सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्‍वरतान्त्रिक स्कूलहरू—यहोवाको प्रेमको प्रमाण

ईश्‍वरतान्त्रिक स्कूलहरू—यहोवाको प्रेमको प्रमाण

यहोवा हाम्रो महान्‌ “गुरु” हुनुहुन्छ। (यशै. ३०:२०) प्रेमको कारण उहाँ अरूलाई सिकाउन र तालिम दिन उत्प्रेरित हुनुहुन्छ। उदाहरणको लागि, गहिरो प्रेमले उत्प्रेरित भएर यहोवा “आफूले गर्ने सबै कुरा” येशूलाई देखाउनुहुन्छ। (यूह. ५:२०) यहोवा आफ्ना साक्षीहरूलाई पनि प्रेम गर्नुहुन्छ। त्यसैकारण उहाँको आदर गर्न र अरूलाई मदत गर्न सक्दो प्रयास गर्दा उहाँ हामीलाई “सिक्नेहरूको बोली” दिनुहुन्छ।—यशै. ५०:४.

यहोवाको प्रेमको अनुकरण गर्दै परिचालक निकायको शिक्षण समितिले इच्छुक अनि परिस्थिति अनुकूल भएका व्यक्‍तिहरूलाई तालिम दिनको लागि दसवटा ईश्‍वरतान्त्रिक स्कूलको प्रबन्ध गरेको छ। के तपाईंलाई यी स्कूलहरू यहोवाको प्रेमको प्रमाण हुन्‌ जस्तो लाग्दैन?

हालका ईश्‍वरतान्त्रिक स्कूल अनि ती स्कूलमा भाग लिएकाहरूले गरेका टिप्पणीलाई सरसर्ती हेरौं। त्यसपछि आफैलाई सोध्नुहोस्‌: ‘परमेश्‍वरले दिने शिक्षाबाट म कसरी लाभ उठाउन सक्छु?’

ईश्‍वरतान्त्रिक तालिमबाट लाभ उठाउनुहोस्‌

यहोवा ‘प्रेमको परमेश्‍वर’ हुनुहुन्छ। त्यसैले उहाँले दिने तालिमले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ, चुनौतीहरूको सामना गर्न तयार पार्छ अनि सेवाको काममा आनन्दित हुन मदत गर्छ। (२ कोरि. १३:११) प्रथम शताब्दीका चेलाहरूले अरूलाई ‘सबै कुरा पालन गर्न सिकाउन’ तालिम पाएका थिए। त्यसरी नै हामीले पनि अरूलाई सिकाउन तालिम पाएका छौं।—मत्ती २८:२०.

हामी यी सबै ईश्‍वरतान्त्रिक स्कूलमा भाग लिन त सक्दैनौं होला तर एक वा त्योभन्दा बढी स्कूलबाट भने लाभ उठाउन सक्छौं। अनि त्यहाँबाट पाएको बाइबलआधारित निर्देशन लागू गर्न सक्छौं। राम्रो तालिम पाएका यहोवाका सेवकहरूसँग मिलेर हामी आफ्नो सेवालाई अझ प्रभावकारी बनाउन सक्छौं।

आफैलाई सोध्नुहोस्‌: ‘के मेरो परिस्थिति यीमध्ये कुनै स्कूलमा भाग लिनको लागि अनुकूल छ?’

यस्ता स्कूलमा गएर सिक्न पाउनुलाई यहोवाका उपासकहरू सुअवसर ठान्छन्‌। त्यहाँ प्राप्त तालिमले तपाईंलाई यहोवासित अझ नजिक बनाओस्‌ अनि आफ्ना जिम्मेवारीहरू पूरा गर्न अझ सुसज्जित पारोस्‌—खासगरि सुसमाचार प्रचार गर्ने जरुरी काम पूरा गर्न।