सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अतिरिक्‍त लेख ग

सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! चलाएर अध्ययन गराउनुहोस्‌

सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! चलाएर अध्ययन गराउनुहोस्‌

सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! प्रकाशन प्रार्थनापूर्वक विचार गरेर अनि अध्ययन-अनुसन्धान गरेर तयार पारिएको हो। यस प्रकाशनबाट प्रभावकारी तरिकामा बाइबल अध्ययन सञ्चालन गर्न निम्न तरिकाहरू अपनाउनुहोस्‌:

अध्ययनअघि

  1. १. राम्ररी तयारी गर्नुहोस्‌। तयारी गर्दा विद्यार्थीको आवश्‍यकता, परिस्थिति र धारणाबारे सोच्नुहोस्‌। तिनलाई बुझ्न वा लागू गर्न मदत चाहिने बुँदाहरू पत्ता लगाउनुहोस्‌। “अझ धेरै जान्‍नुहोस्‌” भागमा भएका सामग्रीहरूबाट विद्यार्थीले कस्तो लाभ उठाउन सक्छन्‌ भनेर विचार गर्नुहोस्‌ अनि आवश्‍यक परेमा अध्ययनको दौडान ती प्रयोग गर्न तयारी गर्नुहोस्‌।

अध्ययनको दौडान

  1. २. विद्यार्थी सहमत छन्‌ भने अध्ययनको सुरुमा र अन्तमा प्रार्थना गर्नुहोस्‌।

  2. ३. धेरै नबोल्नुहोस्‌। विषयवस्तुमा जोड दिनुहोस्‌ अनि विद्यार्थीलाई आफ्नो विचार व्यक्‍त गर्न लगाउनुहोस्‌।

  3. ४. कुनै भाग थाल्दा त्यस भागको सुरुमा भएको “मुख्य कुरा” पढ्‌नुहोस्‌ अनि त्यस भागअन्तर्गत भएका केही पाठको शीर्षकमा जोड दिनुहोस्‌।

  4. ५. कुनै भाग सकिएपछि त्यस भागको अन्तमा भएको पुनरावृत्ति प्रश्‍नहरू चलाएर विद्यार्थीलाई सिकेका कुराहरू सम्झन मदत दिनुहोस्‌।

  5. ६. विद्यार्थीसित प्रत्येक पाठ अध्ययन गर्दा:

    1. क. सुरुको भागका अनुच्छेदहरू पढ्‌नुहोस्‌।

    2. ख. “पढ्‌नुहोस्‌” भनेर उल्लेख गरिएका सबै शास्त्रपद पढ्‌नुहोस्‌।

    3. ग. आवश्‍यकताअनुसार उल्लिखित अन्य शास्त्रपद पनि पढ्‌नुहोस्‌।

    4. घ. (सम्भव छ भने) “भिडियो हेर्नुहोस्‌” भनेर उल्लेख गरिएका सबै भिडियो हेर्नुहोस्‌।

    5. ङ. छलफलको लागि तयार पारिएका सबै प्रश्‍न सोध्नुहोस्‌।

    6. च. “अझ खोतल्नुहोस्‌” अन्तर्गत भएका चित्रहरूतर्फ ध्यान खिच्नुहोस्‌ अनि त्यस चित्रबारे केही बताउन लगाउनुहोस्‌।

    7. छ. तिनले कत्तिको आध्यात्मिक प्रगति गरिरहेका छन्‌ भनेर बुझ्न मदत दिन “लक्ष्य” पेटी प्रयोग गर्नुहोस्‌। तपाईँ तिनलाई पेटीमा उल्लेख गरिएको लक्ष्य, अन्य कुनै लक्ष्य वा दुवै लक्ष्य राख्न प्रोत्साहन दिन सक्नुहुन्छ।

    8. ज. “अझ धेरै जान्‍नुहोस्‌” अन्तर्गत भएको कुनचाहिँ लेख वा भिडियो मन पऱ्‍यो भनेर सोध्नुहोस्‌।

    9. झ. एक चोटिमा पूरै पाठ सिद्ध्याउने प्रयास गर्नुहोस्‌।

अध्ययनपछि

  1. ७. विद्यार्थीबारे सोचिरहनुहोस्‌। विद्यार्थीको उन्‍नतिमा आशिष्‌ दिनुहोस्‌ अनि तिनलाई मदत गर्न बुद्धि दिनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्‌।