सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कृपा

कृपा

कृपा देखाउनुमा के-के समावेश छ?

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • भज ५१:१, २​—राजा दाउदले यहोवालाई कृपा देखाउन बिन्ती गर्दा आफ्नो पापको क्षमा दिन र आफूलाई शुद्ध पार्न आग्रह गरिरहेका थिए

    • लुका १०:२९-३७​—येसुले एक जना सामरियालीले घाइते यहुदीलाई दया देखाएको र तिनको हेरविचार गरेको कथा बताउनुभएर कृपाबारे राम्रो पाठ सिकाउनुभयो

हामी सबैलाई किन कृपा चाहिन्छ?

कृपा देखाउने सन्दर्भमा यहोवाले कस्तो उदाहरण बसाल्नुभएको छ?

प्रस्थ ३४:६; नहे ९:१७; भज १०३:८; २को १:३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • अयु ४२:१, २, ६-१०; या ५:११​—यहोवाले अय्युबलाई कृपा देखाउनुभयो र तिनलाई पनि कृपालु हुन सिकाउनुभयो

    • लुका १५:११-३२​—येसुले यहोवाको कृपाबारे बुझाउन पश्‍चात्ताप गरेको विद्रोही छोरालाई कृपा देखाएका एक जना बुबाको उदाहरण दिनुभयो

यहोवा हामीलाई किन कृपा देखाउनुहुन्छ?

रोमी ५:८; १यु ४:९, १०

ति ३:४, ५ पनि हेर्नुहोस्‌

ख्रिष्टको बलिदानले हामीलाई पापको क्षमा पाउन कसरी मदत गर्छ?

हामीले किन यहोवाको कृपाको लागि बिन्ती गर्नुपर्छ र यसको लागि सधैँ धन्यवादी हुनुपर्छ?

लुका ११:२-४; हिब्रू ४:१६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • भज ५१:१-४​—आफ्नो गल्तीको कारण राजा दाउदले दोषी महसुस गरे र आफूलाई कृपा देखाउन यहोवालाई बिन्ती गरे

    • लुका १८:९-१४​—यहोवा गल्ती स्विकार्नेहरूलाई कृपा देखाउनुहुन्छ भनेर बुझाउन येसुले उदाहरण चलाउनुभयो

गम्भीर पाप गर्नेहरूले समेत कसरी यहोवाको कृपा पाउन सक्छन्‌?

व्य ४:२९-३१; यसै ५५:७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ ३३:९-१३, १५​—दुष्ट राजा मनस्सेले पश्‍चात्ताप गरे र यहोवासित दयाको भीख मागे; तिनी फेरि राजा भए र कामबाट आफू परिवर्तन भएको देखाए

    • योना ३:४-१०​—हिंस्रक निनवेबासीहरूले थुप्रै मानिसलाई मारेका थिए तर तिनीहरूले पश्‍चात्ताप गरेकोले यहोवाको कृपा पाए

हामीले यहोवाको कृपा पाउन आफ्नो पाप स्विकार्नु र जीवनशैली परिवर्तन गर्नु किन महत्त्वपूर्ण छ?

यहोवा हामीलाई कृपा देखाउनुहुन्छ भन्‍नुको अर्थ उहाँ हामीलाई पापको सजाय पाउनदेखि वा नराम्रो नतिजा भोग्नदेखि जोगाउनुहुन्छ भन्‍ने होइन

हामी किन कृपालु हुनुपर्छ?

अरूलाई कृपा देखाउन चुक्दा यहोवासितको सम्बन्धमा कस्तो असर पर्छ?

मत्ति ९:१३; २३:२३; या २:१३

हित २१:१३ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति १८:२३-३५​—कुनै व्यक्‍तिले कृपा नदेखाउँदा तिनले पनि यहोवाको कृपा पाउन सक्दैनन्‌ भनेर बुझाउन येसुले उदाहरण चलाउनुभयो

    • लुका १०:२९-३७​—यस प्रख्यात उदाहरणले यहोवा र येसु कृपा नदेखाउनेहरूसित खुसी हुनुहुन्‍न बरु असल सामरियालीले जस्तै अरूलाई कृपा देखाउनेहरूसित खुसी हुनुहुन्छ भनेर देखाउँछ

यहोवा कृपालुहरूसित कस्तो व्यवहार गर्नुहुन्छ?