सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमाबुबा

आमाबुबा

यहोवाले किन विवाहको सुरुवात गर्नुभयो?

आमाबुबाले आफ्ना छोराछोरीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

भज १२७:३-५; १२८:३

केटाकेटी; युवायुवती” पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

आमाबुबाले छोराछोरीको लागि के गर्नुपर्छ?

व्य ६:६, ७; ११:१८, १९; हित २२:६; २को १२:१४; १ति ५:८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स १:१-४​—एल्काना आफ्नो परिवारसँगै हरेक वर्ष चाड मनाउन सिलो जान्थे र प्रत्येक छोराछोरीले उपासनामा भाग लिए कि लिएनन्‌ भनेर पक्का गर्थे

    • लुका २:३९, ४१​—युसुफ र मरियम हरेक वर्ष निस्तार चाड मनाउन आफ्नो छोराछोरीसित नासरतदेखि यरुसलेमसम्म यात्रा गर्थे

आफ्ना छोराछोरीलाई यहोवाको मार्गमा हिँड्‌न सिकाउनुका फाइदाहरू के-के हुन्‌?

हित १:८, ९; २२:६

२ति ३:१४, १५ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स २:१८-२१, २६; ३:१९​—समुएलका आमाबुबाले उनलाई वासस्थानमा सेवा गर्न अर्पण गरे तर तिनीहरू उनलाई भेट्‌न गइरहन्थे र उनको आवश्‍यकता पूरा गरिदिन्थे; उनी आध्यात्मिक व्यक्‍ति बने

    • लुका २:५१, ५२​—येसु आफ्ना त्रुटिपूर्ण आमाबुबाप्रति आज्ञाकारी हुनुभयो

आमाबुबाले छोराछोरी हुर्काउन भरपर्दो डोऱ्‍याइ कहाँबाट पाउन सक्छन्‌?

व्य ६:४-९; एफि ६:४; २ति ३:१४-१७

भज १२७:१; हित १६:३ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • न्या १३:२-८​—यहोवाको आशिष्‌ले गर्दा मानोह र तिनकी पत्नीले एउटा छोरा जन्माउनेछन्‌ भनेर स्वर्गदूतले बताएपछि मानोहले उसलाई हुर्काउन यहोवासित डोऱ्‍याइ मागे

    • भज ७८:३-८​—आमाबुबाले बाइबलबाट सिकेका कुराहरू आफ्नो छोराछोरीलाई सिकाएको यहोवा चाहनुहुन्छ

यहोवाको उपासना गर्ने परिवारमा हुर्केको भए तापनि कसै-कसैले किन उहाँको सेवा नगर्ने छनौट गर्न सक्छन्‌?

इज १८:१-१३, २०

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ६:१-५; यहु ६​—यहोवासित स्वर्गमा युगौँयुग समय बिताएका स्वर्गदूतहरूले समेत उहाँको विद्रोह गर्ने छनौट गरे

    • १स ८:१-३​—समुएल वफादार र धर्मी भविष्यवक्‍ता भए पनि तिनका छोराहरू बेइमान र भ्रष्ट भए

आमाबुबाले आफ्ना छोराछोरीलाई यहोवाबारे कहिलेदेखि सिकाउन थाल्नुपर्छ?

२ति ३:१५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • व्य २९:१०-१२, २९; ३१:१२; एज्रा १०:१​—इस्राएली आमाबुबाहरूले यहोवाको उपासना गर्न छोराछोरीलाई पनि सँगै लैजान्थे

    • लुका २:४१-५२​—युसुफ र मरियम हरेक वर्ष निस्तार चाड मनाउन येसु र अरू छोराछोरीसितै यरुसलेमको मन्दिरमा जाने गर्थे

आमाबुबाले छोराछोरीलाई हानि पुऱ्‍याउनेहरूदेखि जोगाउन क-कसको उदाहरण पछ्याउनुपर्छ?

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रस्थ १९:४; व्य ३२:११, १२​—यहोवाले बचेरालाई बोक्ने, सुरक्षा दिने र ख्याल राख्ने चीलसित आफूलाई तुलना गर्नुभयो

    • यसै ४९:१५—आफ्नो दूधेबालकलाई कोमल करुणा देखाउने आमाले भन्दा यहोवाले आफ्ना सेवकहरूलाई अझ धेरै ख्याल राख्नुहुन्छ र सुरक्षा दिनुहुन्छ

    • मत्ति २:१-१६​—येसु जन्मनुभएपछि सैतानले उहाँलाई मार्न ज्योतिषीहरूलाई दुष्ट राजा हेरोदकहाँ डोऱ्‍यायो तर यहोवाले आफ्नो छोरालाई जोगाउन युसुफलाई परिवार लिएर मिश्र जान निर्देशन दिनुभयो

    • मत्ति २३:३७​—कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेर सुरक्षा दिएझैँ येसुले पनि आफ्ना अनुयायीहरूलाई मदत गर्ने प्रतिज्ञा गर्नुभयो

आमाबुबाले आफ्ना छोराछोरीलाई किन यौनबारे सिकाउनुपर्छ?

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लेवी १५:२, ३, १६, १८, १९; व्य ३१:१०-१३​—मोसाको व्यवस्थामा यौनबारे यहोवाको दृष्टिकोण स्पष्टसित बताइएको थियो र व्यवस्था सबैसामु पढिँदा साना केटाकेटी पनि त्यहाँ उपस्थित भएको उहाँ चाहनुहुन्थ्यो

    • भज १३९:१३-१६​—यहोवाले अचम्मलाग्दो तरिकामा मानव शरीर बनाउनुभएकोमा र मानिसलाई सन्तान जनाउने क्षमता दिनुभएकोमा भजनरचयिता दाउदले उहाँको प्रशंसा गरे

    • हित २:१०-१५​—यहोवाले दिनुहुने बुद्धि र ज्ञानले हामीलाई दुष्कर्म गर्ने र कुटिल चाल चल्ने मानिसहरूदेखि जोगाउँछ

आमाबुबाले छोराछोरीलाई किन मायालु तरिकामा अनुशासन दिनुपर्छ?

हित १३:२४; २९:१७; यर्मि ३०:११; एफि ६:४

भज २५:८; १४५:९; कल ३:२१ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • भज ३२:१-५​—दाउदले यहोवाबाट आफ्नो पापको सजाय पाए तर साँचो पश्‍चात्ताप गर्नेहरूलाई उहाँ क्षमा दिनुहुन्छ भनेर थाह पाउँदा सान्त्वना पाए

    • योना ४:१-११​—भविष्यवक्‍ता योना रिसले चूर भए र यहोवासित अनादरपूर्ण तरिकामा बोले तैपनि उहाँले धीरजी हुँदै तिनलाई कृपाको पाठ सिकाउनुभयो

अनुशासन प्रेमको अभिव्यक्‍ति हो भनेर हामी किन भन्‍न सक्छौँ?