सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फेरि भेट्‌नुहोस्‌

पाठ ८

धीरजी हुनुहोस्‌

धीरजी हुनुहोस्‌

सिद्धान्त: “प्रेम धीरजी . . . हुन्छ।”—१ कोरि. १३:४.

येसुले के गर्नुभयो?

१. भिडियो हेर्नुहोस्‌ वा युहन्‍ना ७:३-५ १ कोरिन्थी १५:३, ४,  पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1.   क. येसुका भाइहरूले सुरुमा सुसमाचारप्रति कस्तो प्रतिक्रिया देखाए?

  2.  ख. येसुले हार नमानी आफ्नो भाइ याकुबलाई मदत गर्नुभयो भनेर कुन कुराले देखाउँछ?

हामी येसुबाट के सिक्न सक्छौँ?

२. हामी धीरजी हुनुपर्छ किनभने कसै-कसैलाई सुसमाचार स्विकार्न समय लाग्न सक्छ।

येसुको अनुकरण गर्नुहोस्‌

३. फरक तरिका अपनाउनुहोस्‌। यदि कुनै व्यक्‍ति तुरुन्तै बाइबल अध्ययन गर्न राजी भएनन्‌ भने तिनलाई दबाब नदिनुहोस्‌। मिल्छ भने बाइबल अध्ययन कसरी गरिन्छ र त्यसो गर्दा तिनलाई कस्तो फाइदा हुन्छ भनेर बुझाउन भिडियोहरू वा लेखहरू देखाउनुहोस्‌।

४. तुलना नगर्नुहोस्‌। प्रत्येक व्यक्‍तिको अवस्था फरक हुन्छ। यदि तपाईँको परिवारको सदस्य वा पुनःभेट बाइबल अध्ययन गर्न वा बाइबलको कुनै शिक्षा स्विकार्न हिचकिचाइरहेका छन्‌ भने त्यसको सम्भाव्य कारणबारे विचार गर्नुहोस्‌। के तिनलाई कुनै खास धार्मिक विश्‍वास र रीतिथितिप्रति एकदमै लगाब छ? के तिनलाई आफन्तहरू वा छिमेकीहरूबाट दबाब आइरहेको छ? तपाईँले भन्‍नुभएको कुराबारे विचार गर्न र बाइबलले सिकाउने कुराको महत्त्व बुझ्न तिनलाई समय दिनुहोस्‌।

५. चासो देखाएको व्यक्‍तिको लागि प्रार्थना गर्नुहोस्‌। सकारात्मक रहन र कौशलता अपनाउन सकूँ भनेर यहोवासित मदत माग्नुहोस्‌। खासै चासो नदेखाएको व्यक्‍तिसित भेटघाट गरिरहने हो कि छोड्‌ने भनेर निर्णय गर्न उहाँसित समझ माग्नुहोस्‌।—१ कोरि. ९:२६.

यी पदहरू पनि हेर्नुहोस्‌: