सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शोक

शोक

कसैको मृत्यु हुँदा शोक गर्नु गलत होइन भनेर कस्ता बाइबल विवरणहरूले देखाउँछ?

यहोवा शोकाकुल व्यक्‍तिहरूलाई सान्त्वना दिन चाहनुहुन्छ भनेर केले देखाउँछ?

मृतकहरूको अवस्थाबारे थाह पाउँदा हामी कस्तो सान्त्वना पाउँछौँ?

उप ९:५, १०; १थि ४:१३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका २०:३७, ३८​—येसुले यहोवाको नजरमा मृतकहरू जीवितै छन्‌ भनेर बताउनुभयो; यसबाट फेरि जीवित हुने प्रतिज्ञा अवश्‍य पूरा हुनेछ भनेर स्पष्ट हुन्छ

    • युह ११:५, ६, ११-१४​—आफ्नो प्यारो साथी लाजरसको मृत्यु हुँदा येसुले मृत्युलाई निद्रासित तुलना गर्नुभयो

    • हिब्रू २:१४, १५​—प्रेषित पावलले हामी मृत्युदेखि डराउनु पर्दैन भनेर बताए

मृत्युको दिन जन्मेको दिनभन्दा किन उत्तम हो?

बाइबलमा मृत्युलाई कसरी वर्णन गरिएको छ र परमेश्‍वरले मृत्युलाई के गर्नुहुनेछ?

भविष्यमा मृतकहरू जीवित हुनेछन्‌ भनेर हामी किन विश्‍वस्त हुन सक्छौँ?

यसै २६:१९; युह ५:२८, २९; प्रे २४:१५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • बाइबलमा मृतकलाई जीवित पारिएको नौ वटा विवरण पाइन्छ; तीमध्ये आठ जनालाई यसै पृथ्वीमा जीवित पारिएको थियो। प्रत्येक विवरणले शोकमा परेकाहरूलाई सान्त्वना र आशा दिन्छ

      • १रा १७:१७-२४​—भविष्यवक्‍ता एलियाले सिदोनको सारपत सहरमा बस्ने एउटी विधवाको छोरालाई जीवित पारे

      • २रा ४:३२-३७​—भविष्यवक्‍ता एलिसाले सुनेम सहरमा बस्ने एउटा केटोलाई जीवित पारेर उसकी आमालाई जिम्मा लगाइदिए

      • २रा १३:२०, २१​—भर्खरै मृत्यु भएको एक जना व्यक्‍तिको लासले भविष्यवक्‍ता एलिसाका हड्डीहरू छोएपछि त्यो व्यक्‍ति जिउँदो भयो

      • लुका ७:११-१५​—नाइन सहरमा येसुले एउटी विधवाको छोरालाई जीवित पार्नुभयो

      • लुका ८:४१, ४२, ४९-५६​—येसुले सभाघरको पदाधिकारी याइरसकी सानी छोरीलाई ब्युँताउनुभयो

      • युह ११:३८-४४​—येसुले आफ्नो प्यारो साथी लाजरसलाई जीवित पारेर मार्था र मरियमको जिम्मा लगाउनुभयो

      • प्रे ९:३६-४२​—प्रेषित पत्रुसले दयालु र उदार स्त्री भनेर चिनिएकी प्रिय बहिनी डोरकासलाई ब्युँताए

      • प्रे २०:७-१२​—प्रेषित पावलले झ्यालबाट खसेर मरेको ठिटो युटाइकसलाई जीवित पारे

    • यहोवाले येसु ख्रिष्टलाई जीवित पार्नुभएर स्वर्गमा अमर जीवन दिनुभयो र यसले भविष्यको लागि उहाँले गर्नुभएको सबै प्रतिज्ञा पूरा हुनेछन्‌ भन्‍ने कुराको ग्यारेन्टी दियो

    • फेरि जीवित भएर स्वर्ग जाने र अमर जीवन पाउने पहिलो व्यक्‍ति येसु हुनुहुन्छ तर अन्तिम भने होइन; उहाँका १ लाख ४४ हजार अभिषिक्‍त अनुयायीहरूले पनि स्वर्गमा अमर जीवन पाउनेछन्‌

प्रियजनको मृत्युले गर्दा शोकमा परेकाहरूलाई हामी कसरी मदत गर्न सक्छौँ?