सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साक्षीकार्य

साक्षीकार्य

सबै साँचो ख्रिष्टियनले किन आफ्नो विश्‍वासबारे अरूलाई बताउँछन्‌?

साक्षीकार्यको सन्दर्भमा येसुले कस्तो उदाहरण बसाल्नुभयो?

लुका ८:१; युह १८:३७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका ४:४२-४४—येसुले आफू सुसमाचार सुनाउन पृथ्वीमा पठाइएको हुँ भनेर बताउनुभयो

    • युह ४:३१-३४—येसुको लागि सुसमाचार सुनाउने काम भोजनसरह थियो

के सुसमाचार सुनाउने काम मण्डलीमा अख्तियार पाएका पुरुषहरूको मात्र हो?

भज ६८:११; १४८:१२, १३; प्रे २:१७, १८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २रा ५:१-४, १३, १४, १७​—इस्राएली ठिटीले नामानकी पत्नीलाई यहोवाको भविष्यवक्‍ता एलिसाबारे बताइन्‌

    • मत्ति २१:१५, १६​—मन्दिरमा ठिटाहरूले येसुको जयजयकार गरेको सुनेर मुख्य पुजारीहरू र शास्त्रीहरू क्रोधित भए तर येसुले तिनीहरूलाई सच्याउनुभयो

निरीक्षकहरूले मण्डलीका भाइबहिनीलाई सुसमाचार सुनाउन र सिकाउन कसरी तालिम दिन सक्छन्‌?

यहोवा र येसुले हामीलाई साक्षीकार्यमा भाग लिँदा कसरी मदत गर्नुहुन्छ?

२को ४:७; फिलि ४:१३; २ति ४:१७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे १६:१२, २२-२४; १थि २:१, २​—प्रेषित पावल र तिनका साथीहरूलाई दुर्व्यवहार गरियो तर यहोवाको मदत पाएर तिनीहरूले साहसी भई साक्षी दिइरहन सके

    • २को १२:७-९​—जोसिलो प्रचारक प्रेषित पावलको “शरीरमा एउटा छेस्को” थियो, जुन कुनै स्वास्थ्य समस्या हुन सक्छ तर यहोवाले तिनलाई साक्षीकार्यमा भाग लिइरहन बल दिनुभयो

सुसमाचार सुनाउन ख्रिष्टियनहरूलाई कसले वा कुन कुराले योग्य बनाउँछ?

१को १:२६-२८; २को ३:५; ४:१३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • युह ७:१५​—येसुले रब्बीहरूको पाठशालाबाट शिक्षादिक्षा लिनुभएको थिएन तैपनि मानिसहरू उहाँको शिक्षा सुनेर छक्क परे

    • प्रे ४:१३​—येसुका चेलाहरू साधारण र अशिक्षित मानिसको रूपमा चिनिन्थे तर तिनीहरू जोसिला र सिपालु प्रचारक थिए

यहोवा हामीले अरूलाई साक्षी दिने र सिकाउने काममा तालिम दिएको चाहनुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

मर्कु १:१७; लुका ८:१; एफि ४:११, १२

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • यसै ५०:४, ५​—स्वर्गमा छँदा येसुले यहोवाबाट तालिम पाउनुभयो

    • मत्ति १०:५-७​—पृथ्वीमा छँदा येसुले साक्षी दिने सन्दर्भमा आफ्ना चेलाहरूलाई धीरजी भई तालिम दिनुभयो

हामीले सुसमाचार सुनाउने जिम्मेवारीलाई कुन दृष्टिकोणले हेर्नुपर्छ?

साक्षीकार्यमा भाग लिँदा हामीमा कस्तो प्रभाव पर्छ?

हामी सुसमाचार सुनाउँदा कस्ता कुराहरू बताउँछौँ?

ख्रिष्टियनहरू किन झूटा शिक्षाहरूको पर्दाफास गर्छन्‌?

२को १०:४, ५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मर्कु १२:१८-२७​—फेरि जीवित हुनेबारे सदुकीहरूको धारणा गलत छ भनेर प्रमाणित गर्न येसुले धर्मशास्त्रबाट तर्क गर्नुभयो

    • प्रे १७:१६, १७, २९, ३०​—प्रेषित पावलले एथेन्सवासीहरूलाई मूर्तिपूजा गर्नु गलत हो भनेर बुझाउन तर्क गरे

हामी कसरी साक्षी दिन्छौँ?

हामी किन सार्वजनिक ठाउँहरूमा साक्षी दिन्छौँ?

साक्षीकार्यमा धीरजी हुनु र यस कामलाई निरन्तरता दिनु किन जरुरी छ?

साक्षीकार्यबाट के-कस्ता राम्रा नतिजाहरू हासिल गर्न सक्छौँ?

ख्रिष्टियनहरू किन हरेक मौकामा साक्षी दिन तयार हुनुपर्छ?

१को ९:२३; १ति २:४; १प ३:१५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • युह ४:६, ७, १३, १४​—येसु थकित हुनुभए तापनि इनारमा पानी भर्न आएकी सामरियाली स्त्रीलाई सुसमाचार सुनाउनुभयो

    • फिलि १:१२-१४​—प्रेषित पावल झ्यालखानामा छँदा तिनले त्यसलाई साक्षी दिने र अरूलाई प्रोत्साहन दिने मौकाको रूपमा लिए

के सबैले हाम्रो सन्देश सुन्‍नेछन्‌ भनेर आशा गर्नु उचित हो?

युह १०:२५, २६; १५:१८-२०; प्रे २८:२३-२८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • यर्मि ७:२३-२६​—यहोवाले यर्मियामार्फत इस्राएलीहरूले बारम्बार भविष्यवक्‍ताहरूको चेतावनी सुन्‍न इन्कार गरेको कुरा बताउनुभयो

    • मत्ति १३:१०-१६​—यसैयाको समयमा जस्तै थुप्रैले सत्य सुने तापनि त्यसलाई स्विकार्नेछैनन्‌ भनेर येसुले बताउनुभयो

अहिले थुप्रै मानिसले सत्य सुन्‍न इन्कार गर्दा हामी किन छक्क पर्दैनौँ?

केही मानिसले सुरुमा हाम्रो सन्देश स्विकारे तापनि त्यसअनुसार चल्नेछैनन्‌ भनेर किन भन्‍न सक्छौँ?

मानिसहरूले साक्षीकार्यको विरोध गर्दा हामी छक्क पर्नु पर्दैन भनेर कस्ता उदाहरणहरूले देखाउँछ?

साक्षीकार्यमा विरोध आइपर्दा हामी कस्तो प्रतिक्रिया देखाउँछौँ?

केही मानिसले सुसमाचार स्विकार्नेछन्‌ भनेर हामी किन ढुक्क हुन सक्छौँ?

सुसमाचार सुनाउनेहरूले यहोवाबाट कस्तो गम्भीर जिम्मेवारी पाएका छन्‌?

हामी किन सबै धर्म, जात वा राष्ट्रका मानिसहरूलाई साक्षी दिन्छौँ?

के हप्ताको जुनसुकै दिन साक्षीकार्यमा भाग लिन मिल्छ?

मानिसहरूको आफ्नै बाइबल भए तापनि वा तिनीहरूको आफ्नै धर्म भए तापनि हामीले सबैलाई साक्षी दिनुपर्छ भनेर कस्ता उदाहरणहरूले देखाउँछ?