सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानिसहरू किन खराब काम गर्छन्‌?

मानिसहरू किन खराब काम गर्छन्‌?

मानिसहरू किन खराब काम गर्छन्‌?

प्रायः मानिसहरू यस कुरामा सहमत छन्‌: असिद्ध भएकोले हामी चुक्छौं र गल्तीहरू गर्छौं अनि गल्तीहरूको कारण पछुताउँछौं। तर त्यसो भन्दैमा हामीले दिनहुँजसो देखेका वा सुनेका सानातिना अनि ठूलठूला खराब कामहरू हुनुको कारण के यही नै हो?

अक्सर मानिसहरू के स्वीकार्छन्‌ भने असिद्ध भए तापनि मानिसले कहिल्यै उल्लङ्‌घन गर्न नहुने नैतिक नियमहरू छन्‌ र ऊसित दुष्कर्मदेखि अलग रहन सक्ने क्षमता पनि छ। अनजानमा झूटो बोल्नु र सरासर निन्दा गर्नुबीच अनि अनजानमै कसैलाई घात पुऱ्‍याउनु र सुनियोजित हत्या गर्नुबीच भिन्‍नता छ भनेर पनि थुप्रैले सहजै स्वीकार्छन्‌। तैपनि अक्सर अपत्यारिला कुर्कम गर्नेहरू त टोल-छिमेकका सर्वसाधारण नै हुन्छन्‌। तर किन? मानिसहरू किन खराब कामहरू गर्छन्‌?

यसको कारण बाइबलले प्रस्ट्याएको छ। खराब हो भनेर थाह हुँदाहुँदै पनि मानिसले खराब काम गर्नुका मुख्य कारण वास्तवमा के-के हुन्‌, बाइबलले स्पष्ट बताएको छ। यसले दिने जवाफ विचार गर्नुहोस्‌।

“छल गर्दा“अत्याचारमा पर्दा,” NW] बुद्धिमान्‌ मानिसको मति बिग्रन्छ।”उपदेशक ७:७.

मानिसले अक्सर गर्दै नगर्ने काम पनि कहिलेकाहीं परिस्थितिको मारमा परेर गर्न पुग्छ भनेर बाइबल स्वीकार्छ। कसै-कसैले त कठिन परिस्थिति वा अन्याय-अत्याचारबाट उम्कने बाटो यही नै हो, भन्ठानेर जघन्य अपराधसमेत गर्न पुग्छन्‌। एउटा पुस्तक (Urban Terrorism) भन्छ, “थुप्रै परिस्थितिमा . . . आतङ्‌ककारी हुन उत्प्रेरित गर्ने वास्तविक कारण राजनैतिक, सामाजिक तथा आर्थिक शक्‍तिहरू आफूले चाहेजस्तो पाउन नसकेकोले हो।”

“रूपियाँ-पैसाको प्रेम नै सबै किसिमका खराबीको जरा हो।”१ तिमोथी ६:१०.

कसै-कसैको भनाइअनुसार प्रशस्त पैसा दिने वाचा गरिएको छ भने असल मानिसहरूले समेत मानमर्यादाका सम्पूर्ण सीमा नाघ्नेछन्‌। प्रशस्त रूपियाँ-पैसाको कुरा हो भने सामान्य परिस्थितिमा मित्रैलो अनि दयालु देखिने केही मानिस पनि पूरै बदलिएर रूखो अनि निर्दयी हुन्छन्‌। डर-त्रास अनि धम्की देखाएर लुट्‌नु, जालसाजी गर्नु, अपहरण गर्नु र हत्यासमेत गर्नु जस्ता थुप्रै अपराधको कारण लोभ नै त हो।

“खराब कामको दण्ड तुरुन्तै नपाएकोले नै मानिसले यति साहससित खराब काम गर्दछ।”

उपदेशक ८:११.

अख्तियारवालाले हेरिरहेको छैन भने जेसुकै गरे पनि छुट पाइन्छ भन्‍ने मानव झुकावबारे यस पदले बताउँछ। तीव्र गतिले गाडी कुदाउने, जाँचमा चिट चोर्ने, सार्वजनिक कोश चोर्ने वा योभन्दा पनि अझ खराब काम गर्नेहरूको सम्बन्धमा यो कुरा साँचो साबित भएको छ। नीतिनियम फितलो हुँदा वा समातिने डर नहुँदा अक्सर नीतिनियम पालन गर्नेहरूसमेत सामान्यतया नगर्ने काम गर्न सुरिन्छन्‌। एउटा पत्रिकाले ( Arguments and Facts) याद गरेको कुरा के हो भने “अपराधीहरू सजाय नपाई सजिलै उम्कन सक्ने भएकोले . . . सर्वसाधारण मानिस जघन्य अपराध गर्न प्रोत्साहित भएजस्तो देखिन्छ।”

“हरेक मानिस आफ्नै तृष्णाबाट खिचिई लोभिएर परीक्षामा पर्दछ। तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ।”याकूब १:१४, १५.

खराब कुराहरू सोचिहाल्ने झुकाव सबै मानिसमा छ। गलत काम गर्न सुऱ्‍याउने थुप्रै प्रस्ताव र परीक्षाको ओइरो हामीमाथि दिनहुँजसो आइपर्छन्‌। प्रथम शताब्दीका ख्रीष्टियानहरूलाई यसो भनिएको थियो: “मानिसले सहनसक्ने किसिमको बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ।” (१ कोरिन्थी १०:१३) त्यसोभए तापनि हामीले भोग्ने परिणाम हाम्रो यो छनौटमा निर्भर हुन्छ—खराब कुरालाई तुरुन्तै मनबाट हटाउने वा त्यसलाई पोसेर हुर्कन दिने। गलत तृष्णालाई “गर्भवती” हुन दियौं भने परिणाम पक्कै खराब हुन्छ भनेर याकूबको प्रेरित पत्रबाट लिइएको माथि उल्लिखित पदमा चेतावनी दिइएको छ।

“बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान्‌ होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।”

हितोपदेश १३:२०.

असल प्रभाव होस्‌ वा खराब हाम्रो सङ्‌गतिले हामीलाई एकदमै असर गर्न सक्छ। साथीसङ्‌गतिको दबाबमा परेर वा थुप्रैले भनेझैं खराब सङ्‌गतिमा परेर मानिसले अक्सर सोच्दै नसोचेका कामहरू गर्न पुग्छन्‌ र भयावह नतिजा भोग्छन्‌। बाइबलमा बताइएको “मूर्ख”-ले बौद्धिक क्षमतामा कमी भएकाहरूलाई सङ्‌केत गरेको होइन; बरु परमेश्‍वरको वचनमा पाइने बुद्धिमानी सल्लाहलाई तिरस्कार गर्नेहरूलाई सङ्‌केत गरेको हो। युवा होस्‌ वा वृद्ध बुद्धिमानीसाथ अर्थात्‌ बाइबलले तोकेको असल स्तरबमोजिम आफ्ना साथीसङ्‌गति छानेनौं भने ‘बरालिनेछौं’ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

मानिसले र त्यसमा पनि सीधासाधा देखिने मानिसले समेत खराब काम मात्र होइन; पत्याउनै नसकिने कामहरूसमेत किन गर्छन्‌, बाइबलका यी तथा अन्य पदहरूले संक्षेपमा बताएको छ। मानिसहरू किन भयावह काम गर्न सुरिन्छन्‌, त्यो बुझ्नु मदतकारी त होला; तथापि यिनीहरू बदलिएर असल हुन सक्ने के कुनै आशा छ? छ! किनकि बाइबलले मानिसहरूले दुष्कर्म गर्नुका कारणहरू मात्र बताएको छैन; यस्ता दुष्कर्महरू पटक्कै हुनेछैनन्‌ भनेर पनि प्रतिज्ञा गरेको छ। ती प्रतिज्ञाहरू के हुन्‌? अनि संसारमा भएका सबै खराब कुराको अन्त के साँच्चै हुनेछ? यसपछिको लेखमा यसको जवाफ पाइन्छ। ( w10 -E 09/01)