सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | परमेश्‍वरलाई प्रेम गर्न असम्भव छ भन्‍ने झूट

कसै-कसैलाई किन परमेश्‍वरलाई प्रेम गर्न सकिँदैन जस्तो लाग्छ?

कसै-कसैलाई किन परमेश्‍वरलाई प्रेम गर्न सकिँदैन जस्तो लाग्छ?

“‘तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।’ यो नै सबैभन्दा ठूलो र पहिलो आज्ञा हो।”—येसु ख्रिष्ट, इस्वी संवत्‌ ३३. a

कतिपय मानिसलाई परमेश्‍वरलाई प्रेम गर्न गाह्रो लाग्छ। तिनीहरूलाई परमेश्‍वरलाई बुझ्नै सकिँदैन, उहाँ एकदमै टाढा हुनुहुन्छ र क्रूर हुनुहुन्छ जस्तो लाग्छ। परमेश्‍वरबारे कोही-कोही के भन्छन्‌?

  • “मैले परमेश्‍वरलाई मदतको लागि प्रार्थना त गरेँ तर उहाँ एकदमै टाढा हुनुहुन्छ र उहाँसित नजिक हुनै सकिँदैन जस्तो लाग्थ्यो। म उहाँ भावना नै नभएको अदृश्‍य व्यक्‍ति हुनुहुन्छ भन्ठान्थेँ।”—मार्को, इटाली

  • “हुनत म मनैदेखि परमेश्‍वरको उपासना गर्न चाहन्थेँ तर उहाँसित कहिल्यै नजिक हुन सकिँदैन जस्तो लाग्थ्यो। उहाँ हामीलाई सजाय दिने कठोर परमेश्‍वर हुनुहुन्छ भन्ठान्थेँ। उहाँसित कोमल भावना नै छैन भन्‍ने महसुस हुन्थ्यो।”—रोसा, ग्वाटेमाला

  • “सानो छँदा म परमेश्‍वर हाम्रो गल्ती मात्र कोट्याइरहनुहुन्छ अनि गल्ती भेट्टाउनुभयो भने सजाय दिइहाल्नुहुन्छ भन्‍ने सोच्थेँ। उहाँलाई हामीमा कुनै चासो छैन जस्तो पनि लाग्न थाल्यो। मलाई उहाँ जनतामाथि हैकम चलाउने तर तिनीहरूको वास्ता नगर्ने एक जना प्रधानमन्त्रीजस्तै लाग्थ्यो।”—रेमोना, क्यानाडा

तपाईँलाई चाहिँ कस्तो लाग्छ? के परमेश्‍वरलाई प्रेम गर्न सकिन्छ? धर्ममा आस्था राख्ने धेरैजसो मानिसले उहिलेदेखि नै यो प्रश्‍नको जवाफ खोजिरहेका छन्‌। वास्तवमा इस्वी संवत्‌ ५०० देखि १५०० सम्मका चर्चजगत्‌का धेरैजसो मानिसले सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई प्रार्थना पनि गर्दैनथे। किन? किनभने मानिसहरू परमेश्‍वरदेखि असाध्यै डराउँथे। इतिहासकार विल डुरान्टले यसो भने: “एक जना पापीले हामीबाट टाढा र कठोर परमेश्‍वरलाई प्रार्थना गर्न आँट कसरी गर्न सक्थ्यो र?”

मानिसहरूले परमेश्‍वर “टाढा र कठोर” हुनुहुन्छ भन्ठान्‍नुको कारण के हो? बाइबलले वास्तवमा परमेश्‍वरबारे के सिकाउँछ? परमेश्‍वरबारे सत्य कुरा सिक्नुभयो भने के तपाईँ उहाँलाई प्रेम गर्न सक्नुहुनेछ?