सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘तिनले हामीलाई तिनको धर्मलाई आदर गर्न सिकाइन्‌’

‘तिनले हामीलाई तिनको धर्मलाई आदर गर्न सिकाइन्‌’

‘तिनले हामीलाई तिनको धर्मलाई आदर गर्न सिकाइन्‌’

इटालीको रोभिगो प्रान्तकी एक जना यहोवाको साक्षीले आफूलाई ट्युमर भएको कुरा थाह पाइन्‌ र तिनको अवस्था गम्भीर थियो। अस्पतालमा छँदा तिनलाई रक्‍तक्षेपण गर्न भनियो र धेरै समय अस्पतालमा बिताएपछि स्थानीय क्यान्सर स्याहारकेन्द्रले घरमै राखी परिचारकहरूद्वारा तिनको उपचार गर्ने प्रबन्ध मिलायो।

यस ३६ वर्षे बिरामीको बलियो विश्‍वास र सहयोगी व्यवहारले तिनको उपचारमा संलग्न चिकित्सकहरूलाई गहिरो प्रभाव पाऱ्‍यो। क्यान्सरबाट ती बिरामीको मृत्यु हुनुभन्दा केही समयअघि तिनको उपचारमा संलग्न एक जना परिचारकले नर्सिङ पेसासम्बन्धी एउटा पत्रिकामा आफूले एन्जेला भन्‍ने गरेको ती बिरामीको अनुभव लेखे।

“एन्जेला फुर्तिली छिन्‌ र तिनमा बाँच्ने बलियो अठोट छ। तिनलाई आफ्नो अवस्था र गम्भीर रोगबारे थाह छ अनि तिनको जस्तो अवस्थामा हुने अरू जस्तै तिनी पनि समाधान अर्थात्‌ उपचार वा औषधीको खोजीमा छिन्‌। . . . हामी परिचारकहरूले विस्तारै तिनलाई राम्ररी बुझ्न थाल्यौं। हाम्रा सेवाहरूलाई स्वीकार्न तिनले अलिकता पनि आनाकानी गरिनन्‌। बरु, तिनको फरासिलो व्यवहारले गर्दा हामीलाई काम गर्न सजिलो भयो। तिनको उपचार गर्न तिनीकहाँ जाँदा आनन्द लाग्थ्यो किनकि त्यो एउटा चोखो मानवीय सम्बन्ध अनि परस्पर लाभ उठाउन सकिने क्षण हुनेछ भनेर हामीलाई थाह थियो। . . . तिनको धर्म तिनको उपचारको लागि बाधक बन्‍नेछ भन्‍ने कुरा थाह पाउन हामीलाई धेरै समय लागेन।” यो उक्‍त परिचारकको विचार थियो किनकि उनको विचारमा एन्जेलालाई रक्‍तक्षेपण गर्नुपर्थ्यो जुन कुरालाई एन्जेलाले अस्वीकार गरिन्‌।—प्रेरित १५:२८, २९.

“स्वास्थकर्मीहरू भएको नाताले हामी तिनको निर्णयमा सहमत छैनौं भनेर तिनलाई बतायौं तर तिनको लागि जीवनको महत्त्व कत्तिको रहेछ भनेर हामीले तिनीबाटै थाह पायौं। तिनी र तिनको परिवारको लागि तिनको धर्मले राख्ने महत्त्वबारे पनि हामीले बुझ्यौं। एन्जेलाले हरेस खाएकी छैनन्‌। तिनी आफ्नो रोगबाट पराजित भएकी छैनन्‌। तिनी बलियी छिन्‌ र बाँच्नको लागि सङ्‌घर्ष गर्न र बाँचिरहन चाहन्छिन्‌। तिनले आफ्नो अठोट र विश्‍वास व्यक्‍त गरेकी छिन्‌। तिनीसित अठोट छ, तिनीसित भएको जस्तो बलियो विश्‍वास अक्सर हामीहरूसित हुँदैन। . . . एन्जेलाले हामीलाई तिनको धर्मको आदर गर्नुपर्ने महत्त्वबारे सिकाइन्‌ जुन हाम्रो पेसागत नीतिभन्दा बिलकुलै भिन्‍न छ। . . . एन्जेलाले हामीलाई सिकाएको कुराले ठूलो महत्त्व राख्छ भनी हामी विश्‍वास गर्छौं किनकि सबै प्रकारका मानिस, परिस्थिति अनि धर्मका मानिसहरूसित हाम्रो सम्पर्क भइरहन्छ र हामी तिनीहरूबाट केही कुरा सिक्न र तिनीहरूलाई केही कुरा दिन सक्छौं।”

त्यसपछि उक्‍त पत्रिकाले १९९९ मा अनुमोदित इटालेली परिचारकहरूको लागि पेसागत नीतिको आचारसंहितालाई जोड दियो, जसले यसो भन्छ: “परिचारकहरूले कुनै पनि व्यक्‍तिविशेषको धर्म, नीतिगत र सांस्कृतिक मूल्यमान्यताहरूका साथै जाति र लिङ्‌गलाई विचार गरेर आफ्नो कर्तव्य पूरा गर्छन्‌।” कहिलेकाहीं डाक्टर र परिचारकहरूलाई बिरामीको धार्मिक विश्‍वासलाई आदर गर्न गाह्रो हुन सक्छ तर कसैले आदर गर्छ भने त्यो साँच्चै प्रशंसनीय कुरा हो।

यहोवाका साक्षीहरूले आफ्नो स्वास्थ्य र उपचारसम्बन्धी निर्णयहरू गर्नुपर्दा होसियारसाथ सोचीसम्झी गर्छन्‌। तिनीहरू धर्मशास्त्रले भनेका कुराहरू गम्भीरतासाथ विचार गर्छन्‌ अनि एन्जेलाको परिस्थितिले देखाएजस्तै तिनीहरू कट्टरपन्थी होइनन्‌। (फिलिप्पी ४:५) विश्‍वभर, आफ्ना साक्षी बिरामीहरूको अन्तस्करणको आदर गर्ने इच्छुक स्वास्थ्यकर्मीहरूको सङ्‌ख्या बढ्‌दैछ।