गीत १५२
तिम्रो महिमा गर्ने भवन
१. अटाउँदैनौ विशाल आकाशमा
न अटाउँछौ यो भवनमा।
तर बास गर्छ सदा सदा
तिम्रो पावन शक्ति यहाँ।
ज्योतिमा हिँड्ने तिम्रा जनले
सिङ्गारे हेर यो भवन।
रमाउँछौँ मिली सेवा गर्न
खुसी बनाउँछौँ तिम्रो मन।
(ब्रिज)
छैन कुनै कमी;
उदार छौ बुबा तिमी।
जे चढाउँछौँ तिमीलाई
होइन हाम्रो केही।
(कोरस)
आभारी छौँ यहोवा तिम्रो;
गाउँछौँ यो गीत प्रशंसाको।
पूरा गऱ्यौ चाहना हाम्रो;
महिमा होस् सदा तिम्रो।
२. इच्छा हो हाम्रो भित्री मनको
भवन यो बनाउने तिम्रो।
सिक्छन् सबैले तिम्रो वचन;
होस् तिम्रै महिमा हरक्षण।
पूरा होस् तिम्रो सबै इच्छा
गर्छौँ हामी बिन्ती सदा।
बाँकी छ काम ख्रीष्टले दिएको;
गर्छौँ पूरा मनदेखि त्यो।
(ब्रिज)
तन मन धन यो हाम्रो
हे याह सब हो तिम्रो।
असल थोक दिन्छौ तिमी;
गर्छौँ तिम्रै भक्ति।
(कोरस)
आभारी छौँ यहोवा तिम्रो;
गाउँछौँ यो गीत प्रशंसाको।
पूरा गऱ्यौ चाहना हाम्रो;
महिमा होस् सदा तिम्रो।