सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी थाल्नुहोस्‌

पाठ १

अरूमा चासो राख्नुहोस्‌

अरूमा चासो राख्नुहोस्‌

सिद्धान्त: “प्रेम[ले] . . . आफ्नै फाइदा खोज्दैन।”—१ कोरि. १३:४, ५.

येसुले के गर्नुभयो?

१. भिडियो हेर्नुहोस्‌ वा युहन्‍ना ४:६-९ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1.   क. येसुले कुराकानी थाल्नुअघि त्यस स्त्रीको कुन कुरा याद गर्नुभयो?

  2.  ख. येसुले भन्‍नुभयो: “मलाई पानी पिउन देऊ।” कुराकानी थाल्ने यो तरिका किन प्रभावकारी थियो?

हामी येसुबाट के सिक्न सक्छौँ?

२. हामीले साक्षी दिन लागेको व्यक्‍तिलाई चासो लाग्ने विषयबाट कुराकानी थाल्यौँ भने राम्रो कुराकानी हुन सक्छ।

येसुको अनुकरण गर्नुहोस्‌

३. परिस्थितिअनुसार कुराकानी गर्नुहोस्‌। आफूले तयारी गरेको विषयबाटै कुराकानी थाल्नुपर्छ भन्‍ने सोचाइ नराख्नुहोस्‌। मानिसहरूले सोचिरहेको विषयबाट कुरा थाल्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌:

  1.   क. ‘आजभोलि समाचारमा के छ?’

  2.  ख. ‘मेरा छिमेकीहरू, सहकर्मीहरू वा सहपाठीहरू केबारे कुरा गर्दै छन्‌?’

४. अवलोकन गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌:

  1.   क. ‘मैले कुरा गर्न लागेको व्यक्‍ति के गर्दै छन्‌? तिनी केबारे सोचिरहेका हुन सक्छन्‌?’

  2.  ख. ‘तिनको पहिरन, रूपरङ्‌ग वा घरले तिनको विश्‍वास वा संस्कृतिबारे के बताउँछ?’

  3.  ग. ‘के यो तिनीसित कुराकानी गर्ने उपयुक्‍त समय हो?’

५. सुन्‍नुहोस्‌।

  1.   क. धेरै नबोल्नुहोस्‌।

  2.  ख. तिनलाई आफ्नो कुरा व्यक्‍त गर्न प्रोत्साहन दिनुहोस्‌। उपयुक्‍त छ भने प्रश्‍नहरू सोध्नुहोस्‌।