सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुर्व्यवहार

दुर्व्यवहार

अरूले हामीलाई नराम्रो व्यवहार गर्दा हामी कस्तो महसुस गर्छौँ?

भज ६९:२०; हित १८:१४; उप ४:१-३; मला २:१३-१६; कल ३:२१

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २स १०:१-५​—दाउदको सेनामा भएका केही सिपाहीले शत्रुहरूबाट साह्रै बेइज्जत भोग्नुपऱ्‍यो र दाउदले ती पुरुषहरूसित दयालु व्यवहार गरे

    • २स १३:६-१९​—अम्नोनले तामारलाई बलात्कार गरेकोले र उनीसित तुच्छ व्यवहार गरेकोले तामार रोइन्‌ र आफ्नो लुगा च्यातिन्‌

दुर्व्यवहार भोगेकाहरूको अवस्था यहोवा राम्ररी बुझ्नुहुन्छ भनेर केले देखाउँछ र उहाँले के गर्नुहुनेछ?

अयु ३४:२१, २२; भज ३७:८, ९; यसै २९:१५, १९-२१; रोमी १२:१७-२१

भज ६३:६, ७ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स २५:३, १४-१७, २१, ३२-३८​—दुष्ट नाबालले दाउदको बेइज्जत गरेर आफ्नो पूरै घरानाको जीवन खतरामा पारे अनि पछि यहोवाले तिनलाई मृत्युदण्ड दिनुभयो

    • यर्मि २०:१-६, ९, ११-१३​—पुजारी पासुहरले भविष्यवक्‍ता यर्मियालाई पिटेर ठिँगुरोमा हाल्दा तिनी निरुत्साहित भए तर पछि यहोवाले तिनलाई प्रोत्साहन दिनुभयो र छुटाउनुभयो