सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल प्रश्नहरूको जवाफ

बाइबल प्रश्नहरूको जवाफ

के येशूले मानिसहरूलाई साँच्चै पुनर्जीवित गर्नुभएको थियो?

येशूले चार दिन अघि मृत्यु भएको लाजरसलाई पुनर्जीवित गर्नुभएको थियो

येशूले मरिसकेका मानिसहरूलाई जीवित पार्नुभएको थियो भनेर बाइबलमा स्पष्ट बताइएको छ। यी घटनाहरू काल्पनिक होइनन्‌ किनभने यी घटना भएको वास्तविक ठाउँ र निश्‍चित समय बाइबलमा लेखिएको छ। उदाहरणका लागि, इ.सं. ३१ को गर्मी यामको कुरा हो। मानिसहरूको एउटा ठूलो भीड येशूसितै कफर्नहुमदेखि नाइन सहरसम्म यात्रा गरिरहेको थियो। नाइन सहरमा पुग्दा तिनीहरूले एउटा अर्को भीडलाई भेटे। त्यसपछि त्यहाँ येशूले एक जना युवकलाई पुनर्जीवित गर्नुभयो। हामी यस विवरणमा विश्वास गर्न सक्छौं। किनभने यो घटना परमेश्वरको वचन बाइबलमा लेखिएको छ र यो थुप्रै मानिसहरूको अगाडि भएको थियो।लूका ७:११-१५ पढ्नुहोस्।

मृत्यु भएको चार दिन भइसकेको आफ्नो साथी लाजरसलाई पनि येशूले पुनर्जीवित गर्नुभएको थियो। यो कुरामा हामी विश्वास गर्न सक्छौं किनभने यो घटना थुप्रै मानिसले प्रत्यक्ष देखेका थिए।यूहन्ना ११:३९-४५ पढ्नुहोस्।

येशूले किन मानिसहरूलाई पुनर्जीवित गर्नुभयो?

मानिसहरूप्रति दया जागेको कारण येशूले तिनीहरूलाई पुनर्जीवित गर्नुभएको थियो। साथै जीवनको स्रोत, स्वर्गमा बस्नुहुने उहाँको बुबाले उहाँलाई मृत्युमाथि विजयी हुने शक्ति दिनुभएको छ भनेर देखाउन पनि उहाँले मानिसहरूलाई पुनर्जीवित गर्नुभएको थियो।यूहन्ना ५:२१, २८, २९ पढ्नुहोस्।

येशूले मानिसहरूलाई पुनर्जीवित गर्नुभएको विवरणहरू पढ्दा भविष्यको लागि उहाँले गर्नुभएका प्रतिज्ञाहरूमा पूर्ण भरोसा राख्न मदत पाउँछौं। उहाँले थुप्रै मानिसहरूलाई पुनर्जीवित गर्नुहुनेछ, जसमध्ये यहोवा परमेश्वरबारे थाहै नपाएकोले उहाँको स्तरअनुसार जीवन नबिताएकाहरू पनि पर्छन्‌। तिनीहरूलाई यहोवा परमेश्वरबारे सिक्ने र उहाँलाई माया गर्ने मौका दिइनेछ।प्रेषित २४:१५ पढ्नुहोस्।