सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

असल धर्मले उच्च नैतिक स्तर राख्न सिकाउँछ

असल धर्मले उच्च नैतिक स्तर राख्न सिकाउँछ

असल धर्मले उच्च नैतिक स्तर राख्न सिकाउँछ

असल धर्मले हामीलाई उच्च विचार राख्न मदत गर्छ अनि आफ्नो आचरण सुधार्ने तरिका बताउँछ। यसले हामीलाई सही कुरा गर्न टेवा दिन्छ र असल व्यक्‍ति बन्‍न सहायता गर्छ। असल धर्मले यस्ता कामहरू गर्छ भनी हामी कसरी थाह पाउँछौं?

ग्रीसको कोरिन्थमा बस्ने प्रथम शताब्दीका ख्रीष्टियानहरूलाई प्रेरित पावलले के लेखे, याद गर्नुहोस्‌। त्यो प्राचीन कोरिन्थ सहर अनैतिक जीवनशैलीको लागि कुख्यात थियो। पावलले यस्तो चेतावनी दिए: “अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्‌गीहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।” फेरि तिनले थपे: “तिमीहरू कोही यस्तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्‍वरका आत्माद्वारा निर्दोष ठहराइयौ।” (१ कोरिन्थी ६:९-११, NRV ) कल्पना गर्नुहोस्‌ त, पहिला नैतिक स्तरहरू पालन नगर्ने कतिपयलाई साँचो धर्मले परमेश्‍वरको स्वच्छ र इमानदार सेवक बन्‍न मदत गरेको!

तर बाइबल यस्तो चेतावनी दिन्छ: “यस्तो समय आउनेछ, जब तिनीहरू पक्का सिद्धान्तलाई नसहने हुनेछन्‌, तर आफ्ना अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूको थुप्रो लगाउनेछन्‌, र जे सुन्‍नलाई तिनीहरूको कान उत्सुक बन्छ त्यही मात्र सुन्‍नेछन्‌।”—२ तिमोथी ४:३, NRV.

यस सन्दर्भमा तपाईंले थाह पाएका धर्महरूले के गर्छन्‌? के ती धर्महरूले बाइबलको उच्च नैतिक स्तर पालन गर्छन्‌? अथवा “जे सुन्‍नलाई” मानिसहरूको “कान उत्सुक बन्छ” त्यही मात्र बताएर परमेश्‍वरको वचनमा पाइने स्पष्ट सल्लाहलाई कमजोर बनाउँछन्‌?

कुनै धर्मले असल फल फलाउँदै छ कि छैन हेर्न, तलका प्रश्‍नहरूको जवाफ दिने प्रयास गरे कसो होला?

विषय: विवाह।

बाइबलले के सिकाउँछ: “सबैका बीचमा विवाहचाहिं आदरणीय होस्‌, वैवाहिक सम्बन्ध नबिटुलिओस्‌, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्‍वरले गर्नुहुन्छ।”—हिब्रू १३:४, NRV.

प्रश्‍न: के यस धर्मले आफ्ना सदस्यहरूलाई कानुनी तवरमा मान्य विवाह गरेर मात्र सँगै बस्न सिकाउँछ?

विषय: सम्बन्ध विच्छेद।

बाइबलले के सिकाउँछ: सम्बन्ध विच्छेद गर्ने कुनै आधार छ कि भनी सोध्दा येशूले भन्‍नुभयो: “जसले व्यभिचारको कारणबाहेक स्वास्नीलाई त्यागेर अर्कोसित विवाह गर्ला, त्यसले व्यभिचार गर्दछ, औ जसले त्याग गरेकीलाई विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्दछ।”—मत्ती १९:९, NRV.

प्रश्‍न: के यस धर्मले येशूको निर्देशन पालन गर्छ र व्यभिचारको आधारमा मात्र सम्बन्ध विच्छेद र पुनः विवाह गर्ने अनुमति दिन्छ?

विषय: यौन अनैतिकता।

बाइबलले के सिकाउँछ: “व्यभिचारदेखि अलग रहो। अरू जुनसुकै पाप जो मानिसले गर्दछ त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्नेले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।”—१ कोरिन्थी ६:१८, NRV.

“आइमाईहरूले आफ्नो लोग्नेसँगको सहवास छोडेर आइमाईसँगै खराब काम गरे। तिनीहरूका लोग्नेहरूले पनि आफ्ना आइमाईहरूसँग सही काम गरेनन्‌ तर एक-अर्काको निम्ति जलेर लोग्ने मानिसले लोग्ने मानिससँगै घिनलाग्दो काम गरे। तिनीहरूका आफ्ना शरीरले गरेका दुष्ट कामका लागि आफैमा सजाय पाए।।”—रोमी १:२६, २७, नेपाली पवित्र बाइबलको नयाँ करार।

प्रश्‍न: के यस धर्मले पुरुष र स्त्रीबीचको यौन अनैतिकता अथवा एउटै लिंगका व्यक्‍तिहरूबीचको यौन सम्पर्क पाप हो भनेर सिकाउँछ?

विषय: यस धर्मका सदस्यहरूले साहसी भई बाइबलका स्तरहरू पालन गर्छन्‌।

बाइबलले के सिकाउँछ: “त्यसको सङ्‌गत नगर्नू . . . जो भाइ कहलिएर व्यभिचारी, अथवा लोभी, वा मूर्तिपूजक, वा गाली गर्ने, कि मतवाला, अथवा लुटाहा हुन्छ, त्यस्तो मानिससित ता खाँदै पनि नखाओ।” (१ कोरिन्थी ५:११, NRV ) ख्रीष्टियान भनी दाबी गर्ने तर आफूले गरेको पापमा पश्‍चाताप नगर्नेहरूलाई के गर्नुपर्छ? परमेश्‍वरको वचन भन्छ: “तिमीहरूले आफ्नो बीचबाट दुष्ट मानिसलाई निकालिदेओ।”—१ कोरिन्थी ५:१३, नयाँ करार, नौलो संस्करण।

प्रश्‍न: के यस धर्मले बाइबलका स्तरहरू पालन नगर्ने सदस्यलाई निकाल्छ?w 09 8/1)

[पृष्ठ ५-मा भएको चित्र]

बाइबलको उच्च नैतिक स्तरहरू पालन गर्ने सन्दर्भमा कुन चाहिं धर्मले नाउँ कमाएको छ?