सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पश्‍चात्ताप

पश्‍चात्ताप

मानिसजाति किन यहोवा परमेश्‍वरकहाँ फर्कनुपर्छ र पश्‍चात्ताप गर्नुपर्छ?

रोमी ३:२३; ५:१२; १यु १:८

प्रे २६:२० पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका १८:९-१४​—हामीले आफ्ना पापहरू स्विकार्नुपर्छ र मदतको लागि यहोवालाई प्रार्थना गर्नुपर्छ भनेर बुझाउन येसुले उदाहरण दिनुभयो

    • रोमी ७:१५-२५​—प्रेषित पावलको विश्‍वास बलियो थियो तैपनि तिनी आफ्नो पापपूर्ण झुकावविरुद्ध लड्‌नुपऱ्‍यो

मानिसहरूले पश्‍चात्ताप गर्दा यहोवालाई कस्तो लाग्छ?

इज ३३:११; रोमी २:४; २प ३:९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका १५:१-१०​—पश्‍चात्तापी व्यक्‍तिलाई देख्दा यहोवा र स्वर्गदूतहरूलाई खुसी लाग्छ भनेर बुझाउन येसुले उदाहरणहरू दिनुभयो

    • लुका १९:१-१०​—जक्कै कर उठाउने मानिसहरूका हाकिम थिए र अरूलाई लुट्‌थे तर पछि तिनले पश्‍चात्ताप गरेकोले र आफूमा परिवर्तन ल्याएकोले क्षमा अनि उद्धार पाए

हामीले साँचो पश्‍चात्ताप गरेको कसरी देखाउन सक्छौँ?

सही ज्ञानले कुनै व्यक्‍तिलाई साँचो पश्‍चात्ताप गर्न कसरी मदत गर्छ?

रोमी १२:२; कल ३:९, १०; २ति २:२५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे १७:२९-३१​—एथेन्सवासीहरूले अज्ञानतामा मूर्तिपूजा गरेकाले प्रेषित पावलले तिनीहरूलाई पश्‍चात्ताप गर्न आग्रह गरे

    • १ति १:१२-१५​—प्रेषित पावलले येसु ख्रिष्टबारे सही ज्ञान हासिल गर्नुअघि अनजानमा गम्भीर पापहरू गरे

पश्‍चात्ताप गर्नु कत्तिको महत्त्वपूर्ण छ?

हामीले थुप्रै पटक गल्ती गरे तापनि पश्‍चात्ताप गऱ्‍यौँ भने यहोवाले क्षमा दिनुहुन्छ भनेर किन विश्‍वस्त हुन सक्छौँ?

गल्ती स्विकारेर आफूमा परिवर्तन ल्याउनेहरूलाई यहोवा कुन नजरले हेर्नुहुन्छ?

भज ३२:५; हित २८:१३; १यु १:९

कृपा” पनि हेर्नुहोस्‌

पश्‍चात्ताप गर्नुमा क्षमा माग्नु वा पछुताउनु मात्र पर्याप्त छैन भनेर किन भन्‍न सक्छौँ?

२इ ७:१४; हित २८:१३; इज १८:३०, ३१; ३३:१४-१६; मत्ति ३:८; प्रे ३:१९; २६:२०

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ ३३:१-६, १०-१६​—राजा मनस्सेले लामो समयसम्म दुष्ट काम गरे तर पछि तिनले आफूलाई नम्र तुल्याएर, निरन्तर प्रार्थना गरेर र आफूमा परिवर्तन ल्याएर साँचो पश्‍चात्ताप गरेको देखाए

    • भज ३२:१-६; ५१:१-४, १७​—राजा दाउदले आफ्नो पाप स्विकारेर अनि प्रार्थना गरेर यहोवाविरुद्ध गरेको पापको लागि मनैदेखि पश्‍चात्ताप गरे

हामीविरुद्ध पाप गर्नेहरूले पश्‍चात्ताप गर्दा किन क्षमा दिनुपर्छ?