सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चेला बनाउनुहोस्‌

पाठ १०

तत्परता देखाउनुहोस्‌

तत्परता देखाउनुहोस्‌

सिद्धान्त: “तिमीहरूलाई परमेश्‍वरको सुसमाचार सुनाउन मात्र होइन तर आफ्नो ज्यान दिन समेत हामी तयार थियौँ किनकि तिमीहरू हाम्रो निम्ति अतिप्रिय भएका थियौ।”—१ थिस्स. २:८.

येसुले के गर्नुभयो?

१. भिडियो हेर्नुहोस्‌ वा युहन्‍ना ३:१, २ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1.   क. निकोदेमसले येसुलाई भेट्‌न किन रातको समय रोजे? —युहन्‍ना १२:४२, ४३ हेर्नुहोस्‌।

  2.  ख. येसुले चेला बनाउने काममा कसरी तत्परता देखाउनुभयो?

हामी येसुबाट के सिक्न सक्छौँ?

२. हामीले चेला बनाउने काममा तत्परता देखाउँदा मानिसहरूलाई प्रेम गरेको देखाइरहेका हुन्छौँ।

येसुको अनुकरण गर्नुहोस्‌

३. बाइबल विद्यार्थीलाई मिल्ने समय र ठाउँमा अध्ययन गराउनुहोस्‌। तिनले अध्ययनको लागि हप्ताको कुनै दिन वा समय रोज्न सक्छन्‌। तिनलाई कुन ठाउँमा अध्ययन गर्न सजिलो लाग्ला—काम गर्ने ठाउँमा, घरमा कि कुनै सार्वजनिक ठाउँमा? सम्भव भएसम्म आफ्नो तालिका मिलाउनुहोस्‌।

४. नियमित रूपमा अध्ययन गराउनुहोस्‌। यदि तपाईँ कतै जानुभयो भने अध्ययन नछुटाउनुहोस्‌। बरु . . .

  1.   क. के तपाईँ त्यही हप्ताको अर्को कुनै दिन अध्ययन गराउन सक्नुहुन्छ?

  2.  ख. के तपाईँ फोन वा भिडियो कन्फरेन्समार्फत अध्ययन गराउन सक्नुहुन्छ?

  3.  ग. के तपाईँ अरू कुनै प्रकाशकलाई अध्ययन गराइदिन आग्रह गर्न सक्नुहुन्छ?

५. सही मनोवृत्ति राख्न सकूँ भनेर प्रार्थना गर्नुहोस्‌। विद्यार्थीले नियमित रूपमा अध्ययन गर्न वा बाइबलको कुनै सल्लाह लागू गर्न सकेका छैनन्‌ भने पनि तिनलाई मदत गरिरहन सकूँ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्‌। (फिलि. २:१३) तपाईँको विद्यार्थीमा पक्कै पनि असल गुणहरू छन्‌। ती गुणहरूमा ध्यान दिन यहोवासित मदत माग्नुहोस्‌।

यी पदहरू पनि हेर्नुहोस्‌: