सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दोस्रो मिथ्या: दुष्टले नरकमा सास्ती भोग्छ

दोस्रो मिथ्या: दुष्टले नरकमा सास्ती भोग्छ

दोस्रो मिथ्या: दुष्टले नरकमा सास्ती भोग्छ

यो मिथ्या कसरी सुरु भयो? जर्ज मिनोइसको नरकसम्बन्धी इतिहासको पुस्तक a भन्छ: “नरकसम्बन्धी चलिआएको धारणामा प्रभाव पार्ने प्राचीन युनानी दार्शनिकहरूमध्ये सबैभन्दा धेरै प्रभाव पार्ने व्यक्‍ति प्लेटो थिए।”

“इस्वी संवत्‌ दोस्रो शताब्दीको बीचतिर युनानी दर्शनबारे केही ज्ञान हुने ख्रीष्टियानहरूले . . . आफ्नो धार्मिक विश्‍वासलाई युनानी दर्शनमा ढाल्नुपर्ने आवश्‍यकता महसुस गरे। तिनीहरूलाई ठ्याक्कै सुहाउँदो लागेको दर्शन प्लेटोको थियो।”—द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका (१९८८), खण्ड २५, पृष्ठ ८९०.

“नरक छ र यो अनन्तसम्म रहन्छ भनेर चर्चको शिक्षाले पुष्टि दिन्छ। मरणशील पापी अवस्थामा मर्नेहरूको आत्मा मृत्यु हुनेबित्तिकै नरकमा जान्छ जहाँ तिनीहरूले ‘अनन्त आगोमा’ दण्ड भोग्छन्‌। नरकको प्रमुख दण्ड भनेको परमेश्‍वरबाट सदाको लागि विमुख हुनु हो।”—क्याथोलिक चर्चको शिक्षा b १९९४ संस्करण, पृष्ठ २७०

बाइबल के भन्छ? “किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्दछन्‌, तर मरेकाहरूले त केही पनि जान्दैनन्‌। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। . . . किनभने चिहानमा, [अर्थात्‌ पातालमा] जहाँ तिमी जान्छौ, त्यहाँ नता केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्छ।”—उपदेशक ९:५, १०, NRV.

पाताल भनेर अनुवाद गरिएको शब्दलाई हिब्रू भाषामा शिओल भनिन्छ र यो शब्दले मानिस “मरेपछि गाड्‌ने चिहान”-लाई संकेत गर्छ र यसलाई कुनैकुनै बाइबलमा “नरक” भनेर अनुवाद गरिएको छ। यो वाक्यांशले मृतकहरूको अवस्थाबारे के कुरा प्रकट गर्छ? के तिनीहरू गल्तीको पश्‍चाताप गर्न शिओलमा सास्ती भोगिरहेका हुन्‌? होइन। किनकि “मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” त्यसैकारण कुलपिता अय्यूब गम्भीर रोगले पीडित हुँदा परमेश्‍वरलाई यसो भन्दै आग्रह गरे: “तपाईंले मलाई चिहानमा [हिब्रूमा: शिओल] लुकाउनुभए . . . हुनेथियो।” (अय्यूब १४:१३, NRV) शिओल अनन्त यातना पाउने ठाउँ भएदेखिन्‌ अय्यूबले किन त्यस्तो ठाउँमा जान पाऊँ भनेर आग्रह गर्थे होलान्‌ र? त्यसैले बाइबलको अर्थमा नरकको अर्थ मानिसहरूलाई गाड्‌ने सामान्य चिहान हो जहाँ सम्पूर्ण गतिविधि निष्क्रिय हुन्छ।

के नरकको यो परिभाषा अझ धेरै तार्किक र धर्मशास्त्रअनुरूप छैन र? जस्तोसुकै भयानक अपराध गरिएको भए तापनि के प्रेमको परमेश्‍वरले कसैलाई अनन्त सास्ती दिन सक्नुहुन्छ? (१ यूहन्‍ना ४:८) तर यदि अग्निमय नरक मिथ्या हो भने स्वर्ग नि? ( w 09 11/01)

[फुटनोट]

a Histoiredes enfers by Georges Minoispage 50

b Catechism of the Catholic Church

बाइबलका यी पदहरू तुलना गर्नुहोस्‌: भजन १४६:३, ४; प्रेरित २:२५-२७; रोमी ६:७, २३

तथ्य:

परमेश्‍वरले मानिसहरूलाई नरकमा सास्ती दिनुहुन्‍न

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

Barrators—Giampolo/The Doré Illustrations For Dante’s Divine Comedy/Dover Publications Inc.