्नुभयो? (छ) छन्‌। पूरै पाठ छलफल गरिसकेपछि पाठ सिद्धिएको मिति लेख्नुहोस्‌। तपाईँले गर्न चाहेको कुरा लक्ष्य-मा (ज) लेख्न सक्नुहुन्छ। थप जानकारीको लागि अझ धेरै जान्‍नुहोस्‌-मा (झ) भएका लेखहरू पढ्‌न वा भिडियोहरू हेर्न सक्नुहुन्छ।

बाइबल पदहरू कसरी भेट्टाउन सकिन्छ?

बाइबल ६६ वटा साना किताबहरूको सँगालो हो। यसलाई दुई भागमा विभाजन गरिएको छ: हिब्रू-अरामी धर्मशास्त्र (“पुरानो नियम”) र ख्रिष्टियन ग्रीक धर्मशास्त्र (“नयाँ नियम”)।

यस अध्ययन सामग्रीमा बाइबल पद उल्लेख गरिँदा सुरुमा किताबको नाम (क), त्यसपछि अध्यायको सङ्‌ख्या (ख) अनि पदको सङ्‌ख्या (ग) दिइएको हुन्छ।

उदाहरणको लागि, युहन्‍ना १७:३ यसले युहन्‍नाको किताबको १७ अध्यायको ३ पदलाई बुझाउँछ।