सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सान्त्वना

सान्त्वना

निराश हुँदा बाइबलबाट पाइने सान्त्वना

अचाक्ली डर; त्रास

डर” हेर्नुहोस्‌

अरूले दुर्व्यवहार गर्दा पुग्ने भावनात्मक चोट

दुर्व्यवहार” हेर्नुहोस्‌

अरूले भरोसा तोड्‌दा, चित्त दुखाउँदा वा धोका दिँदा हुने निराशा

निराशा” हेर्नुहोस्‌

आफ्नो कमीकमजोरी र पापले गर्दा हुने निराशा

निराशा” हेर्नुहोस्‌

चिन्ता

चिन्ता” हेर्नुहोस्‌

डाह; ईर्ष्या

डाह” हेर्नुहोस्‌

दोषी भावना

एज्रा ९:६; भज ३८:३, ४, ८; ४०:१२

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २रा २२:८-१३; २३:१-३​—मोसाको व्यवस्था पढेर सुनाइएपछि राजा योसियाह र तिनको जनताले असाध्यै दोषी महसुस गरे

    • एज्रा ९:१०-१५; १०:१-४​—पुजारी एज्रा र अरू मानिसलाई दोषी भावनाले सतायो किनभने कसै-कसैले परमेश्‍वरको इच्छाविपरीत विदेशी स्त्रीहरूसित विवाह गरेका थिए

    • लुका २२:५४-६२​—प्रेषित पत्रुसले येसुलाई तीन चोटि तिरस्कार गरेकोमा तिनी असाध्यै दुःखी भए र धुरुधुरु रोए

  • सान्त्वनादायी शास्त्रपदहरू:

  • सान्त्वनादायी बाइबल विवरण(हरू):

    • २इ ३३:९-१३, १५, १६​—यहुदाका खराब राजाहरूमध्ये एक मनस्से थिए तर पछि तिनले पश्‍चात्ताप गरे र यहोवाको कृपा पाए

    • लुका १५:११-३२​—यहोवाले उदार भई पूर्णतया क्षमा गर्नुहुन्छ भन्‍ने कुरा बुझाउन येसुले हराएको छोराको उदाहरण दिनुभयो

यहोवाले अनमोल ठान्‍नुहुन्छ कि हुन्‍न भन्‍ने शङ्‌का

शङ्‌का” हेर्नुहोस्‌

रिस; द्वेष

कसै-कसैले जीवनमा विभिन्‍न समस्या वा अन्याय भोग्नुपरेकोले आनन्द गुमाउँछन्‌

उप ९:११, १२

भज १४२:४; उप ४:१; ७:७ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • रुथ १:११-१३, २०​—मृत्युले गर्दा आफ्ना पति र दुई छोरा गुमाएकी नाओमीले यहोवाले तिनलाई त्याग्नुभएको महसुस गरिन्‌

    • अयु ३:१, ११, २५, २६; १०:१​—अय्युबले आफ्नो सरसम्पत्ति, १० जना छोराछोरी र सुस्वास्थ्य गुमाउनुपरेकोले अत्यन्तै दुःखी भए

  • सान्त्वनादायी शास्त्रपदहरू:

  • सान्त्वनादायी बाइबल विवरण(हरू):

    • रुथ १:६, ७, १६-१८; २:२, १९, २०; ३:१; ४:१४-१६​—नाओमी परमेश्‍वरका सेवकहरूसित घनिष्ठ भइन्‌ अनि अरूलाई मदत गर्नुका साथै तिनीहरूको मदत पनि स्विकारिन्‌, जसले गर्दा उनी फेरि आनन्दित हुन सकिन्‌

    • अयु ४२:७-१६; या ५:११​—अय्युबले सहनशीलता देखाए अनि यहोवाले तिनलाई प्रशस्तै आशिष्‌ दिनुभयो

कतिपयले अरूको निर्दयी व्यवहारले गर्दा आनन्द गुमाएका छन्‌

उप ४:१, २

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स १:६, ७, १०, १३-१६​—पनिन्‍नाहको निर्दयी व्यवहार र प्रधानपुजारी एलिको गलतफहमीले गर्दा हन्‍नाको मनमा गहिरो चोट पुग्यो

    • अयु ८:३-६; १६:१-५; १९:२, ३​—अय्युबलाई सान्त्वना दिन आएका तीन जना साथी आत्मधर्मी थिए र उनीहरूले तिनीबारे गलत निष्कर्ष निकाले, जसले गर्दा अय्युब निराश भए

  • सान्त्वनादायी शास्त्रपदहरू:

  • सान्त्वनादायी बाइबल विवरण(हरू):

    • १स १:९-११, १८​—हन्‍नाले आफ्नो मनको बह यहोवालाई पोखेपछि उनको पीडा कम भयो

    • अयु ४२:७, ८, १०, १७​—अय्युबले आफ्ना तीन जना साथीलाई क्षमा दिएपछि यहोवाले तिनलाई प्रशस्तै आशिष्‌ दिनुभयो

रोगबिमार वा बुढ्यौलीको कारण सीमितता

भज ७१:९, १८; उप १२:१-७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २रा २०:१-३​—राजा हिजकियाहलाई घातक रोग लाग्दा तिनी डाँको छोडेर रोए

    • फिलि २:२५-३०​—इपाफ्रोडाइटस बिरामी परेको खबर मण्डलीमा पुगेपछि तिनी निराश र चिन्तित भए किनभने भाइबहिनीले अब तिनले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनन्‌ भन्‍ने सोच्लान्‌ जस्तो तिनलाई लाग्यो

  • सान्त्वनादायी शास्त्रपदहरू:

  • सान्त्वनादायी बाइबल विवरण(हरू):

    • २स १७:२७-२९; १९:३१-३८​—वफादार बार्जिलैलाई एउटा महत्त्वपूर्ण जिम्मेवारी दिइँदा तिनले नम्र भई त्यो अस्वीकार गरे किनभने तिनलाई आफू वृद्ध भइसकेकोले त्यो जिम्मेवारी सम्हाल्न सक्दिनँ जस्तो लाग्यो

    • भज ४१:१-३, १२​—राजा दाउद सिकिस्त बिरामी पर्दा यहोवाले सम्हाल्नुहुनेछ भनेर तिनी ढुक्क थिए

    • मर्कु १२:४१-४४​—येसुले गरिब विधवालाई उसले चढाएको भेटीको लागि प्रशंसा गर्नुभयो किनभने उसले आफूसित भएको सबै खसाली

सतावट

सतावट” हेर्नुहोस्‌

समस्याको समाधान गर्न वा जिम्मेवारी पूरा गर्न सक्दिनँ भन्‍ने नकारात्मक भावना

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रस्थ ३:११; ४:१०​—यहोवाले भविष्यवक्‍ता मोसालाई फारोकहाँ गएर बोल्न र उहाँका सेवकहरूलाई मिश्रबाट छुटाएर ल्याउन भन्‍नुहुँदा तिनले अयोग्य महसुस गरे

    • यर्मि १:४-६​—यहोवाले यर्मियालाई उहाँका अटेरी मानिसहरूलाई न्यायको सन्देश सुनाउन भन्‍नुहुँदा तिनलाई आफू सानै छु र कुनै अनुभव पनि छैन जस्तो लाग्यो

  • सान्त्वनादायी शास्त्रपदहरू:

  • सान्त्वनादायी बाइबल विवरण(हरू):

    • प्रस्थ ३:१२; ४:११, १२​—यहोवाले भविष्यवक्‍ता मोसालाई जिम्मेवारी पूरा गर्न मदत गर्नेछु भनेर बारम्बार आश्‍वासन दिनुभयो

    • यर्मि १:७-१०​—यहोवाले भविष्यवक्‍ता यर्मियालाई चुनौतीको सामना गर्न तयार बनाउनेछु भनेर आश्‍वासन दिनुभयो