सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क्षमा

क्षमा

के यहोवा क्षमा दिन साँच्चै इच्छुक हुनुहुन्छ?

भज ८६:५; दा ९:९; मिका ७:१८

२प ३:९ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • भज ७८:४०, ४१; १०६:३६-४६​—इस्राएलीहरूले थुप्रै पटक यहोवाको चित्त दुखाए तापनि उहाँले तिनीहरूलाई बारम्बार क्षमा दिनुभयो

    • लुका १५:११-३२​—येसुले यहोवाको क्षमाबारे बुझाउन एक जना कृपालु बुबाले पश्‍चात्ताप गरेर घर फर्केका छोरालाई क्षमा दिएको उदाहरण चलाउनुभयो

यहोवाले पापको क्षमा दिन कस्तो आधार तयार पार्नुभयो?

युह १:२९; एफि १:७; १यु २:१, २

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • हिब्रू ९:२२-२८​—यहोवाले येसुको फिरौतीको आधारमा हामीलाई क्षमा दिन सक्नुहुन्छ भनेर प्रेषित पावलले बताए

    • प्रका ७:९, १०, १४, १५​—येसुले बगाउनुभएको रगतले गर्दा “एउटा ठूलो भीड” यहोवासामु शुद्ध भई खडा हुन सकेको दर्शन प्रेषित युहन्‍नाले देखे

हामी यहोवाबाट क्षमा चाहन्छौँ भने अरूले हामीविरुद्ध पाप गर्दा के गर्नुपर्छ?

मत्ति ६:१४, १५; मर्कु ११:२५; लुका १७:३, ४; या २:१३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • अयु ४२:७-१०​—यहोवाले अय्युबलाई तिनीविरुद्ध बोलेका तीन साथीको निम्ति प्रार्थना गरिदिन भन्‍नुभयो; त्यसपछि उहाँले तिनीमाथि आइपरेको विपत्ति हटाएर तिनलाई स्वस्थ र संवृद्ध बनाउनुभयो

    • मत्ति १८:२१-३५​—यहोवाबाट क्षमा पाउन अरूलाई क्षमा दिनुपर्छ भन्‍ने कुरा बुझाउन येसुले मन छुने कथा सुनाउनुभयो

पाप स्विकार्नु र साँचो पश्‍चात्ताप गर्नु कत्तिको महत्त्वपूर्ण छ?

प्रे ३:१९; २६:२०; १यु १:८-१०

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • भज ३२:१-५; ५१:१, २, १६, १७​—राजा दाउदले गम्भीर पाप गरेकोले आफ्नो हृदय टुटेको र चूर्ण भएको महसुस गरे अनि साँचो पश्‍चात्ताप गरे

    • या ५:१४-१६​—हामीले गम्भीर पाप गर्दा एल्डरहरूकहाँ जानुपर्छ भनेर याकुबले बताए

यहोवाबाट क्षमा पाउन कस्ता परिवर्तनहरू गर्नुपर्छ?

हित २८:१३; यसै ५५:७; एफि ४:२८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १रा २१:२७-२९; २इ १८:१८-२२, ३३, ३४; १९:१, २​—राजा आहाबले यहोवाबाट सजाय पाउन लागेको कुरा सुनेपछि आफूलाई नम्र तुल्याए तर तिनले साँचो पश्‍चात्ताप नगरेकोले यहोवाले तिनलाई क्षमा गर्नुभएन अनि मृत्युदण्ड दिनुभयो

    • २इ ३३:१-१६​—राजा मनस्से असाध्यै दुष्ट थिए तर तिनले पश्‍चात्ताप गरेकोले यहोवाबाट क्षमा पाए। तिनी पूर्णतया परिवर्तन भएको कुरा तिनले मूर्तिपूजा हटाउन र शुद्ध उपासना अघि बढाउन गरेको प्रयासमा देखियो

साँचो पश्‍चात्ताप गर्दा यहोवाले कुन हदसम्म क्षमा गर्नुहुन्छ?

भज १०३:१०-१४; यसै १:१८; ३८:१७; यर्मि ३१:३४; मिका ७:१९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २स १२:१३; २४:१; १रा ९:४, ५—राजा दाउदले गम्भीर पाप गरे तापनि तिनले पश्‍चात्ताप गरेकोले यहोवाले तिनलाई क्षमा गर्नुभयो अनि सत्यनिष्ठ व्यक्‍तिको रूपमा हेर्नुभयो

येसुले आफू यहोवाजस्तै क्षमाशील भएको कसरी देखाउनुभयो?

भज ८६:५; लुका २३:३३, ३४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति २६:३६, ४०, ४१​—येसुलाई आफ्ना घनिष्ठ अनुयायीहरूको सबैभन्दा धेरै साथ चाहिएको बेला तिनीहरू निदाए तर उहाँले तिनीहरूको सीमितता बुझ्नुभयो

    • मत्ति २६:६९-७५; लुका २४:३३, ३४; प्रे २:३७-४१​—प्रेषित पत्रुसले येसुलाई तीन पटक इन्कार गरे तर पश्‍चात्ताप गरेकोले क्षमा पाए; उहाँ ब्युँतिनुभएपछि तिनीसामु देखा पर्नुभयो र पछि तिनलाई मण्डलीमा विशेष सुअवसरहरू दिनुभयो

यहोवाको क्षमाको सीमा छ भनेर कसरी थाह पाउन सक्छौँ?

मत्ति १२:३१; हिब्रू १०:२६, २७; १यु ५:१६, १७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति २३:२९-३३​—येसुले शास्त्रीहरू र फरिसीहरू सदाको लागि नाश हुनेछन्‌ भनेर चेतावनी दिनुभयो

    • युह १७:१२; मर्कु १४:२१​—येसुले यहुदा इस्करियोतलाई “विनाशको छोरा” भन्‍ने नाम दिनुभयो र तिनी जन्मँदै नजन्मेको भए बेस हुने थियो भन्‍नुभयो

ख्रिष्टियनहरूलाई कुन कुराले अरूलाई क्षमा दिन उत्प्रेरित गर्छ?