सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | बाइबल अध्ययन —सबैका लागि लाभदायी

सबैका लागि बाइबल अध्ययनको प्रबन्ध

सबैका लागि बाइबल अध्ययनको प्रबन्ध

यहोवाका साक्षीहरू बाइबलबाट सुसमाचार सुनाउने गर्छन्‌ भनेर प्रायः सबैलाई थाह छ। तर हामी मानिसहरूसित बाइबल अध्ययन पनि सञ्चालन गर्छौं भनेर के तपाईंलाई थाह थियो?

सन्‌ २०१४ मा हरेक महिना ८० लाख भन्दा धेरै यहोवाका साक्षीहरूले २४० देशमा ९५ लाख भन्दा धेरै व्यक्‍तिहरूसित बाइबल अध्ययन सञ्चालन गरेका थिए। a यस्ता लगभग १४० देशहरू छन्‌ जहाँ यत्तिको जनसङ्‌ख्या पनि छैन।

मानिसहरूलाई बाइबलको शिक्षा दिन यहोवाका साक्षीहरूले हरेक वर्ष लगभग ७०० वटा भाषामा झन्डै १ अरब ५० करोड बाइबल, किताब, पत्रिका र अन्य बाइबल अध्ययन सामग्रीहरू प्रकाशित गरेका छन्‌। यसरी प्रकाशनहरू विभिन्‍न भाषामा प्रकाशित हुने भएकोले धेरै मानिसले आफ्नै भाषामा बाइबल अध्ययन गर्न पाएका छन्‌।

बाइबल अध्ययनको प्रबन्धबारे अक्सर सोधिने प्रश्‍नहरूको जवाफ

बाइबल अध्ययन कसरी गरिन्छ?

बाइबल अध्ययन गर्दा विभिन्‍न विषयहरूमध्ये एउटा छानेर त्यससित सम्बन्धित बाइबल पदहरू जाँचिन्छ। उदाहरणको लागि, बाइबलले यस्ता प्रश्‍नहरूको जवाफ दिन्छ: सृष्टिकर्ता को हुनुहुन्छ? उहाँ कस्तो हुनुहुन्छ? के उहाँको नाउँ छ? उहाँ कहाँ हुनुहुन्छ? के हामी उहाँसित घनिष्ठ हुन सक्छौं? बाइबलले यस्ता प्रश्‍नहरूको जवाफ दिन्छ। तर यी प्रश्‍नहरूको जवाफ बाइबलमा कहाँ भेट्टाउन सक्छौं?

यी प्रश्‍नका जवाफ सजिलै भेट्टाउन सकियोस्‌ भनेर २२४ पृष्ठको बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताब अध्ययनका लागि हामी प्रयोग गर्छौं। b मानिसहरूले बाइबलको आधारभूत शिक्षा सजिलै बुझ्न सकून्‌ भनेर यो किताब प्रकाशित गरिएको हो। यस किताबमा विभिन्‍न विषयहरू समावेश गरिएका छन्‌। जस्तै: ईश्‍वर, येशू ख्रीष्ट, मानव दुःखकष्ट, पुनर्जीवन, प्रार्थना आदि।

बाइबल अध्ययन कहाँ र कहिले गरिन्छ?

तपाईंलाई पायक पर्ने ठाउँ र समयमा बाइबल अध्ययन गर्न सकिन्छ।

एक पटकको अध्ययन कति लामो हुन्छ?

धेरै जनाले हप्ताको एक पटक एक घण्टा बाइबल अध्ययनको लागि छुट्ट्याउँछन्‌। तर अध्ययनको समयतालिकामा छाँटकाँट गर्न सकिन्छ। तपाईंको सुविधा अनुसार हामी अध्ययन गराउनेछौं। कोही-कोहीले हरेक हप्ता १० देखि १५ मिनेट मात्र पनि अध्ययन गर्ने गरेका छन्‌।

बाइबल अध्ययनको लागि कति पैसा तिर्नुपर्छ?

बाइबल अध्ययन र त्यसका लागि प्रयोग गरिने अध्ययन सामग्रीको कुनै पैसा लाग्दैन। यहोवाका साक्षीहरूले येशू ख्रीष्टले दिनुभएको यो निर्देशन अनुरूप गरेका छन्‌: “तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ।”—मत्ती १०:८.

कहिलेसम्म अध्ययन गर्नुपर्छ?

अध्ययन कहिलेसम्म गर्ने भन्‍ने कुरा तपाईंमा नै निर्भर हुन्छ। बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताबमा जम्मा १९ वटा अध्यायहरू छन्‌। तपाईं कुनै एउटा वा सबै अध्याय आफ्नो समय र क्षमता अनुसार अध्ययन गर्न सक्नुहुन्छ।

अध्ययन गरेपछि के म एक जना यहोवाको साक्षी बन्‍नुपर्छ?

पर्दैन। कुन विश्‍वास अपनाउने भनेर छनौट गर्ने अधिकार हरेक व्यक्‍तिको आफ्नै हो भनेर हामीलाई थाह छ र हामी मानिसहरूले गर्ने विश्‍वासको आदर गर्छौं। तर बाइबलको शिक्षा हासिल गरेका कसै-कसैले भने सिके अनुसारै आफ्नो जीवनमा लागू गर्ने निर्णय पनि गर्न सक्छन्‌।

यसबारे थप जानकारी म कहाँ पाउन सक्छु?

हाम्रो वेबसाइट jw.org/ne मा यहोवाको साक्षीहरूको विश्‍वास र कामबारे सही जानकारी पाउन सक्नुहुन्छ।

बाइबल अध्ययन गर्न चाहन्छु भनेर कसरी अनुरोध गर्ने?

a बाइबल अध्ययन एक जनासित वा सानो समूहमा सञ्चालन गरिन्छ।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित। यो किताब २६० भाषामा २ करोड ३० लाख भन्दा धेरै प्रति छापिएको छ।