सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पारिवारिक उपासना र व्यक्‍तिगत अध्ययन गर्ने केही तरिका

पारिवारिक उपासना र व्यक्‍तिगत अध्ययन गर्ने केही तरिका

पारिवारिक उपासना र व्यक्‍तिगत अध्ययन गर्ने केही तरिका

सन्‌ २००९ को सुरुदेखी यहोवाका साक्षीहरूको मण्डलीमा हुने सभाको तालिकामा काँटछाँट गरियो। हप्ताको दुई दिन हुने तीन वटा सभाहरूलाई एकै दिनमा गाभियो र पहिला सभा हुने गरेको साँझमा पारिवारिक उपासना वा व्यक्‍तिगत अध्ययन गर्न प्रोत्साहन दिइयो। के तपाईं यस नयाँ प्रबन्धको सदुपयोग गर्दै हुनुहुन्छ? के तपाईं यसबाट पूरापूर लाभ उठाउँदै हुनुहुन्छ?

पारिवारिक उपासनामा कस्ता सामग्रीहरू अध्ययन गर्ने भनेर कोही-कोही अलि अन्योलमा परेका छन्‌। परिचालक निकायको उद्देश्‍य सबै परिवारका लागि एउटै किसिमको तालिका तयार पारिदिनु होइन। सबैको परिस्थिति बेग्लाबेग्लै हुने भएकोले यो मौकालाई कसरी फलदायी बनाउने भनेर परिवारको शिर वा परिवारका सदस्यहरू आफैले विचार गर्नु उचित हो।

केही परिवारले पारिवारिक उपासनामा सभाको तयारी गर्ने गरेका छन्‌ तर पारिवारिक उपासना यतिमै सीमित हुनुपर्छ भन्‍ने छैन। केहीले धर्मशास्त्रीय जानकारीहरू पढ्‌ने अनि छलफल गर्ने गरेका छन्‌। साथै, साना केटाकेटीले लाभ उठाउन सकून्‌ भनेर तिनीहरूले बाइबलका कथाहरूमा आधारित नाटकहरू खेल्ने गरेका छन्‌। त्यसकारण पारिवारिक उपासना मण्डलीमा हुने सभाहरू जस्तै प्रश्‍न-उत्तरमा मात्र छलफल गरिनुपर्छ भन्‍ने छैन। सधैं प्रश्‍न-उत्तरमा मात्र छलफल गर्दा पारिवारिक उपासना झिजो लाग्ने किसिमको हुन सक्छ। तनावमुक्‍त वातावरणले छलफल रमाइलो बनाउन अनि खुलेर विचार आदानप्रदान गर्न निकै हदसम्म मदत गर्छ। साथै यस्तो वातावरणले हामीलाई सृजनशील बनाउँछ र पारिवारिक उपासनाको साँझ सबैको लागि अविस्मरणीय अनि रमाइलो हुन्छ।

तीन जना छोराछोरी भएका एक बुबा यस्तो लेख्छन्‌: “हाम्रो पारिवारिक उपासना प्रायः बाइबल पढाइमै आधारित हुन्छ। छलफल गरिने अध्यायहरू हामी सबै जना पहिले नै पढ्‌छौं। छोराछोरीले ती अध्यायबाट अनुसन्धान गर्नुपर्ने केही बुँदाहरू रोज्छन्‌ अनि आफूले अनुसन्धान गरेर भेट्टाएका कुराहरू बताउँछन्‌। माइकल (उमेर सात) प्रायजसो चित्रहरू कोर्ने वा पढेको कुरालाई आफ्नै शब्दमा लेख्ने गर्छ। डेभिड र क्याटलिनचाहिं (उमेर १३ र १५) बाइबल विवरणलाई एक जना दर्शकको दृष्टिकोणबाट लेख्ने गर्छन्‌। उदाहरणको लागि, फिरऊनको मुख्य पियाउने र मुख्य पकाउनेले देखेको सपनाको अर्थ यूसुफले खुलाइदिएको बाइबल विवरण पढ्‌दा क्याटलिनले त्यो दृश्‍य हेरिरहेको एक जना कैदी बनेर निबन्ध लेखिन्‌।”—उत्प. अध्या. ४०.

सबैको परिस्थिति बेग्लाबेग्लै हुन्छ। त्यसकारण कुनै व्यक्‍ति वा परिवारको लागि जुन तरिका उपयुक्‍त हुन्छ त्यो अरूको लागि उपयुक्‍त नहुन सक्छ। पारिवारिक उपासना वा व्यक्‍तिगत अध्ययनमा तपाईंले अपनाउन सक्ने केही तरिका सँगैको पेटीमा दिइएको छ। तपाईंलाई यीबाहेक अन्य तरिका पनि थाह छ कि?

[पृष्ठ ६, ७-मा भएको पेटी/चित्र]

जवान छोराछोरी भएका परिवारका लागि:

युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ किताब पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌।

• आफू बाइबलकालीन समयमा भएको कल्पना गर्नुहोस्‌। ( प्रहरीधरहरा, मे १५, १९९६, पृष्ठ १४-१५, अनुच्छेद १७-१८ हेर्नुहोस्‌)

• लामो समयमा हासिल गर्न सकिने र छोटो समयमा हासिल गर्न सकिने लक्ष्यहरूबारे कुरा गर्नुहोस्‌।

• समय-समयमा बाइबल आधारित भिडियो हेर्नुहोस्‌ र छलफल गर्नुहोस्‌।

प्रहरीधरहरा-को “युवाहरूका लागि” भन्‍ने लेख छलफल गर्नुहोस्‌।

छोराछोरी नभएका दम्पतीहरूका लागि:

पारिवारिक आनन्दको रहस्य किताबको अध्याय १, ३, ११-१६ छलफल गर्नुहोस्‌।

• बाइबलको केही अंश पढ्‌नुहोस्‌ र आफूले सिकेको कुरा बताउनुहोस्‌।

• मण्डली बाइबल अध्ययन वा प्रहरीधरहरा अध्ययनको लागि तयारी गर्नुहोस्‌।

• दम्पतीको रूपमा आफ्नो सेवाको काम अझ बढाउने तरिकाहरू छलफल गर्नुहोस्‌।

अविवाहित तथा सच्चाइमा एक्लो भाइबहिनीका लागि

• जिल्ला अधिवेशनमा विमोचन भएको नयाँ प्रकाशनहरू अध्ययन गर्नुहोस्‌।

• नयाँ र पुराना वार्षिक पुस्तक-हरू (अङ्‌ग्रेजी) पढ्‌नुहोस्‌।

• तपाईंको इलाकामा मानिसहरूले अक्सर सोध्ने प्रश्‍नहरूको जवाफ अनुसन्धान गर्नुहोस्‌।

• क्षेत्र सेवाको लागि नमुना प्रस्तुतिहरू तयार गर्नुहोस्‌।

साना केटाकेटी भएका परिवारका लागि

• बाइबलका कथाहरूमा आधारित नाटक खेल्नुहोस्‌।

ब्यूँझनुहोस्‌!-को (अङ्‌ग्रेजी) पृष्ठ ३० र ३१ प्रयोग गर्दै खेल खेल्नुहोस्‌।

• केटाकेटीहरूलाई आफ्नो कल्पनाशक्‍ति चलाउन उत्प्रेरित गर्ने कुनै योजना बनाउनुहोस्‌। ( प्रहरीधरहरा, फेब्रुअरी १५, २०११, पृष्ठ ११ मा भएको “मेहनत त्यसै खेर जाँदैन!” भन्‍ने लेख हेर्नुहोस्‌)

प्रहरीधरहरा-को “आफ्ना छोराछोरीलाई सिकाउनुहोस्‌” भन्‍ने लेख छलफल गर्नुहोस्‌।