सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अरू ग्रन्थजस्तै मात्र हो?

अरू ग्रन्थजस्तै मात्र हो?

अरू ग्रन्थजस्तै मात्र हो?

“धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यो . . . उपयोगी छ, जसले परमेश्‍वरको जनलाई पूर्णतया योग्य र हरेक असल कामका लागि तयार बनाउँछ।” —२ तिमोथी ३:१६, १७.

य स भनाइसित सबै मानिस सहमत छैनन्‌। तपाईं नि? यीमध्ये तपाईंलाई बाइबल कस्तो किताब हो जस्तो लाग्छ?

• उत्कृष्ट साहित्यिक कृति

• धार्मिक ग्रन्थ

• नीतिकथा भएको पौराणिक शास्त्र

• सृष्टिकर्ताको वचन

तर प्रश्‍न उठ्‌छ, तपाईंले बाइबललाई जुन रूपमा हेरे पनि के त्यसले केही फरक पार्छ? बाइबलमै के लेखिएको छ, विचार गरौं: “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌, ताकि हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीलाई आशा होस्‌।” (रोमी १५:४) त्यसकारण बाइबल हामीलाई शिक्षा, सान्त्वना र आशा दिन तयार पारिएको किताब हो।

तर बाइबल एउटा साहित्यिक कृति वा अरू धार्मिक ग्रन्थजस्तै मात्र हो भने र त्यसमा पनि विशेषगरि सही र गलतबारे तपाईंको धारण बाइबलसित पटक्कै मिल्दैन भने के तपाईं र तपाईंको परिवार बाइबलमा दिइएको निर्देशनमा भर पर्न सक्नुहुन्छ? यदि बाइबल मिथ्याले भरिएको किताब हो भने के तपाईं त्यसमा दिइएका प्रतिज्ञाबाट सान्त्वना र आशा पाउन सक्नुहुन्छ र?

तर बाइबल साँच्चै सृष्टिकर्ताको उत्कृष्ट वचन हो भनेर बाइबलको अध्ययन गरेका लाखौं मानिस विश्‍वस्त छन्‌। किन? के कारणले गर्दा बाइबल अरू किताबभन्दा भिन्‍नै छ? आउनुहोस्‌, बाइबलका पाँच उत्कृष्ट पक्षबारे विचार गरौं। (w12-E 06/01)