सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के पृथ्वीले सधैं प्रशस्त खानेकुरा र स्रोतसाधन दिनेछ?

के पृथ्वीले सधैं प्रशस्त खानेकुरा र स्रोतसाधन दिनेछ?

हाम्रा पाठकहरू सोध्छन्‌ . . .

के पृथ्वीले सधैं प्रशस्त खानेकुरा र स्रोतसाधन दिनेछ?

हाम्रो सुन्दर घर पृथ्वीसँग जीवन धान्‍न सक्ने क्षमता प्रशस्त छ। तर जनसंख्या बढिरहेको र पृथ्वीमा प्रशस्त भएका स्रोतसाधनहरू निख्रिदै गइरहेकोले तपाईंलाई लाग्ला: ‘कतै सोच्दै नसोचेको विपत्ति आइलाग्ने त होइन? के पृथ्वीमा सधैं प्रशस्त खानेकुरा र स्रोतसाधन भइरहनेछ?’

यसबारे घोरिंदा ४,००० वर्षअघि परमेश्‍वरले मानव परिवारसित गरेको यो प्रतिज्ञामा हामी ढुक्क हुन सक्छौं: “पृथ्वी रहुञ्जेल बिउ छर्ने र फसल काट्‌ने समय, ग्रीष्म र शिशिर औ दिन र रातको अन्त हुनेछैन।” (उत्पत्ति ८:२२) त्यसकारण जसरी सूर्य दिनदिनै उदाउँछ भनेर हामी ढुक्क छौं, त्यसरी नै जीवन धान्‍न पृथ्वीले कहिल्यै आफ्नो भण्डार रित्याउनेछैन भनेर पनि ढुक्क हुन सक्छौं।

“के पृथ्वीले सबैलाई भोजन दिन सक्छ?” शीर्षकको सन्‌ २००४ को रिपोर्टमा वातावरण संवाददाता एलेक्स कर्बीले यसो भने: “पृथ्वीले सबैलाई प्रशस्त पुग्नेगरि उत्पादन गर्न सक्छ। तर खाद्यान्‍न गलत ठाउँमा हुन्छ, अचाक्ली महँगो हुन्छ र लामो समयसम्म भण्डार गर्न सकिंदैन। त्यसकारण सबैले प्रशस्त खानेकुरा पाए कि पाएनन्‌ भनेर पक्का गर्ने काम विज्ञानको भन्दा पनि राजनीतिको हो।” पृथ्वीको सुपरिवेक्षण गर्ने र यसका स्रोतसाधनको प्रभावकारी व्यवस्थापन गर्ने हो भने अनिकाल लाग्ला भनेर डराउनै पर्दैन। जस्तै: प्राचीन समयका इस्राएलीहरूलाई सही तरिकाले जमिनको प्रयोग गर्ने सम्बन्धमा परमेश्‍वरले प्रस्ट निर्देशन दिनुभयो। परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभएको यो कुरा लेवी २५:४ मा रेकर्ड गरिएको छ: “सातौं वर्षमा भूमिलाई विशेष विश्राम होस्‌ . . . सातौं वर्षमा तिमीहरूले खेत नरोप्नू।” तिनीहरूले प्रत्येक सात वर्षमा खेती नगर्ने भए तापनि प्रशस्त असल कुरा पुगेको अनि तिनीहरूले अनिकाल होला भनेर चिन्ता गर्नु नपरेको कुरा पक्का गर्ने प्रतिज्ञा परमेश्‍वरले गर्नुभयो।—लेवी २६:३-५.

पृथ्वी र यसका स्रोतसाधनमा पुऱ्‍याइएको हानि-नोक्सानी सुधार्न अहिले पनि निष्कपट प्रयास नगरिएका होइनन्‌। तर यस्ता प्रयास नगण्य छन्‌ र अति ढिलो भयो भनेर थुप्रैले चिन्ता गरेका छन्‌। यसको एकमात्र स्थायी समाधान प्रकाश ११:१८ मा पाइन्छ। बाइबलको उक्‍त पदले बताएअनुसार यहोवाले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ। यहोवाले पृथ्वी र यसका स्रोतसाधनमा भएको गलत व्यवस्थापन हटाउने मात्र होइन यहाँका बासिन्दाले उपभोग गर्ने कुरा पृथ्वीले प्रशस्त उब्जाएको छ कि छैन, त्यो पनि पक्का गर्नुहुनेछ। परमेश्‍वरको उद्देश्‍यलाई जानाजानी बेवास्ता गर्ने र आफ्नो स्वार्थ पूरा गर्न पृथ्वीको दुरुपयोग गर्ने सबैलाई उहाँले निमिट्यान्‍न पार्नुहुनेछ। अर्कोतर्फ यहोवाको शासनलाई राजीखुसीले समर्थन गर्नेहरूले भजन ७२:१६ मा उल्लेख गरिएको वास्तविकता अनुभव गर्न पाउनेछन्‌: “पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।”

असीम प्रेम र बुद्धिले उत्प्रेरित भई यहोवाले मानिसहरूलाई तिनीहरूको घर अर्थात्‌ सुन्दर बगैंचारूपी पृथ्वीमा राख्ने र त्यसको हेरचाह गर्न लगाउने उद्देश्‍य राख्नुभएको छ। (उत्पत्ति १:२८) उहाँको शासनमा आज्ञाकारी मानिसहरूले पृथ्वीको अपार भण्डार नरित्तिनेगरि प्राकृतिक स्रोतहरू बुद्धिमानीसाथ प्रयोग गर्न सिक्नेछन्‌। हरेक जीवित प्राणीको इच्छा तृप्त पार्ने हाम्रा मायालु प्रबन्धकप्रति हामी औधी कृतज्ञ छौं।—भजन १४५:१६. ( w10 -E  03/01)

[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]

“सबैले प्रशस्त खानेकुरा पाए कि पाएनन्‌ भनेर पक्का गर्ने काम विज्ञानको भन्दा पनि राजनीतिको हो”