सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

खेदो

खेदो

ख्रिष्टियनहरूले किन खेदो भोग्ने आशा गर्नुपर्छ?

खेदो भोग्दा किन यहोवासित मदत माग्नुपर्छ?

भज ५५:२२; २को १२:९, १०; २ति ४:१६-१८; हिब्रू १३:६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १रा १९:१-१८​—भविष्यवक्‍ता एलियाले खेदो भोग्दा यहोवालाई आफ्नो मनको बह पोखाए अनि उहाँबाट प्रोत्साहन र सान्त्वना पाए

    • प्रे ७:९-१५​—युसुफले आफ्नै दाइहरूबाट खेदो भोगे तर यहोवाले तिनीप्रति वफादारी देखाउनुभयो, तिनलाई जोगाउनुभयो र तिनको परिवारलाई बचाउन तिनलाई प्रयोग गर्नुभयो

हामीले के-कस्ता खेदो भोग्नुपर्ने हुन्छ?

मौखिक दुर्व्यवहार

२इ ३६:१६; मत्ति ५:११; प्रे १९:९; १प ४:४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २रा १८:१७-३५​—अस्सेरियाली राजाका सन्देशवाहक रबसाकेले यहोवाको बेइज्जत गरे अनि यरुसलेमका मानिसहरूको गिल्ला गरे

    • लुका २२:६३-६५; २३:३५-३७​—येसु हिरासतमा हुनुहुँदा र पछि यातनाको खम्बामा टाँगिनुहुँदा विरोधीहरूले उहाँको बेइज्जत गरे र खिल्ली उडाए

आफन्तहरूबाट आउने विरोध

गिरफ्तार गरिँदा र अख्तियारवालाहरूसामु उभ्याइँदा

शारीरिक दुर्व्यवहार

भीडको आक्रमण

हत्या

खेदो भोग्दा ख्रिष्टियनहरूले के गर्नुपर्छ?

मत्ति ५:४४; प्रे १६:२५; १को ४:१२, १३; १प २:२३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे ७:५७–८:१​—भीडले ढुङ्‌गा हान्दै गर्दा स्तिफनसले खेदो गर्ने ती मानिसहरूलाई कृपा देखाउन यहोवालाई बिन्ती गरे, जुन भीडमा टार्ससका सावल पनि थिए

    • प्रे १६:२२-३४​—प्रेषित पावल पिटिए र ठिँगुरोमा हालिए तैपनि तिनले जेलरलाई दया देखाए, जसले गर्दा उनी र उनको घरमा हुनेजति सबै ख्रिष्टियन बने

प्रथम शताब्दीका केही ख्रिष्टियनहरूलाई के भयो?

हामीले खेदोप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

खेदो भोग्दा भविष्यको आशाले हामीलाई कसरी बलियो बनाउँछ?

खेदो भोग्नुपर्दा हामी किन सरम मान्दैनौँ, डराउँदैनौँ, निरुत्साहित हुँदैनौँ र यहोवाको सेवा गर्न छोड्‌दैनौँ?

भज ५६:१-४; प्रे ४:१८-२०; २ति १:८, १२

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ ३२:१-२२​—राजा सनहेरिब ठूलो सैन्यदलसहित यरुसलेमलाई आक्रमण गर्न आउँदा राजा हिजकियाह यहोवामा भर परे र मानिसहरूलाई ढाडस दिए; तिनले ठूलो इनाम पाए

    • हिब्रू १२:१-३​—खेदो गर्नेहरूले येसुको बेइज्जत गरे तर उहाँ निरुत्साहित हुनुभएन

खेदो भोग्नुपर्दा कस्ता राम्रा नतिजाहरू प्राप्त हुन सक्छ?

परीक्षाको बेला सहनशील हुँदा यहोवालाई खुसी बनाइरहेका हुन्छौँ र उहाँको नामको महिमा हुन्छ

१प २:१९, २०; ४:१२-१६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • अयु १:६-२२; २:१-१०​—आफूमाथि आइपरेका विपत्तिहरूको पछाडि सैतानको हात छ भनेर थाह नभए तापनि अय्युब यहोवाप्रति वफादार रहे, जसले गर्दा सैतान झूटो साबित भयो र यहोवाको महिमा भयो

    • दा १:६, ७; ३:८-३०​—वफादार हानन्याह, मिसाएल र अजर्याह (सद्रक, मेसक र अबेद्‌नगो) यहोवाको आज्ञा उल्लङ्‌घन गर्नुभन्दा पीडादायी मृत्यु भोग्न तयार भए; नतिजास्वरूप मूर्तिपुजक राजा नबुकद्‌नेजरले सबैसामु यहोवाको महिमा गरे

खेदोले गर्दा थुप्रैले यहोवाबारे सिक्ने मौका पाउन सक्छन्‌

लुका २१:१२, १३; प्रे ८:१, 

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे ११:१९-२१​—खेदोको कारण ख्रिष्टियनहरू तितरबितर भएपछि सुसमाचार टाढा-टाढासम्म फैलियो

    • फिलि १:१२, १३​—प्रेषित पावल कैदमा परेको बेला धेरैलाई सुसमाचार सुनाउन पाएकोले खुसी भए

खेदो आइपर्दा सहनशील भयौँ भने अरू भाइबहिनीको विश्‍वास बलियो हुन सक्छ

यहोवाका सेवकहरूले भोग्ने खेदोमा धार्मिक र राजनैतिक नेताहरूले अक्सर कस्तो भूमिका खेल्छन्‌?

यर्मि २६:११; मर्कु ३:६; युह ११:४७, ४८, ५३; प्रे २५:१-३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे १९:२४-२९​—एफिससमा अर्तिमिस देवीको मन्दिर बनाउनेहरूले ख्रिष्टियनहरूको खेदो गरे किनकि तिनीहरूको सन्देशले गर्दा आफ्नो मुनाफादायी व्यापार घाटामा जाला भनेर उनीहरूलाई चिन्ता लागेको थियो

    • गला १:१३, १४​—यहुदी धर्मका परम्पराहरू जोसिलो भई पालन गर्ने सावल (पावल) ख्रिष्टियन बन्‍नुअघि मण्डलीको खेदो गर्थे

यहोवाका सेवकहरूले भोग्ने खेदोको पछाडि कसको हात छ?