सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

छैटौं मिथ्या: उपासनामा परमेश्‍वरले मूर्ति र प्रतीकको प्रयोगलाई मान्यता दिनुहुन्छ

छैटौं मिथ्या: उपासनामा परमेश्‍वरले मूर्ति र प्रतीकको प्रयोगलाई मान्यता दिनुहुन्छ

छैटौं मिथ्या: उपासनामा परमेश्‍वरले मूर्ति र प्रतीकको प्रयोगलाई मान्यता दिनुहुन्छ

यो मिथ्या कसरी सुरु भयो? “सुरुसुरुका ख्रीष्टियानहरू उपासना गर्दा मूर्ति प्रयोग गर्दैन थिए . . . अनभिज्ञ व्यक्‍तिहरूले प्रवचन वा पुस्तकबाट भन्दा पनि मूर्तिहरूमार्फत ख्रीष्टियान धर्मका तथ्यबारे सिक्न सक्छन्‌ भनेर मूर्तिहरूको प्रयोग गर्नुको स्पष्टीकरण चौथो र पाँचौं शताब्दीका चर्चहरूले दिन खोजे।”—म्याक्लिन्टक र स्ट्रङको बाइबलीय धर्मवैज्ञानिक तथा धार्मिक साहित्य कोश, खण्ड ४, पृष्ठ ५०३ र ५०४.

बाइबल के भन्छ? “तैंले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, औ माथि आकाश अथवा तल पृथ्वी र पृथ्वीमनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनू। तँ तिनीहरूका सामने ननिउरिनू। तिनीहरूको पूजा नगर्नू।” (प्रस्थान २०:४, ५) प्रथम शताब्दीका ख्रीष्टियानहरूलाई प्रेरित यूहन्‍नाले लेखे: “हे मेरा साना केटाकेटी हो, मूर्तिहरूबाट जोगिएर बस।”—१ यूहन्‍ना ५:२१.

चर्चहरूले दाबी गरेझैं के यी प्रतिमाहरू परमेश्‍वरकहाँ पुग्ने र उहाँको आदर गर्ने माध्यम मात्र हुन्‌? धर्मको शब्दकोश a बताउँछ: “सुरुमा त मूर्तिहरूलाई सजावटको सामानको रूपमा वा शिक्षा दिनको लागि प्रयोग गरिएको हुन सक्छ; कम्तीमा पनि यिनै कारणले गर्दा मूर्तिहरू प्रयोग गरिएका थिए भनेर स्पष्टिकरण दिइएको थियो। तर केही समयभित्र यी पूजा-अर्चनामा प्रयोग गर्न थालियो। विशेषगरि, पूर्वीय अर्थोडक्सहरूको उपासनाको प्रमुख भाग भएका प्रतीकहरूको सम्बन्धमा यो सही साबित भएको थियो।” तथापि अगमवक्‍ता यशैयाले यस्तो प्रश्‍न गर्नु उचित थियो: “तिमीहरू परमेश्‍वरको तुलना कससित गर्नेछौ? अथवा केको प्रतिरूपसित उहाँको मिलान गर्नेछौ?”—यशैया ४०:१८. (w09 11/01)

बाइबलका यी पदहरू तुलना गर्नुहोस्‌: यशैया ४४:१३-१९; प्रेरित १०:२५, २६; १७:२९; २ कोरिन्थी ५:७.

तथ्य:

मूर्ति र प्रतीकको प्रयोगलाई परमेश्‍वर मान्यता दिनुहुन्‍न

[फुटनोट]

a The Encyclopedia of Religion

मिथ्या त्याग्नुहोस्‌, सत्यको पक्ष लिनुहोस्‌

थुप्रै चर्चमा सिकाइने गरेका मिथ्याहरूबारे यस छोटो छलफलद्वारा हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? यी “धूर्त्याइँसित अज्माएका दन्त्यकथाहरू [युनानीमा मिथोस्‌]” बाइबलको सरल र सान्त्वनादायी सत्यहरूको बराबरीमा आउन सक्दैन।—२ पत्रुस १:१६.

त्यसैले तपाईंलाई सिकाइएको कुरालाई खुला मनले परमेश्‍वरको वचन अर्थात्‌ सत्यको स्रोतसित तुलना गर्न नहिचकिचाउनुहोस्‌। (यूहन्‍ना १७:१७) त्यसो गर्नुभयो भने, तपाईंको लागि यो प्रतिज्ञा सत्य साबित हुनेछ: “तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”—यूहन्‍ना ८:३२.

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

Pictorial Archive (Near Eastern History) Est.