सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई सम्झना छ?

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्कहरू ध्यान दिएर पढ्नुभयो? उसोभए, तपाईं निम्न प्रश्नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

मानिसहरू कसरी बाइबलको दुरुपयोग गर्छन्‌ र यसलाई ख्रीष्टियनहरूले कसरी हेर्नुपर्छ?

मानिसहरू शकुन-अपशकुन हेर्नका लागि बाइबलको प्रयोग गर्छन्‌। जस्तै: बाइबल पल्टाउनेबित्तिकै जुन पदमा आँखा पर्छ, त्यही पदले समस्या सामना गर्न मदत गर्छ भनेर विश्वास गर्छन्‌। ख्रीष्टियनहरू शकुन-अपशकुनमा विश्वास गर्दैनन्‌। बरु सही ज्ञान र ईश्वरीय डोऱ्याइ पाउन बाइबलको अध्ययन गर्छन्‌।—१२/१५, पृष्ठ ३.

असल भण्डारेको रूपमा सबै ख्रीष्टियनले कस्ता सिद्धान्तहरू मनमा राख्नुपर्छ? (१ पत्रु. ४:१०)

ख्रीष्टियनको रूपमा हामी सबै परमेश्वरकै हौं अनि हामीले उहाँलाई लेखा दिनुपर्छ। हामी सबैले एउटै स्तर पालन गर्नुपर्छ। अनि हामी विश्वासयोग्य र भरोसायोग्य हुनै पर्छ।—१२/१५, पृष्ठ १०-१२.

बितेर जाने “संसार” के हो?

बितेर जाने “संसार”-ले परमेश्वरको इच्छाअनुसार जीवन नबिताउने मानिसहरूलाई बुझाउँछ। (१ यूह. २:१७) पृथ्वी र वफादार मानिसहरू नाश हुनेछैनन्‌।—१/१, पृष्ठ ५-७.

मरिसकेको भए तापनि हाबिल कुन अर्थमा हामीसित अझै बोल्दै छन्‌? (हिब्रू ११:४)

विश्वासले गर्दा तिनी हामीसित अझै बोल्दै छन्‌। हामी तिनको विश्वासबाट पाठ सिक्न सक्छौं र तिनको अनुकरण गर्ने प्रयास गर्न सक्छौं। तिनको उदाहरण अहिले पनि जीवन्त छ।—१/१, पृष्ठ १२.

यहोवाबाट टाढा नहुन हामी के-कस्ता क्षेत्रमा होसियार हुनुपर्छ?

केही क्षेत्र यसप्रकार छन्‌: जागिर वा पेसा, हामीले छान्ने मनोरञ्जन, बहिष्कृत आफन्तसितको सङ्गति, आधुनिक प्रविधिको प्रयोग, स्वास्थ्यको चिन्ता, पैसाप्रतिको गलत दृष्टिकोण र आफ्नो धारणा वा ओहदालाई बढ्तै महत्त्व दिनु।—१/१५, पृष्ठ १२-२१.

मोशाको नम्रताबाट हामी के सिक्न सक्छौं?

मोशाले आफ्नो अख्तियार वा क्षमतामा घमन्ड गर्नुको साटो परमेश्वरमा भरोसा गरे। आफूले पाएको अख्तियार वा आफ्नो क्षमतामा हामी कहिल्यै घमन्ड गर्न चाहँदैनौं। बरु यहोवामा भरोसा गर्न चाहन्छौं। (हितो. ३:५, ६)—४/१, पृष्ठ ५.

इस्राएलीहरू कुन अर्थमा “हृदयमा खतना” नभएका मानिसहरू थिए? (यर्मि. ९:२६)

तिनीहरूको हृदय हठी र बागी थियो। तिनीहरूले यहोवाको आज्ञासित मेल नखाने सोचविचार, चाहना वा मनसाय त्याग्नुपर्थ्यो। (यर्मि. ५:२३, २४)—३/१५, पृष्ठ ९-१०.

यहोवाको सङ्गठनको पृथ्वीमा रहेको भागमा के-के समावेश छन्‌?

यसमा परिचालक निकाय, शाखा समिति, परिभ्रमण निरीक्षक, एल्डरहरूको निकाय, मण्डली र प्रकाशकहरू समावेश छन्‌।—४/१५, पृष्ठ २९.

के इस्राएलीहरूले अपराधीलाई खम्बामा झुन्ड्याएर मृत्युदण्ड दिन्थे?

प्राचीन समयका थुप्रै राष्ट्रमा त्यसो गरिन्थ्यो तर इस्राएलमा भने त्यसो गरिंदैनथ्यो। कम्तीमा पनि हिब्रू धर्मशास्त्र लेखिएको समयसम्ममा त अपराधीलाई सुरुमा मारिन्थ्यो, जस्तै: ढुङ्गाले हानेर। (लेवी २०:२, २७) त्यसपछि लासलाई मानिसहरूको चेतावनीको लागि खम्बामा झुन्ड्याइन्थ्यो।—५/१५, पृष्ठ १३.