सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल प्रश्‍नहरूको जवाफ

बाइबल प्रश्‍नहरूको जवाफ

थुप्रै मानिसले सृष्टिकर्ता हुनुहुन्छ भनेर विश्‍वास गर्नुको कारण के हो?

जीवन अद्‌भुत छैन र?

आजभन्दा करिब ३,००० वर्ष अघि एक जना कविले यसो लेखे: “म भयानक र आश्‍चर्य रीतिले बनिएको छु।” (भजन १३९:१४) एउटा सानो कोष विकास हुँदै कसरी शिशु बन्छ भन्‍ने कुरा विचार गर्दा तपाईंलाई अचम्म लाग्दैन र? थुप्रै मानिस जीवित प्राणीहरूको डिजाइनको श्रेय सृष्टिकर्तालाई दिन्छन्‌।भजन १३९:१३-१७; हिब्रू ३:४ पढ्‌नुहोस्‌।

ब्रह्‍माण्ड सृष्टि गर्नुहुने र पृथ्वीलाई जीवित प्राणीहरू बस्न लायक बनाउनुहुने सृष्टिकर्ताले नै जीवनको सुरुवात गर्नुभयो। (भजन ३६:९) उहाँले मानिसहरूसित कुराकानी गर्नुभएको छ र हामीलाई आफ्नो बारेमा बताउनुभएको छ।यशैया ४५:१८ पढ्‌नुहोस्‌।

के हामी जनावरबाट विकास भएका हौं?

हुन त जनावर र हाम्रो शरीरबीच थुप्रै समानता पाइन्छ। तर सृष्टिकर्ताले मानिस र जनावर दुवैलाई पृथ्वीमा बाँच्नको लागि डिजाइन गर्नुभएकोले नै त्यस्तो समानता पाइएको हो। उहाँले पहिलो मानिसलाई जनावरबाट नभई माटोबाट बनाउनुभएको थियो।उत्पत्ति १:२४; २:७ पढ्‌नुहोस्‌।

मानिस दुई वटा तरिकामा जनावरभन्दा फरक छ। पहिलो, मानिससित सृष्टिकर्ताको विषयमा ज्ञान लिने, उहाँलाई माया गर्ने र उहाँको आदर गर्ने क्षमता छ। दोस्रो, मानिसलाई सधैंभरि बाँच्न सक्नेगरि सृष्टि गरिएको थियो तर जनावरलाई भने थिएन। तर पहिलो मानिसले सृष्टिकर्ताको निर्देशन पालन नगरेकोले सबै मानिस मर्नु परेको हो।उत्पत्ति १:२७; २:१५-१७ पढ्‌नुहोस्‌।