सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी थाल्नुहोस्‌

पाठ ६

निडर हुनुहोस्‌

निडर हुनुहोस्‌

सिद्धान्त: “तिनीहरू . . . निडर भएर परमेश्‍वरको वचन बोल्न थाले।”—प्रेषि. ४:३१.

येसुले के गर्नुभयो?

१. भिडियो हेर्नुहोस्‌ वा लुका १९:१-७ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1.   क. कसै-कसैले जक्कैलाई किन बेवास्ता गरेका हुन सक्छन्‌?

  2.  ख. तिनलाई सुसमाचार सुनाउन येसुलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो?

हामी येसुबाट के सिक्न सक्छौँ?

२. पक्षपात नगरी राज्यको सन्देश सुनाउन निडर हुनुपर्छ।

येसुको अनुकरण गर्नुहोस्‌

३. यहोवामा भर पर्नुहोस्‌। परमेश्‍वरको पवित्र शक्‍तिले येसुलाई सुसमाचार सुनाउन मदत गऱ्‍यो र यसले तपाईँलाई पनि मदत गर्छ। (मत्ति १०:१९, २०; लुका ४:१८) कसैलाई सुसमाचार सुनाउन डर लाग्दा निर्भयी भएर बोल्न सकूँ भनी यहोवालाई प्रार्थना गर्नुहोस्‌।—प्रेषि. ४:२९.

४. अड्‌कल नकाट्‌नुहोस्‌। कसै-कसैको रूपरङ्‌ग, सामाजिक वा आर्थिक स्तर, जीवनशैली वा धार्मिक आस्थाले गर्दा तिनीसित कुरा गर्न हामी हिचकिचाउन सक्छौँ। तर यी कुराहरू नबिर्सनुहोस्‌:

  1.   क. यहोवा र येसु हृदय पढ्‌न सक्नुहुन्छ; हामी सक्दैनौँ।

  2.  ख. जो-कोहीले पनि यहोवाको कृपा पाउन सक्छन्‌।

५. निडर हुनुका साथै कौशलता अपनाउनुहोस्‌ र चनाखो हुनुहोस्‌। (मत्ति १०:१६) वादविवाद नगर्नुहोस्‌। कसैले सुसमाचार सुन्‍न नचाहँदा वा तपाईँले असुरक्षित महसुस गर्दा शिष्टतासाथ कुराकानी टुङ्‌ग्याउनुहोस्‌।—हितो. १७:१४.

यी पदहरू पनि हेर्नुहोस्‌: