सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल प्रश्‍नहरूको जवाफ

बाइबल प्रश्‍नहरूको जवाफ

परमेश्‍वरको नाम के हो?

हामी सबैको नाम छ। घरपालुवा जनावरको पनि नाम हुन्छ। त्यसोभए परमेश्‍वरको नाम छैन होला त? बाइबलमा परमेश्‍वरलाई सर्वशक्‍तिमान्‌, युगयुगका महाराजाजस्ता पदवीहरू दिइएका छन्‌ तर उहाँलाई चिनाउने छुट्टै नाम छ।प्रकाश १५:३ पढ्‌नुहोस्‌।

थुप्रै बाइबल अनुवादमा परमेश्‍वरको नाम प्रयोग गरिएको छ। उदाहरणको लागि, पवित्र बाइबल—नयाँ संसार अनुवाद-को प्रकाश ४:११ मा यस्तो लेखिएको छ: “हे यहोवा हाम्रा परमेश्‍वर, तपाईं महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ, किनकि तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो।”

हामीले किन परमेश्‍वरको नाम प्रयोग गर्नुपर्छ?

यहोवा हामीले उहाँको नाम प्रयोग गरेको चाहनुहुन्छ। मन मिल्ने साथीसित कुरा गर्दा हामी तिनलाई नामैले सम्बोधन गर्छौं। परमेश्‍वरसित कुरा गर्दा नि? येशू ख्रीष्टले परमेश्‍वरको नाम प्रयोग गर्न सिकाउनुभयो।मत्ती ६:९; यूहन्‍ना १७:२६ पढ्‌नुहोस्‌।

तर परमेश्‍वरको साथी बन्‍न उहाँको नाम जानेर मात्र पुग्दैन; उहाँबारे अझ धेरै कुरा बुझ्नुपर्छ। जस्तै: परमेश्‍वर कस्तो हुनुहुन्छ? के परमेश्‍वरसित नजिक हुन सम्भव छ? यी प्रश्‍नहरूको जवाफ तपाईं बाइबलमा पाउन सक्नुहुन्छ। (w13-E 01/01)