सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अतिरिक्‍त लेख क

हामीले सिकाउने बाइबल सत्यहरू

हामीले सिकाउने बाइबल सत्यहरू

नम्र हृदय भएका मानिसहरूले सत्य सुनेपछि त्यसलाई स्विकार्नेछन्‌ भनेर येसुले बताउनुभयो। (युह. १०:४, २७) त्यसैले हामी मानिसहरूसित बाइबलका सरल सत्यहरू बाँड्‌न चाहन्छौँ। बाइबलको कुनै सत्यबारे बताउन सुरुमा एउटा साधारण प्रश्‍न सोध्न सक्नुहुन्छ। जस्तै: “ईश्‍वरले हाम्रो दुःखकष्ट हटाउनुहुनेछ भन्‍ने कुरा के तपाईँलाई थाह थियो?” वा “ईश्‍वर हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरा के तपाईँले कहिल्यै सुन्‍नुभएको थियो?” त्यसपछि बाइबल पद(हरू) देखाएर त्यस सत्यबारे थप कुरा बताउन सक्नुहुन्छ। मानिसहरूलाई बाइबलको कुनै एउटा सत्यबारे मात्र बताउँदा पनि तिनीहरूको हृदयमा सत्यको बिउ रोपिन सक्छ अनि परमेश्‍वरले त्यसलाई हुर्काउन सक्नुहुन्छ।—१ कोरि. ३:६, ७.

 भविष्य

  1. १. हालैका घटनाहरू र मानिसहरूमा भएका दुर्गुणहरूले संसारको अवस्था सुध्रनेछ भन्‍ने सङ्‌केत दिन्छ।—मत्ति २४:३, ७, ८; लुका २१:१०, ११; २ तिमो. ३:१-५.

  2. २. पृथ्वी कहिल्यै विनाश हुनेछैन। —भज. १०४:५; उप. १:४.

  3. ३. पृथ्वीको वातावरण स्वच्छ र सुन्दर हुनेछ।—यसै. ३५:१, २; प्रका. ११:१८.

  4. ४. सबै जना स्वस्थ हुनेछन्‌। —यसै. ३३:२४; ३५:५, ६.

  5. ५. तपाईँ पृथ्वीमा सधैँभरि बाँच्न सक्नुहुनेछ।—भज. ३७:२९; मत्ति ५:५.

 परिवार

  1. ६. पतिले “आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ।”—एफि. ५:३३; कल. ३:१९.

  2. ७. पत्नीले पतिको गहिरो आदर गर्नुपर्छ।—एफि. ५:३३; कल. ३:१८.

  3. ८. पतिपत्नी एकअर्काप्रति वफादार हुनुपर्छ।—मला. २:१६; मत्ति १९:४-६, ९; हिब्रू १३:४.

  4. ९. आमाबुबाको आदर गर्ने र आज्ञा पालन गर्ने छोराछोरी सफल हुनेछन्‌।—हितो. १:८, ९; एफि. ६:१-३.

NASA, ESA and the Hubble Heritage Team (STScI/AURA)-ESA/Hubble Collaboration. Licensed under CC BY 4.0. Source.

 परमेश्‍वर

  1. १०. परमेश्‍वरको नाम छ।—भज. ८३:१८; यर्मि. १०:१०.

  2. ११. परमेश्‍वर हामीसित बाइबलमार्फत कुरा गर्नुहुन्छ।—२ तिमो. ३:१६, १७; २ पत्रु. १:२०, २१.

  3. १२. परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। —व्यव. १०:१७; प्रेषि. १०:३४, ३५.

  4. १३. परमेश्‍वर हामीलाई मदत गर्न चाहनुहुन्छ।—भज. ४६:१; १४५:१८, १९.

 प्रार्थना

  1. १४. परमेश्‍वर हामीले उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ।—भज. ६२:८; ६५:२; १ पत्रु. ५:७.

  2. १५. बाइबलले प्रार्थना गर्ने तरिका सिकाउँछ।—मत्ति ६:७-१३; लुका ११:१-४.

  3. १६. हामीले निरन्तर प्रार्थना गर्नुपर्छ।—मत्ति ७:७, ८; १ थिस्स. ५:१७.

 येसु

  1. १७. येसु महान्‌ शिक्षक हुनुहुन्थ्यो र उहाँका सल्लाहहरू उपयोगी छन्‌। —मत्ति ६:१४, १५, ३४; ७:१२.

  2. १८. हालैका घटनाहरूबारे येसुले भविष्यवाणी गर्नुभएको थियो।—मत्ति २४:३, ७, ८, १४; लुका २१:१०, ११.

  3. १९. येसु परमेश्‍वरको छोरा हुनुहुन्छ।—मत्ति १६:१६; युह. ३:१६; १ युह. ४:१५.

  4. २०. येसु सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्‍न।—युह. १४:२८; १ कोरि. ११:३.

Based on NASA/​Visible Earth imagery

 परमेश्‍वरको राज्य

  1. २१. परमेश्‍वरको राज्य स्वर्गमा भएको वास्तविक सरकार हो।—दानि. २:४४; ७:१३, १४; मत्ति ६:९, १०; प्रका. ११:१५.

  2. २२. परमेश्‍वरको राज्यले मानव सरकारहरूलाई हटाउनेछ र पूरै पृथ्वीमा शासन गर्नेछ।—भज. २:७-९; दानि. २:४४.

  3. २३. मानिसजातिका समस्याहरूको एउटै मात्र समाधान परमेश्‍वरको राज्य हो।—भज. ३७:१०, ११; ४६:९; यसै. ६५:२१-२३.

 दुःखकष्ट

  1. २४. परमेश्‍वरले गर्दा हामीले दुःखकष्ट भोग्नुपरेको होइन।—व्यव. ३२:४; याकु. १:१३.

  2. २५. संसारको शासक सैतान हो। —लुका ४:५, ६; १ युह. ५:१९.

  3. २६. परमेश्‍वर तपाईँको दुःखकष्ट देख्नुहुन्छ र तपाईँलाई मदत गर्न चाहनुहुन्छ।—भज. ३४:१७-१९; यसै. ४१:१०, १३.

  4. २७. परमेश्‍वरले चाँडै नै दुःखकष्ट हटाउनुहुनेछ।—यसै. ६५:१७; प्रका. २१:३, ४.

 मृत्यु

  1. २८. मृतकहरूलाई केही पनि थाह हुँदैन; तिनीहरूले सास्ती भोगिरहेका छैनन्‌।—उप. ९:५; युह. ११:११-१४.

  2. २९. मृतकहरूले हामीलाई मदत गर्न वा हानि पुऱ्‍याउन सक्दैनन्‌।—भज. १४६:४; उप. ९:६, १०.

  3. ३०. मरिसकेका हाम्रा प्रियजनहरू फेरि जीवित हुनेछन्‌।—अय्यु. १४:१३-१५; युह. ५:२८, २९; प्रेषि. २४:१५.

  4. ३१. “मृत्यु हुनेछैन।”—प्रका. २१:३, ४; यसै. २५:८.

 धर्म

  1. ३२. सबै धर्मले परमेश्‍वरलाई खुसी बनाउँदैन।—यर्मि. ७:११; मत्ति ७:१३, १४, २१-२३.

  2. ३३. परमेश्‍वर कपटीहरूलाई घृणा गर्नुहुन्छ।—यसै. २९:१३; मिका ३:११; मर्कु. ७:६-८.

  3. ३४. साँचो धर्मको चिनारी निष्कपट प्रेम हो।—मिका ४:३; युह. १३:३४, ३५.