सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी थाल्नुहोस्‌

पाठ २

स्वाभाविक तरिकामा कुरा गर्नुहोस्‌

स्वाभाविक तरिकामा कुरा गर्नुहोस्‌

सिद्धान्त: “ठीक बेलामा बोलेको कुरा कत्ति असल हुन्छ!”—हितो. १५:२३.

फिलिपले के गरे?

१. भिडियो हेर्नुहोस्‌ वा प्रेषित ८:३०, ३१ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1.   क. फिलिपले कसरी कुराकानी थाले?

  2.  ख. कुराकानी थाल्ने र बाइबलको नयाँ सत्य बताउने यो किन स्वाभाविक तरिका थियो?

हामी फिलिपबाट के सिक्न सक्छौँ?

२. हामीले कुराकानीलाई स्वाभाविक तरिकामा अघि बढ्‌न दियौँ भने सुन्‍ने व्यक्‍तिले सजिलो महसुस गर्नेछन्‌ र हाम्रो सन्देश सुन्‍न इच्छुक हुनेछन्‌।

फिलिपको अनुकरण गर्नुहोस्‌

३. अवलोकन गर्नुहोस्‌। हामी मानिसको अनुहार र शरीरको हावभावबाट तिनीबारे धेरै कुरा थाह पाउन सक्छौँ। के तिनी कुरा गर्न इच्छुक देखिन्छन्‌? तिनलाई बाइबलको कुनै सत्यबारे बताउन सुरुमा एउटा साधारण प्रश्‍न सोध्न सक्नुहुन्छ। जस्तै: “ईश्‍वरले हाम्रो दुःखकष्ट हटाउनुहुनेछ भन्‍ने कुरा के तपाईँलाई थाह थियो?” कुराकानी गर्न नचाहने व्यक्‍तिलाई कुरा गर्न कर नलगाउनुहोस्‌।

४. धैर्य गर्नुहोस्‌। बाइबल सत्यबारे बताइहाल्नुपर्छ भन्‍ने नसोच्नुहोस्‌। बरु स्वाभाविक तरिकामा त्यसबारे कुरा गर्न ठीक समय पर्खनुपर्ने हुन सक्छ। तर सुरुमै त्यसो गर्न सकिएन भने पनि अर्को भेटमा मौका मिल्न सक्छ।

५. छाँटकाँट गर्नुहोस्‌। कहिलेकाहीँ कुराकानी अन्तै मोडिन सक्छ। त्यसैले तिनले उठाएको विषयबारे केही बताउन सक्नुहुन्छ। यसको लागि तपाईँले तयारी गरेको भन्दा फरक बाइबल सत्यबारे बताउनुपर्ने हुन सक्छ।

यी पदहरू पनि हेर्नुहोस्‌: