सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बिर्सन नहुने त्यो दिन

बिर्सन नहुने त्यो दिन

बिर्सन नहुने त्यो दिन

सम्पूर्ण मानिसजातिले अनन्त आशिष्‌हरूको आशा पाउन सकून्‌ भनेर तिनीहरूको भविष्य नै बद्‌लिएको थियो त्यस दिन। इतिहासमा अरू कुनै पनि दिनले मानिसजातिको भविष्यमाथि त्यति ठूलो असर पार्न सकेको छैन। त्यस दिन, येशूले पृथ्वीमा गर्न आउनुभएको सम्पूर्ण काम सिद्धयाउनुभएको थियो। शासनाको शूलीमा झुन्ड्‌याइएपछि अन्तिम सास फेर्दै उहाँ यसरी कराउनुभयो: “अब सिद्धियो।” (यूहन्‍ना १९:३०) येशू कुन उद्देश्‍यले आउनुभएको थियो?

“मानिसको पुत्र पनि सेवा पाउनालाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो,” भनी बाइबल बताउँछ। (मत्ती २०:२८) मानिसजातिलाई जन्मजात पाप अनि मृत्युको बन्धनबाट उद्धार वा मुक्‍त गर्न येशूले आफ्नो प्राण वा जीवन दिनुभयो। हो, “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) येशूको बलिदान कत्ति बहुमूल्य प्रबन्ध हो!

येशूको मृत्युको दिनलाई बिर्सन नहुने अर्को एउटा कारण पनि छ। त्यस दिन परमेश्‍वरको पुत्रले आफ्ना प्रेरित चेलाहरूलाई विश्‍वासी रहिरहन मदत गर्ने बहुमूल्य पाठहरू सिकाउनुभएको थियो। उहाँका अन्तिम शब्दहरूले ती चेलाहरूको हृदय कत्ति धेरै छोएको हुनुपर्छ! उहाँले कस्ता शिक्षाहरू दिनुभयो? येशूले तिनीहरूलाई सिकाउनुभएका कुराबाट हामी कसरी लाभ उठाउन सक्छौं? यी प्रश्‍नहरूको जवाफ अर्को लेखमा छलफल गरिनेछ।