सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी थाल्नुहोस्‌

पाठ ४

नम्रता देखाउनुहोस्‌

नम्रता देखाउनुहोस्‌

सिद्धान्त: “नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान।”—फिलि. २:३.

पावलले के गरे?

१. भिडियो हेर्नुहोस्‌ वा प्रेषित २६:२, ३ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1.   क. पावलले राजा अग्रिपासित कुरा गर्दा कसरी नम्रता देखाए?

  2.  ख. पावलले आफूतर्फ नभई कसरी यहोवा र धर्मशास्त्रतर्फ ध्यान खिचे?—प्रेषित २६:२२ हेर्नुहोस्‌।

हामी पावलबाट के सिक्न सक्छौँ?

२. हामीले नम्रता र आदर देखाउँदै बोल्यौँ भने हाम्रो सन्देशले मानिसहरूको मन छुन सक्छ।

पावलको अनुकरण गर्नुहोस्‌

३. आदरभावसाथ बोल्नुहोस्‌। तपाईँलाई सबै कुरा थाह छ तर तपाईँको कुरा सुन्‍ने व्यक्‍तिलाई केही पनि थाह छैन जस्तो भान पर्नेगरि कुरा नगर्नुहोस्‌।

४. हाम्रो सन्देशको स्रोत बाइबल हो भनेर प्रस्ट पार्नुहोस्‌। बाइबलमा लेखिएका कुराहरूले मानिसहरूको मन छुन्छ। हामीले बाइबल प्रयोग गर्दा यसलाई नै तिनीहरूको विश्‍वासको जग बनाइरहेका हुन्छौँ।

५. कोमलता देखाउनुहोस्‌। आफ्नै कुरामा जिद्दी नगर्नुहोस्‌। हामी वादविवाद गर्न चाहँदैनौँ। त्यसैले शान्त रहेर अनि अवस्था बिग्रनुअघि नै त्यहाँबाट निस्केर नम्रता देखाउनुहोस्‌। (हितो. १७:१४; ति. ३:२) यसो गर्नुभयो भने कुनै दिन त्यस व्यक्‍तिले हाम्रो कुरा सुन्‍न सक्छन्‌।

यी पदहरू पनि हेर्नुहोस्‌: