सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

काम

काम

काम र आनन्दबीच कस्तो सम्बन्ध छ?

गुणस्तरीय काम गर्न सिक्नुका केही फाइदा के-के हुन्‌?

हित २२:२९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स १६:१६-२३​—वीणा बजाउन सिपालु दाउद इस्राएलका राजा साउलको मन बेचैन हुँदा वीणा बजाउँथे अनि त्यो धुन सुनेर साउलको मन शान्त हुन्थ्यो

    • २इ २:१३, १४​—हिराम-अबि निपुण शिल्पकार भएकोले राजा सुलेमानले तिनलाई एउटा ठूलो निर्माण परियोजनामा प्रयोग गरे

यहोवाका सेवकहरू कस्तो कामदारको रूपमा चिनिन चाहन्छन्‌?

एफि ४:२८; कल ३:२३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प २४:१०-२१​—मदतकारी र मेहनती रिबेकाले अब्राहामको नोकरले अह्राएको भन्दा धेरै काम गरिदिइन्‌

    • फिलि २:१९-२३​—प्रेषित पावलले जवान तिमोथिलाई गहन जिम्मेवारी सुम्पे किनकि तिनी कडा मेहनत गर्न र नम्र भई अरूको सेवा गर्न इच्छुक थिए

परमेश्‍वरका सेवकहरू किन अल्छी हुनु हुँदैन?

हित १३:४; १८:९; २१:२५, २६; उप १०:१८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • हित ६:६-११​—राजा सुलेमानले अल्छी नभई मेहनती हुनुपर्ने पाठ सिकाउन कमिलाको उदाहरण चलाए

हामीले आफ्नो भौतिक आवश्‍यकता पूरा गर्न किन कडा मेहनत गर्नुपर्छ?

हामीले आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्न किन कडा मेहनत गर्नुपर्छ?

१ति ५:८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • रुथ १:१६, १७; २:२, ३, ६, ७, १७, १८​—जवान छँदै विधवा भएकी रुथले आफ्नी सासू नाओमीको हेरविचार गर्न मेहनत गरिन्‌

    • मत्ति १५:४-९​—येसुले परमेश्‍वरको सेवालाई आड बनाएर आमाबुबाको हेरविचार गर्नुपर्ने जिम्मेवारीबाट पन्छिन खोज्नेहरूलाई हप्काउनुभयो

ख्रिष्टियनहरू आफ्नो मेहनतको कमाइ अरूसित बाँडचुँड गर्न किन इच्छुक हुनुपर्छ?

पैसा कमाउनेबारे हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

यहोवा हामीलाई आफ्नो काम राम्ररी गर्न र भौतिक आवश्‍यकता पूरा गर्न मदत दिन चाहनुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

मत्ति ६:२५, ३०-३२; लुका ११:२, ३; २को ९:१०

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३१:३-१३​—लाबानले आफ्नो ज्वाइँ र कामदार याकुबसित अन्यायपूर्ण व्यवहार गरे तर यहोवाले याकुबको कडा मेहनत देख्नुभयो र आशिष्‌ दिनुभयो

    • उत्प ३९:१-६, २०-२३​—पोतिफरको घरमा दास छँदा र कैदमा छँदा युसुफले गरेको काममा यहोवाले आशिष्‌ दिनुभयो

हामीले किन परमेश्‍वरको सेवालाई भन्दा आफ्नो कामलाई बढी महत्त्व दिनु हुँदैन?

भज ३९:५-७; मत्ति ६:३३; युह ६:२७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका १२:१५-२१​—आध्यात्मिक धनसम्पत्तिलाई भन्दा भौतिक धनसम्पत्तिलाई पहिलो स्थानमा राख्नु मूर्खता हो भनेर बुझाउन येसुले उदाहरण दिनुभयो

    • १ति ६:१७-१९​—प्रेषित पावलले भौतिक रूपमा सम्पन्‍न ख्रिष्टियनहरूलाई अभिमानी नहुन बरु “असल काममा धनी” हुन प्रोत्साहन दिए

काम गर्ने सन्दर्भमा सही छनौट गर्न कस्ता सिद्धान्तहरूले मदत गर्छ?

यहोवाको लागि गर्ने काम

ख्रिष्टियनहरूले गर्ने सबैभन्दा महत्त्वपूर्ण काम कुन हो?

हामी किन यहोवालाई उत्तम सेवा चढाउन चाहन्छौँ?

यहोवाको सेवामा सबैले बराबर गर्न सक्छन्‌ भनेर किन आशा गर्नु हुँदैन?

गला ६:३-५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति २५:१४, १५​—येसुले चलाउनुभएको उदाहरणले उहाँ आफ्ना सबै अनुयायीले उत्तिकै सेवा गरेको आशा गर्नुहुन्‍न भनेर देखाउँछ

    • लुका २१:२-४​—येसुले एउटा गरिब विधवाले दिएको थोरै अनुदानको पनि निकै कदर गर्नुभयो

यहोवाको सेवामा आफूले पाएको जिम्मेवारी पूरा गर्न हामीलाई केले मदत गर्छ?

२को ४:७; एफि ३:२०, २१; फिलि ४:१३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २ति ४:१७—प्रेषित पावलले आफू कमजोर भएको बेला परमेश्‍वरबाट शक्‍ति पाएको महसुस गरे

हामी लगनशील भई यहोवाको सेवा गर्दा किन आनन्दित हुन्छौँ?