सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

छनौटको समय

छनौटको समय

छनौटको समय

“परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।”—उत्पत्ति १:२७.

बाइबलको सुरु-सुरुतिर पाइने यी चिरपरिचित शब्दहरूले परमेश्‍वरले बनाएको एउटा महान्‌ कुराबारे बताउँछ। त्यो हो, उहाँले “समयानुकुल” सिद्ध मानव जोडी आदम र हव्वा बनाउनुभयो। (उपदेशक ३:११) तिनीहरूका सृष्टिकर्ताको हैसियतमा यहोवा परमेश्‍वरले तिनीहरूलाई यसो भन्‍नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”—उत्पत्ति १:२८.

प्रथम मानव जोडीलाई भनेको त्यो कुराबाट यहोवाले तिनीहरूलाई आफ्नो उद्देश्‍य थाह दिनुभयो। वृद्धि हुँदै र पृथ्वीलाई रेखदेख गर्दै तिनीहरूले आफू र आफ्नो सन्ततिको लागि यो पूरै पृथ्वी बगैंचारूपी घरमा परिणत गर्नुपर्थ्यो। तिनीहरू बाँच्ने र मर्ने समय पहिल्यै निर्धारण गरिएको थिएन। बरु, परमेश्‍वरले तिनीहरूसामु एकदमै राम्रो आशा राखिदिनुभएको थियो। सही छनौट गरेर अनि परमेश्‍वरको इच्छाबमोजिम चलेर तिनीहरू सिद्ध शान्तिमय र आनन्ददायी वातावरणमा सधैंभरि रहन सक्थे।

तर तिनीहरूले गलत छनौट गरे। परिणाम? सबै मानिस बूढो हुन्छन्‌ र मर्छन्‌। साँच्चै कुलपिता अय्यूबले यो कुरा मानिलिए: “स्त्रीबाट जन्मेको मानिस अल्प-आयुका र अशान्तिले भरिएको हुन्छ।” (अय्यूब १४:१) गल्ती कहाँनेर भयो?

बाइबल बताउँछ, “जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) त्यो “एउटै मानिस” निश्‍चयै आदम थिए जसले जानाजानी परमेश्‍वरको सरल अनि स्पष्ट आज्ञा उल्लङ्‌घन गर्ने छनौट गरे। (उत्पत्ति २:१७) आफ्नो छनौटले गर्दा आदमले पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने मौका गुमाए। तिनले आफ्ना सन्ततिका लागि पनि त्यो बहुमूल्य पैतृक सम्पत्ति गुमाए अनि पाप र मृत्युको श्राप तिनीहरूको थाप्लोमा थोपारिदिए। यसले गर्दा सबै कुरा गुमेको जस्तो देखियो तर के साँच्चै गुमेको छ त?

काँचुली फेर्ने समय

हजारौं वर्षपछि भजनरचयिता यस्तो लेख्न उत्प्रेरित भए: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भजन ३७:२९) परमेश्‍वरले अदनको बगैंचामा गरेको प्रतिज्ञा पूरा गर्नुहुनेछ भनेर आश्‍वास्त पार्न बाइबलमा उहाँले चाँडै चाल्नुहुने कदमबारे मनमोहक तरिकामा वर्णन गरिएको छ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” त्यसपछि परमेश्‍वर स्वयम्‌ यसो भन्‍नुहुन्छ: “हेर, म सब कुरा नयाँ तुल्याउँछु।”—प्रकाश २१:४, ५.

सबै कुराको लागि समय हुने भएकोले यस्तो प्रश्‍न उठ्‌नु स्वभाविक हो: त्यो काँचुली फेर्ने समय कहिले आउँछ त जसले गर्दा परमेश्‍वरको सुन्दर प्रतिज्ञा सत्य साबित हुनेछ? हामी सबै बाइबलमा बताइएको “आखिरी दिनमा” बाँचिरहेका छौं र ‘सबै कुरा नयाँ तुल्याउन’ परमेश्‍वरले ल्याउने समय पनि नजिकै छ भनेर यो पत्रिका प्रकाशन गर्ने यहोवाका साक्षीहरू मानिसको ध्यान खिच्न प्रयत्नशील छन्‌। (२ तिमोथी ३:१) हामी तपाईंलाई बाइबल जाँचेर हेर्न र उहाँका सुन्दर आशाहरूबारे सिक्न अनुरोध गर्छौं जुन आशा तपाईं पनि राख्न सक्नुहुन्छ। अनि यो निमन्त्रणा स्वीकार्न पनि हामी तपाईंहरूलाई आग्रह गर्छौं: “जबसम्म परमप्रभुलाई पाउनसक्छ उहाँलाई खोज। उहाँ नजीक हुनुहुँदानै उहाँलाई पुकार।” (यशैया ५५:६) तपाईंको जीवन र अनन्त आशा भाग्यको खेल होइन, तपाईंकै हातको कुरा हो! (w 09 3/1)

[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]

“हेर, म सब कुरा नयाँ तुल्याउँछु”