वफादार साथी कसरी भेट्टाउने?
युवाहरूका लागि
वफादार साथी कसरी भेट्टाउने?
निर्देशन: यो हल्लाखल्ला नभएको शान्त ठाउँमा बसेर गर्नुहोस्। शास्त्रपदहरू पढ्दा आफू पनि त्यहीं भएको कल्पना गर्नुहोस्। दृश्य कल्पना गर्नुहोस्। आवाज सुन्नुहोस्। पात्रहरूको भावना महसुस गर्नुहोस्। पढिरहेको विवरणलाई जीवन्त बनाउनुहोस्।
मुख्य पात्रहरू: जोनाथन, दाऊद र शाऊल
सारांश: दाऊदले गोल्यतलाई मारेपछि जोनाथन दाऊदको सबैभन्दा मिल्ने साथी बन्छन्।
१ दृश्य केलाउनुहोस्।—१ शमूएल १७:५७–१८:११; १९:१; २०:१-१७, ४१, ४२ पढ्नुहोस्।
तपाईंले शाऊलको बाहिरी रूपबारे कस्तो कल्पना गर्नुभयो, वर्णन गर्नुहोस्। (छनक: १ शमूएल १०:२०-२३ हेर्नुहोस्) _______
_______
जोनाथनसँग भेट हुँदा दाऊद सम्भवतः किशोर थिए। दाऊद हेर्नमा कस्ता थिए होलान्? (छनक: १ शमूएल १६:१२, १३ हेर्नुहोस्) _______
_______
पहिलो शमूएल अध्याय २० को अन्तमा दाऊद र जोनाथन छुट्टिंदा उनीहरूको आवाजमा कस्तो भावनाहरूको आभास पाउनुभयो?
_______
२ गहिराइसम्म पुग्नुहोस्।
विवरणअनुसार “जोनाथन दाऊदसँग आत्मामा एक भए” वा कन्टेम्पररी इंग्लिश भर्सन-अनुसार “दाऊद र जोनाथन सबैभन्दा मिल्ने साथी भए।” (१ शमूएल १८:१, NRV) दाऊदका कस्ता गुणहरूले गर्दा जोनाथन तिनीतर्फ आकर्षित भए होलान्? (छनक: १ शमूएल १७:४५, ४६ हेर्नुहोस्।)
_______
दाऊद र जोनाथनको उमेरमा लगभग ३० वर्षको अन्तर थियो। तपाईंको विचारमा उमेरमा त्यति धेरै फरक भए तापनि कुन-कुन कुराले गर्दा उनीहरू “सबैभन्दा मिल्ने साथी” हुन सके?
_______
यस चाखलाग्दो विवरणमा देखाइएझैं साँचो साथीका केही विशेषताहरू के-के हुन्? (छनक: हितोपदेश १७:१७, NW; १८:२४ हेर्नुहोस्।)
_______
जोनाथनले आफ्ना बुबाप्रतिको वफादारितालाई भन्दा पनि दाऊदप्रतिको वफादरितालाई किन महत्त्व दिए?
_______
३ सिकेका कुराहरू लागू गर्नुहोस्। निम्न कुराहरूबारे के सिक्नुभयो, लेख्नुहोस्:
मित्रता।
_______
वफादारिता।
_______
पाको व्यक्तिहरूसित मित्रता।
_______
तपाईंले कसरी राम्रा साथीहरूलाई आफूतर्फ आकर्षित गर्न सक्नुहुन्छ?
_______
४ यस विवरणको कुन पक्ष तपाईंलाई सबैभन्दा अर्थपूर्ण लाग्यो र किन?
_______ (w10-E 07/01)
तपाईंसित बाइबल छैन भने, यहोवाका साक्षीहरूलाई भन्नुहोस् वा हाम्रो वेब साइट www.watchtower.org मा पढ्नुहोस्।