सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हृदय

हृदय

प्रतीकात्मक हृदय भनेको हाम्रो सोचाइ, मनसाय, गुण र भावना मुछिएको भित्री व्यक्‍तित्व हो भनेर बाइबलले कसरी देखाउँछ?

भज ४९:३; हित १६:९; लुका ५:२२; प्रे २:२६

व्य १५:७; भज १९:८ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका ९:४६-४८​—येसुले आफ्ना प्रेषितहरूको हृदयमा अहम्‌ भावना भएको देख्नुभएपछि तिनीहरूलाई सच्याउनुभयो

हामीले किन आफ्नो हृदयलाई सुरक्षित राख्नुपर्छ?

१इ २८:९; हित ४:२३; यर्मि १७:९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ६:५-७​—मानिसको हृदयमा भएको दुष्टताले गर्दा हिंसा बढ्यो, जसले गर्दा परमेश्‍वरले पृथ्वीभरि जलप्रलय ल्याउनुभयो

    • १रा ११:१-१०​—राजा सुलेमानले हृदयलाई सुरक्षित राख्न सकेनन्‌; तिनले विदेशी स्त्रीहरूसित विवाह गरे र उनीहरूले तिनको हृदय यहोवादेखि बहकाइदिए

    • मर्कु ७:१८-२३​—येसुले मानिसलाई परमेश्‍वरको नजरमा अशुद्ध बनाउने सबै कुरा हृदयबाटै निस्कन्छ भनेर बताउनुभयो

हामी कसरी हृदयलाई सुरक्षित राख्न सक्छौँ?

भज १९:१४; हित ३:३-६; लुका २१:३४; फिलि ४:८

एज्रा ७:८-१०; भज ११९:११ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • एफि ६:१४-१८; १थि ५:८​—प्रेषित पावलले आध्यात्मिक हातहतियारबारे वर्णन गरे; कवचले मुटुलाई जोगाएझैँ धार्मिकता, विश्‍वास र प्रेमले हाम्रो प्रतीकात्मक हृदयलाई जोगाउँछ भनी तिनले बताए

हाम्रो प्रतीकात्मक हृदयमा समस्या छ भनेर कसरी थाह पाउन सक्छौँ?

हित २१:२-४; हिब्रू ३:१२

हित ६:१२-१४ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ २५:१, २, १७-२७​—राजा अमस्याहले केही समयको लागि परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरिरहे तर पूर्ण हृदयले त होइन; पछि तिनी अहङ्‌कारी र विश्‍वासघाती भए र त्यसको दुःखद नतिजा भोगे

    • मत्ति ७:१७-२०​—खराब रूखले बिग्रेको फल फलाएझैँ हाम्रो हृदयको अवस्था खराब छ भने हाम्रो आचरण पनि खराबै हुन्छ भनेर येसुले बताउनुभयो

हामीले किन आफ्नो हृदय असल कुराहरूले भर्नुपर्छ र हामी कसरी त्यसो गर्न सक्छौँ?

हित १०:८; १५:२८; लुका ६:४५

भज ११९:९७, १०४; रोमी १२:९-१६; १ति १:५ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २रा २०:१-६​—राजा हिजकियाह मर्नै लाग्दा तिनले यहोवालाई आफूले पूर्ण हृदयले उहाँको सेवा गरेको कुरा सम्झन र कृपा देखाउन बिन्ती गरे

    • मत्ति २१:२८-३२​—येसुले मानिसको हृदयमा भएको कुरा तिनको बोलीमा मात्र होइन, काममा पनि देखिन्छ भनेर बुझाउन उदाहरण चलाउनुभयो

यहोवा हाम्रो हृदय जाँच्नुहुन्छ भनेर थाह पाउनु किन आश्‍वासनदायी कुरा हो?

१इ २८:९; यर्मि १७:१०

१स २:३ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स १६:१-१३​—भविष्यवक्‍ता समुएलले यहोवा मानिसको बाहिरी रूप नभई भित्री हृदय हेर्नुहुन्छ भनेर बुझे

    • २इ ६:२८-३१​—मन्दिर समर्पणको बेला राजा सुलेमानले गरेको प्रार्थनाबाट यहोवा मानिसको हृदयमा के छ भनी राम्ररी जान्‍नुहुन्छ र कृपा देखाउनुहुन्छ भनेर प्रस्ट हुन्छ