सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उपासना

उपासना

हामीले कसको मात्र उपासना गर्नुपर्छ?

प्रस्थ ३४:१४; व्य ५:८-१०; यसै ४२:८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति ४:८-१०​—सैतानले येसुलाई त्यसको उपासना गरेको खण्डमा संसारका सबै राज्य दिने प्रस्ताव राख्यो; येसुले त्यो प्रस्ताव अस्वीकार गर्नुभयो किनकि उहाँ यहोवाको मात्र उपासना गर्न दृढ हुनुहुन्थ्यो

    • प्रका १९:९, १०​—प्रेषित युहन्‍नाले एक शक्‍तिशाली स्वर्गदूतको उपासना गर्न खोज्दा ती स्वर्गदूतले तिनलाई रोके

यहोवा हामीले उहाँको उपासना कसरी गरेको चाहनुहुन्छ?

युह ४:२४; या १:२६, २७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • यसै १:१०-१७​—यहोवा उहाँको उपासना गरेको ढोँग गर्ने र उहाँको स्तरअनुसार नचल्ने मानिसहरूको उपासना स्विकार्नुहुन्‍न

    • मत्ति १५:१-११​—येसुले बताउनुभएअनुसार हामीले मानव परम्परामा नभई बाइबलमा आधारित भएर उपासना गरेको यहोवा चाहनुहुन्छ

हामीले सम्भव भएसम्म कोसँग मिलेर यहोवाको उपासना गर्नुपर्छ?

हिब्रू १०:२४, २५

भज १३३:१-३ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे २:४०-४२​—प्रथम शताब्दीमा ख्रिष्टियनहरू प्रार्थना गर्न, सरसङ्‌गत गर्न अनि ईश्‍वरप्रेरित शिक्षाहरू अध्ययन गर्न एक ठाउँमा भेला हुन्थे

    • १को १४:२६-४०​—सभाहरूमा सिकाइने कुरा सबैले बुझ्न र लागू गर्न सकून्‌ भनेर प्रेषित पावलले सभाहरूलाई व्यवस्थित र प्रोत्साहनदायी बनाउन निर्देशन दिए

हाम्रो उपासना यहोवाको लागि स्वीकार्य हुन के गर्नुपर्छ?

मत्ति ७:२१-२४; १यु २:१७; ५:३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • हिब्रू ११:६​—हाम्रो उपासना यहोवाको लागि स्वीकार्य हुन हामीमा विश्‍वास नभई हुँदैन भनेर प्रेषित पावलले बताए

    • या २:१४-१७, २४-२६​—येसुका भाइ याकुबले हाम्रो विश्‍वास काममा देखिनुपर्छ भनेर बताए; विश्‍वासले कदम चाल्न उत्प्रेरित गर्छ